एम्बाप्पे चुक्दा फ्रान्स बाहिरियो

स्टार खेलाडी किलियान एम्बाप्पे पेनाल्टीबाट गोल गर्न चुक्दा फ्रान्स स्वीटजरल्याण्डसँग ट्राइब्रेकरमा ५–४ गोलअन्तरले पराजित हुँदै यूरो २०२० को अन्तिम १६ बाट नै बाहिरिएको छ । पेनाल्टी सुटआउटमा अन्तिम प्रहार गर्न आएका एम्बाप्पेको प्रहारलाई स्वीटजरल्याण्डका गोलकिपरले बचाउ गरेका थिए ।यसअघि, निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएको थियो । खेलको १५ औँ मिनेटमा ह्यारिस सेफेरोविचले स्वीटजरल्याण्डलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफमा विश्व विजेता फ्रान्स खेलमा फर्किएको थियो । करिम बेन्जेमाल

सम्बन्धित सामग्री

एम्बाप्पे रियल म्याड्रिडमा आबद्ध हुने पक्का

फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर केलियन एम्बाप्पे स्पेनिस क्लब रियल म्याड्रिडसँग अनुबन्धित हुने पक्का भएको छ । एम्बाप्पेले आउने जुलाईदेखि म्याड्रिडसँग सन् २०२९ सम्म सम्झौता गर्ने गरी सहमति गरेको...

पीएसजीका स्ट्राइकर एम्बाप्पे क्लब फुटबलमा फर्किए

काठमाण्डाै - कतारमा भएको फिफा विश्व कप फुटबलमा गोल्डेन बुट जितेका फ्रान्सका खेलाडी केलियन एम्बाप्पे क्लब फुटबलमा फर्किएका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर एम्बाप्पे प्रशिक्षणमा फर्किएका हुन् । एम्बाप्पेको टोली फ्रान्स विश्व कप फुटबलको फाइनलमा अर्जेन्टिनासँग पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित भएको थियो । सन् २०१८ मा फ्रान्सलाई उपाधि जिताएका एम्बाप्पेले यसपटकको फाइनल खेलमा ह्याट्रिक गरेका थिए । तर उपाधि जिताउन सकेनन् । उनले कतार विश्व कप फुटबलमा कुल ८ गोल गरी गोल्डेन बुट जितेका थिए । त्यस्तै पीए...

चार वर्षपछि फ्रान्स थप शक्तिशाली बन्ने एम्बाप्पेको विश्वास

विश्वकपका गोल्डेन बुट विजेता तथा फाइनलका ह्याट्रिककर्ता केलियन एम्बाप्पे चार वर्षपछि फ्रान्स थप शक्तिशाली भएर निस्किने बताएका छन् । विश्वकपको ९२ वर्षको इतिहासको फाइनलमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका एम्बाप्पेले सोमबार...

प्लेयर्स टु वाच : मेस्सी र एम्बाप्पे

कतार फिफा विश्वकप फुटबल २०२२ को फाइनल आइतबार हुँदैछ । दोहास्थित लुसेल मैदानमा हुने फाइनल खेलमा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीकाे लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ । यसअघि फ्रान्स सन् १९९८ र सन् २०१८ मा च्याम्पियन भएको थियो । अर्जेन्टिना सन्  १९७८ र […]

उपाधी उचाल्न विपक्षीका कमजोरी केलाउँदै अर्जेन्टिना र फ्रान्स

काठमाडौं, पुस १ । कतारमा जारी विश्वकप फुटबलमा उपाधिका लागि अर्जेन्टिना र फ्रान्स प्रतिस्पर्धा गर्दैछन् । अहिले दुवै टोली एकअर्काका कमजोर पक्ष केलाउँदै उपाधि उचाल्ने लक्ष्यका साथ तयारीमा जुटेका छन्। आगामी आइतबार दुई टोली उपाधिका हुँदैछ । प्रतिस्पर्धामा मुख्य आर्कषकमा पेरिस सेन्ट जर्मन (पिएसजी) सहकर्मी किलियन एम्बाप्पे र लियोनल मेसी रहेका छन्। अर्जेन्टिना तेस्रो पटक […]

विपक्षीका कमजोरी केलाउँदै अर्जेन्टिना र फ्रान्स

आगामी आइतबार दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्दा जर्मन क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) सहकर्मी किलियन एम्बाप्पे र लियोनल मेसी भिड्नेछन्। अर्जेन्टिना तेस्रो पटक उपाधिको खोजीमा हुनेछ भने फ्रान्स उपाधि रक्षाका लागि खेल्नेछ।...

विश्वकपको सेमिफाइनलमा दुई साथी एम्बाप्पे र हकिमी आमने सामने

२६ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपमा फ्रान्स र मोरक्कोबीचको सेमिफाइनल खेलमा दुई साथी आमने सामने हुने भएका छन् । यो सेमिफाइनलमा पेरिस सेन्ट जर्मन(पीएसजी) का फरवार्ड केलियन एम्बाप्पे र डिफेन्डर असरफ हकिमीबीचको भीडन्तका रुपमा पनि हेरिएको छ । एम्बाप्पे र हाकिमी एकअर्काको विषयमा धेरै कुराको जानकारी राख्छन् । पीएसजीमा सँगै खेलेका हकिमीलाई बधाई दिन […]

गोल्डेन बुटका दाबेदार

केलियन एम्बाप्पे (फ्रान्स) साबिक विजेता फ्रान्सका मुख्य स्ट्राइकर केलियन एम्बाप्पे लयमा हुँदा मिडफिल्डका खेलाडी दंग पर्छन् । मिडफिल्डरले निकै मिहिनेतका साथ निकालेको पासमा एम्बाप्पे गोल गर्छन् । चालू विश्वकपमा गोल्डेन बुटको दाबेदार खेलाडीमा...

बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिगको फाईनलमा प्रवेश

एजेन्सी । बेल्जियमलाई हराउँदै फ्रान्स युएफा नेशन्स लिग फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । गएराति भएको सेमिफाईनल खेलमा २–० ले पछि परेको अवस्था उल्टाउदै फ्रान्सले ३–२ को जित निकालेको हो । खेलको पहिलो हाफमा यानिक कारास्को र रोमेलु लुकाकुले गोल गरेपछि बेल्ज्यिमले २–० को अग्रता लियो । तर दोस्रो हाफमा फ्रान्सका करिम बेन्जमा, किलियन एम्बाप्पे […]

स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा, विश्व विजेता फ्रान्स टाइब्रेकरमा पराजित

काठमाडौं।फ्रान्सलाई नाटकीय रुपमा टाइब्रेकरमा ५–४ ले हराउँदै स्वीट्जरल्याण्ड युरोकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।टाइब्रेकरमा फ्रान्सका केलियन एम्बाप्पे गोल गर्न चुक्दा विश्वविजेता फ्रान्स प्रिक्वाटरफाइनलबाटै घर फर्किएको हो।निर्धारित तथा अतिरिक्त समयको खेल ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो।निर्धारित समयमा फ्रान्सका करिम बेन्जेमाले दुई र पाउल पोग्बाले एक गोल गरे।स्वीट्जरल्याण्डका लागि ह्यारिस सेफेरोभिचले २ तथा मारियो गाभ्रानोबीचले एक गोल गरेका थिए।