प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह

महिला आवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिको एउटा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह गरेको छ।...

सम्बन्धित सामग्री

महिला उद्यमीसँगको सम्झौता पाँचखाल नगरपालिकाद्वारा उलंघन

महिलाको उद्यमशीलता विकास, उद्योग स्थापना, विकास र प्रवद्र्धन गर्दै महिलालाई रोजगारी सिर्जना गर्न काभ्रेको पाँचखालमा निर्माण गर्न लागिएको महिला उद्यमी हरित औद्योगिक पार्क विवादमा परेको छ।...

सरकारको ध्यान ठुला कृषि परियोजनामा

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७, होक्सेमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माणले मूर्त रूप लिएको छ । दक्षिण एसियाली महिला विकास मञ्च र पाँचखाल नगरपालिकाको संयुक्त आयोजनामा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्कको शिलान्यास गर्नुभयो । शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले ठुला कृषि परियोजनाको सञ्चालन र उत्पादनमा आधारित अनुदानमा जोड दिँदै आएको बताउनुभयो ।

पाँचखालमा ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ शिलान्यास

महिलालाई नयाँ सिप र प्रविधिसँग जोड्नका लागि काभ्रेको पाँचखाल नगरपालिका–७ सानोपिपलमा ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण थालिएको छ ।

हरित अर्थतन्त्र र महिला उद्यमी पार्क

हरित अर्थतन्त्रका लागि स्थानीय उत्पादनलाई बजारसँग जोड्नु आवश्यक छ । यसका लागि काभ्रेको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्क निर्माण हुन लागेको छ जसले महिला उद्यमशीलताको इकोसिस्टम निर्माण गर्नेछ । यसको सञ्चालनपछि सातै प्रदेशमा यस्तै पार्क स्थापना गर्ने लक्ष्य पनि छ । पहिचान गरिएको वस्तुको उत्पादन, प्रशोधन र बजारीकरणमा पार्कले काम गर्ने बताइएको छ । तर, पार्कमै उत्पादन गर्ने नीति हो भने त्यो निकै सानो आकारको हुनेछ । अहिले नै तीतेपाती र नीमबाट बनेको साबुन, सिस्नाको धूलो, टिम्बुरको अचार, अदुवाको क्यान्डी, लप्सीको माडा आदि बनाएर महिला उद्यमीहरूले राम्रो पहिचान बनाइरहेका छन् । मुलुकबाट निर्यात हुने वस्तुहरूमा यिनको नाम आउन थालिसकेको छ । अब यस औद्योगिक पार्कले यसलाई थप व्यवसायीकरण गर्न जसरी मद्दत गर्छ त्यसले निर्यातको आँकडा बढाउन भूमिका खेल्ने देखिन्छ ।  पाँचखाल नगरपालिकाको १ सय रोपनी जग्गामा स्थापना हुने पार्कका लागि १० ओटा कच्चा पदार्थ पहिचान गरिएका छन् । ती वस्तुको निर्यात पनि राम्रो भइरहेको छ । यिनमा थप अनुसन्धान गरी थप मूल्य अभिवृद्धि गर्नुका साथै गुणस्तर र परिमाणमा सुधार ल्याउन आवश्यक छ । त्यसमा यो पार्क सहयोगी हुन सक्छ ।  खासमा यस्तो पार्क सोसल आन्त्रपे्रनरसिपको अवधारणामा सञ्चालन गर्नु उपयुक्त हुन्छ । यसले किसानहरूलाई यसरी पहिचान गरिएको वस्तुको खेती गर्न, सही तरीकाले फसल टिप्न तालीम दिनुपर्छ । त्यस्तै यिनको बिरुवा उपलब्ध गराउनु पनि आवश्यक छ । महिलाहरूले उत्पादन गरेका यी वस्तुबाट प्रशोधित वस्तु उत्पादन गर्न सहयोग गरिदिने वा पार्कले प्रशोधन गर्ने व्यवस्था मिलाउनु उपयुक्त हुन्छ । नेपालको उत्पादनले विश्व बजारमा प्रवेश नपाउनुका कारण ठूलो परिमाणमा उत्पादन नहुनु एउटा हो भने गुणस्तरमा समानता नहुनु अर्को हो । छरिएर रहेका महिला उद्यमीलाई सहजीकरण गरेर समान गुणस्तर र अझ एउटै ब्रान्डमा सामान उत्पादन गर्ने वातावरण बनाइनु आवश्यक हुन्छ ।  यो पार्क अहिले सञ्चालनमा रहेका औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रभन्दा फरक प्रकृति र संरचनामा सञ्चालन गरिनु आवश्यक छ । अन्यथा अहिले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र राम्ररी सञ्चालन गर्न नसकिएजस्तै अवस्था महिला औद्योगिक पार्कको पनि नहोला भन्न सकिँदैन । यही पार्कले भर्चुअल बजारको व्यवस्था गर्ने भनिएको छ । मुलुकभरि यी पहिचान गरिएको वस्तुको खेती, फसल भित्त्याउने काम, भण्डारण र प्रशोधन यी सबै काम पार्कले भनेको मापदण्डअनुसार गर्नुपर्ने र पार्कले तिनबाट बनेका सामानको बजारीकरण गरिदिने राम्रो उपाय हुन सक्छ । त्यसैले यो अवधारणा निकै राम्रो छ ।  सातै प्रदेशमा यस्तो पार्क स्थापना गरिने बताइएको छ । पार्क धेरै खोल्नुभन्दा यसमा धेरैभन्दा धेरै महिला उद्यमीलाई समेट्नु, उनीहरूको व्यवसायलाई आधुनिक बनाउन सहयोग गर्नुजस्ता कार्य बढी महत्त्वपूर्ण हुन्छन् । कतिपय महिला उद्यमीहरूले पार्कले पहिचान गरेका वस्तुबाट विभिन्न उत्पादन गरिरहेका छन् । तिनलाई एउटै ब्रान्डमा ल्याउने, समान गुणस्तर कायम गराउने जस्ता कार्य पनि पार्कले गर्नुपर्ने देखिन्छ । पार्क बन्नु राम्रो हो । यसले नयाँ सम्भावनाको ढोका खोल्छ । तर, पार्क बन्दैमा महिला उद्यमशीलताका समस्या छुमन्तर भइजाने होइन । त्यसैले यो पार्क अन्य औद्योगिक क्षेत्रजस्ता नभई बेग्लै खालको सोच र संरचनामा बन्नु आवश्यक छ । खासगरी धेरै भन्दा धेरैलाई यसमा समेट्न सक्नुपर्छ । यसको अर्थ देशभरिका उद्यमी महिलाले पाँचखालका जे उत्पादन हुनसक्छ, त्यसैको खेती गर्ने होइन कि माटो र भूगोल सुहाउँदा उत्पादन गर्न सहयोग र प्रोत्साहन गर्नुपर्छ । नेपालमा अझै पनि अग्र्यानिक उत्पादनको सम्भावना छ, जुन अन्तरराष्ट्रिय बजारमा माग पनि छ । यसको साथै विश्वबजारमा माग रहेको कृषि उपजलाई प्राथमिकता दिन सक्दा एकातिर हरित अर्थतन्त्रलाई प्रोत्साहित गर्छ भने अर्कोतर्फ नेपालको र स्वयम् उत्पादन गर्नेहरूको पनि पहिचान बन्छ ।

१० कच्चा पदार्थ पहिचान

काठमाडौं। काभ्रेको पाँचखालमा बन्ने पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’मा उद्योग स्थापनाका लागि आवश्यक कच्चा पदार्थको पहिचान भएको छ । पाँचखाल नगरपालिकाको १०० रोपनी जग्गामा स्थापना हुने उक्त पार्कका लागि १० ओटा कच्चा पदार्थ पहिचान भई हाल अनुसन्धानको क्रममा रहेका छन् ।  २५ स्टार्टअप र २५ लघु उद्यमीका ५० साना उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ अनुसन्धानमा नेशनल इन्स्टिच्युट अफ फुड टेक्नोलोजी आन्त्रप्रेनरशीप एन्ड म्यानेजमेन्ट र भारतको परराष्ट्र मन्त्रालयको सहयोग छ । यी संस्थाको सहयोगमा जडीबुटीमा तितेपाती–सिस्नो–नीम, मसलाअन्तर्गत अलैंची–टिमुर–अदुवा, आलु, लप्सी, बेसार, मह, कोदो–बाजरा–चिनो, मौसमअनुसारका तरकारी–फलफूल, प्रोबायोटिक पेय पदार्थ सुन्तला–जुनार–आरू–आलुबखडा र डेरी उत्पादनको अनुसन्धान जारी छ । महिला उद्यमी हरित औद्योगिक पार्क समिति सभापति शारदा रिजालले जडीबुटी, लप्सी, आलु, खाद्य प्रशोधन तथा प्राकृतिक फाइबर र दुग्ध उत्पादन प्राथमिकतामा परेका उद्योग भएको बताइन् । यो पार्कमा तीनओटा क्षेत्र हुनेछन् । सेवा क्षेत्रमा इको पर्यटन हुनेछ । सेवा क्षेत्रमा विभिन्न जातीय संस्कृति/शिल्पको प्रत्यक्ष शीप प्रदर्शन, स्थानीय खाना प्रदर्शनी पनि हुनेछ ।  उत्पादन क्षेत्रमा स्थानीय कच्चा पदार्थ/कृषि खाद्य क्षेत्रसम्बन्धी उद्योग, स्टार्टअप र लघु उद्यमी हुनेछन् । आईटी विभागअन्तर्गत एक भर्चुअल बजार हुनेछ । स्थानीय उत्पादक र कृषकले हरित औद्योगिक पार्कभित्र महिला उद्यमीसँग प्रत्यक्ष कारोबार गर्न सक्ने उनको भनाइ छ । कृषिमा आधारित उत्पादनहरू र हरित प्रविधिमा ७० जना महिला उद्यमीको विशेषज्ञता र ज्ञान बढाउन पनि भारतको उक्त संस्थाले सघाउनेछ । यो पार्क सफल रूपमा सञ्चालन हुँदा काभ्रेका साथै अन्य ६ ओटा प्रदेशमा हरित औद्योगिक पार्क विस्तार गर्न सघाउ पुग्ने अपेक्षा राखिएको रिजालको भनाइ छ । परियोजनाले हरित अर्थतन्त्रलाई प्रवर्द्धन, व्यावसायिक उत्पादनहरूमा नवीन विचार, प्रविधि र शीप अनुवाद गर्न मद्दत गर्ने पनि अपेक्षा गरिएको छ । त्यहाँ प्रत्यक्ष ५०० देखि १ हजारसम्म र अप्रत्यक्ष रूपमा २ हजारदेखि ३ हजारले रोजगारी पाउने उनले बताइन् । उक्त परियोजनाले महिला उद्यमशील इकोसिस्टमको विकास गर्न पार्कमा कम लागतमा व्यापार गर्ने अवसरसहितको एकीकृत पूर्वाधार र सेवा उपलब्ध गराउने उल्लेख गरिएको छ । उत्पादन क्षेत्रमा स्थानीय कच्चा पदार्थ र खाद्य क्षेत्रसम्बन्धी उद्योग स्थापना हुनेछ । यसमा स्टार्टअप र लघु उद्यमी रहनेछन् । आईटीअन्तर्गत भर्चुअल बजार हुनेछ । अर्थमन्त्रीले गरे सहयोगको प्रतिबद्धता अर्थमन्त्री डा. प्रकाशशरण महतले पाँचखालमा बन्ने पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ परियोजनालाई सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण एशियाली महिला विकास मञ्चले शुक्रवार काठमाडौंमा आयोजना गरेको अन्तरक्रियामा अर्थमन्त्री महतले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मुलुकका अन्य भागमा पनि यस्तै परियोजना विस्तार गरिने अर्थमन्त्री महतले बताए । ‘बेरोजगारी समस्या र युवा पलायन रोक्न महिला उद्यमशीलता र हरित अर्थतन्त्रलाई प्राथमिकता दिइनेछ,’ उनले भने । बागमती प्रदेशका सांसद तथा दक्षिण एशियाली महिला विकास मञ्चका वरिष्ठ उपाध्यक्ष याङ्किला शेर्पाले हरित औद्योगिक पार्कमार्फत पर्यावरण पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखिन् । यस्तै दक्षिण एशियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले सबै महिला सांसदलाई एकजुट भएर महिलाका मुद्दाका लागि काम गर्न आग्रह गरिन् । उनले ‘महिला उद्यमी हरित औद्योगिक पार्क ऐन’को विषय सदनमा उठाउन पनि सहभागी सांसदलाई आग्रह गरिन् । यस्तो ऐन बन्दा अन्य ६ प्रदेशमा यस्तै पार्क स्थापनामा सहयोग पुग्ने उनको भनाइ छ । यो पार्क सार्वजनिक–निजी साझेदारीमा बन्दै छ ।

पाँचखालमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’

पाँचखालस्थित होक्सेमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण हुने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चकाे अग्रसरतामा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगकाे सहकार्यमा सो पार्क निर्माण हुने भएको हो । भारतमा यस्तै प्रकारका ५ वटा औद्योगिक पार्क सञ्चालनमा छन् ।

महिला उद्यमी हरित औद्योगिक पार्क ऐन बनाउन माग

महिला उद्यमी हरित औद्योगिक पार्क सम्बन्धित कानुन बनाउन एक कार्यक्रमका वक्ताहरूले माग गरेका छन्।

‘महिला उद्यमी हरित औद्योगिक पार्क’ सम्बन्धि पत्रकार सम्मेलन

काठमाडौं, २९ जेठ । दक्षिण एसियाली महिला विकास मञ्चले सोमबार नागपोखरीस्थित् अरन्या बुटिक होटलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ। पत्रकार सम्मेलनमा ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ सम्बन्धि संक्षिप्त विवरण प्रस्तुत गरिएको थियो। दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला आचार्य रिजालले संस्थाको संक्षिप्त परिचय दिँदै भनिन्, ‘दक्षिण एसियाली महिला विकास मञ्च सार्क मान्यता प्राप्त संस्था […]

प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह

महिला आवद्ध विभिन्न संघ–संस्थाका प्रतिनिधिको एउटा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष प्रथम महिला उद्यमी हरित औद्योगिक पार्क घोषणा गर्न आग्रह गरेको छ।