विद्युतीय सवारी सञ्चालन गर्ने सरकारको योजना अलपत्र

काठमाडौं । सरकारको विद्युतीय सवारी सञ्चालन गर्ने योजना अलपत्र परेको छ । चालू आर्थिक वर्ष २०७६-७७ को बजेटमा काठमाडौं उपत्यका र सातै प्रदेशका मुख्य सहर र आसपासका क्षेत्रमा प्रदेश, स्थानीय र संघीय सरकार मिलेर विद्युतीय बस सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । तर, सरकारको विद्युतीय बस सञ्चालन गर्ने योजना हालसम्म घोषणामै सीमित रहेको छ । …