काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन्। ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत साउदले मंगलबार पदबाट राजीनामा दिएका हुन्। पदबाट राजीनामा दिएसँगै पत्रकार सम्मेलनमा बोल्दै उनले आफूले विद्यमान नियम, कानून अनुरुप नै शेयर खरिद गरेको दावी गरे। […]