प्रतिस्पर्धाले उत्पादन कटौती

हेटौंडा औद्योगिक क्षेत्रस्थित त्रिपुरा टी इन्डस्ट्रिज नेपाल प्रालिले चर्को प्रतिस्पर्धाका कारण खपतमा समस्या भएपछि उत्पादन आधा कटौती गरेको छ । वार्षिक दश लाख किलो तयारी चिया उत्पादन गर्ने क्षमता भएको उद्योगले स्थापनाको एक दशकमै प्रतिस्पर्धामा आउन नसकेपछि यो निर्णय गरेको हो । उद्योगबाट अहिले सरदर चार लाख किलोमात्र उत्पादन भइरहेको उद्योग प्रमुख आशिष चक्रवर्तीले बताए । जिल्लामा चिया उत्पादनका अन्य उद्योगहरू नभए पनि बाहिरी जिल्लाबाट भित्रने उत्पादनसँग यस उत्पादनको बजार घटेको उनले बताए । ‘बजारमा खुला चियाको बिक्री बढ्न थालेपछि प्रतिस्पर्धामा आउन कठिन भया,’ चक्रवर्तीले भने । उद्योगले उत्पादन गर्दै आएको कैलाश, उदय तथा चमेली चिया प्याकिङको स्वरुपमा हुने भएकाले मूल्य खुलाको तुलनामा बढी भएपछि बिक्री गर्न कठिनाइ हुने गरेको उनले बताए । कच्चा पदार्थको उत्पादनसमेत घटेकाले आफूहरूको उत्पादन महँगोमा परेको तर खुल्ला रूपमा बजारमा उपलब्ध हुने सामग्रीले उपभोक्तालाई आकर्षित गरेको उनले बताए । ‘हामीलाई कच्चा पदार्थ नै महँगो छ, ग्राहकलाई पनि महँगो पर्ने नै भयो,’ उनले थपे । उद्योगको उत्पादनको खपत स्थानीय क्षेत्रमा पहिलेको तुलनामा घटेको छ । चियाको कच्चा पदार्थ उत्पादन हुने गृह जिल्ला झापामा दुई वर्षअघि मासिक पाँच सय किलो तयारी चिया खपत भइरहेको थियो तर अहिले दुई सय किलोभन्दा बढी हुन नसकेको बताइएको छ ।   वर्ष ५, अंक ३१, २०६६, चैत ३०–वैशाख ५

सम्बन्धित सामग्री

तेलको भाउ बढाउन उत्पादक देशहरुले उत्पादन कटौती गर्ने

२२ जेठ, काठमाडौं । तेलको भाउ घट्नबाट रोक्नका लागि उत्पादक देशहरु उत्पादन कटौती गर्न सहमत भएका छन् । साउदी अरबले जुलाइदेखि दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटाउन सहमति जनाएको छ । उसले यसअघि पनि तेलको उत्पादनमा कटौती गर्दै आएको छ । रुसको अध्यक्षतामा आइतबार ७ घन्टासम्म चलेको बैठकमा उत्पादक देशहरु उत्पादन कटौतीमा सहमत भएका […]

साउदी अरबले दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने

साउदी अरबको ऊर्जा मन्त्रालयले आगामी मेदेखि सन् २०२३ को अन्त्यसम्म दैनिक पाँच लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ। पेट्रोलियम निर्यातक राष्ट्रहरूको सङ्गठन (ओपेक)का केही अन्य देशहरू र सहयोगको घोषणापत्रमा ओपेक सहभागी नभएका देशहरूको समन्वयमा उत्पादन कटौती गरिएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। स्वेच्छिक कटौती ३३ औँ ओपेक र गैर–ओपेक मन्त्रीस्तरीय बैठकमा […]

माग घटेपछि मन्दीतर्फ बजार, उत्पादन कटौती गर्दै उद्योग

उच्च ब्याजदरका कारण लगानीकर्ताको मनोबलमा नकारात्मक असर पुगेको छ । यहीबेला भएको चरम मूल्यवृद्धिले उपभोक्ताको खर्च गर्ने क्षमतामा ह्रास आउँदा बजारमा माग घटेको छ । त्यसको असरले उद्योगहरुले उत्पादन कटौती गर्न थालेका छन् ।

औद्योगिक शृंखला भत्किएर उद्योगहरू चरम संकटमा

आर्थिक मन्दीका कारण उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन् । औद्योगिक व्यवसायको शृंखला भत्किएर माग नै कम हुन थालेपछि उद्योगहरूले ७५ प्रतिशतसम्म उत्पादन कटौती गरेका हुन् । बजारमा औद्योगिक वस्तुको माग घटेको,...

सांघाइमा कोरोना बढ्दा टोयाटाले घटायो उत्पादन, ह्वात्तै घट्यो नाफा

चीनको सांघाइ सहरमा लकडाउन सुरू भएपछि जापानी अटोमोबाइल्स कम्पनी टोयाटाले आफ्नो उत्पादन कटौती गरेको छ । कम्पनीले सांघाइमा भएको लकडाउनका कारणले जापानस्थित उत्पादन केन्द्रको उत्पादन घटाएको हो । कम्पनीले एक सातासम्म उत्पादन कटौती हुने उल्लेख गरेको छ । टोयाटा चीनमा बढिरहेको कोरोना महामारीका कारणले उत्पादन कटौती गर्ने पहिलो कम्पनी हो । यसैबीचमा अमेरिकी विद्युतीय कार निर्माता टेस्लाले सांघाइमा लकडाउन सुरू भएपछि त्यहाँको उत्पादन प्लान्ट बन्द गरिसकेको छ ।‘सेमिकन्डक्टर अभावका कारणले मे महिन

कच्चा पदार्थको अभावमा उत्पादन कटौती

मकवानपुर – सरकारी स्वामित्वमा रहेको हेटौंडाको एउटा उद्योगले प्रयाप्त कच्चा पदार्थको अभावमा उत्पादन नै कटौती गरेका छ । मकवानपुरको हेटौंडा–१० स्थित पशु आहार उद्योगले यसरी उत्पादनमा कटौती गरेको हो । कच्चा पदार्थकै अभावमा उद्योगले बजारको मागलाई ६२ प्रतिशत मात्रै सम्बोधन गर्न सकेको छ । बजारमा दानाको माग मासिक ४ सय मेट्रिक टन छ, तर उद्योगले […]

टोयोटाले ४० प्रतिशत उत्पादन कटौती गर्ने

विश्वव्यापी चिप्स (पूर्जा) अभावले आपूर्ति व्यवस्थामा असर पर्ने भएकोले सेप्टेम्बर महिनामा टोयोटाले कार उत्पादनलाई ४० प्रतिशतले कटौती गर्ने जापानको निकी दैनिकले बिहीबार जनाएको छ । विश्वकै विशाल कार निर्माण कम्पनीले आगामी महिना करिब नौ लाख गाडी उत्पादन गर्ने योजना बनाएकोमा यसलाई घटाई लगभग पाँच हजारमा संशोधन गरिएको निकीले बताएको छ । यद्यपि निकीले यो भनाइ …

तेलको उत्पादन कटौती आगामी वर्षको सेप्टेम्बरसम्ममा अन्त्य गर्ने लक्ष्य

साउन ४, दुबई (संयुक्त अरब इमिरेट्स) । पेट्रोलियम निर्यातकर्ता देशहरुको संगठन (ओपेक) र संगठनबाहिरका अन्य  प्रमुख तेल उत्पादकहरु (ओपेकप्लस)ले तेलको उत्पादन कटौती सन् २०२२ को सेप्टेम्बरसम्ममा अन्त्य गर्न सहमति गरेका छन् ।  आइतवार ओपेकप्लसले तेलको उत्पादन दैनिक ५८ लाख ब्यारेलले घटाउने विषयमा गरिएको सम्झौता सो अवधिसम्म समाप्त गर्नेबारे सम्झौता गरेका हुन् । समन्वित रुपमा तेलको उत्पादन कटौती खुकुलो बनाउने यो सम्झौता अगष्टदेखि शुरु हुने एक विज्ञप्तिमा ओपेकले भनेको छ । सो अवधिदेखि मासिक आधारमा समग्र उत्पादन दैनिक ४ लाख ब्यारेललका दरले बढ्नेछ ।  विश्वको अधिकांश हिस्सामा आर्थिक पुनर्बहाली जारी रहेकोले विश्वव्यापी तेलको मागमा सुधारको स्पष्ट संकेत देखिएको र ओईसीडीको तेल सञ्चिति पनि घटिरहेको ओपेक प्लसको १९ औं मन्त्रीस्तरीय बैठकमा बताइएको छ । यस वर्षको अहिलेसम्मको अवधिमा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ ४३ प्रतिशतले बढेको छ ।  गत वर्ष यही समयतिरको तुलनामा यसको भाउ ६० प्रतिशतभन्दा धेरै माथि छ । सन् २०२१ को अर्धवार्षिक अवधिमा तेलको भाउ प्रतिब्यारेल ८० ब्यारेलमा पुग्ने अपेक्षा गरिएको छ । शुक्रवार बजार बन्द हुँदा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल ७३ डलर ५९ सेन्टमा आएर बन्द भएको थियो । एजेन्सी

उत्पादन कटौती गर्दै उद्योग

वीरगञ्ज, जेठ १०। बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ । कोरिडोरका खाद्यान्न र औषधिबाहेक अन्य उद्योगले उत्पादन घटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘खाद्यान्न र औषधि उद्योगको उत्पादन खासै प्रभावित भएको छैन […]

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले उत्पादन कटौती गर्दै

विराटनगर । कोरोना महामारीको कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित ठुला उद्योग मारमा परेका छन् । ती उद्योगले मजदुर कटौती गरी दुई सिफ्टमा उद्योग चलाउन थालेका छन् ।औद्योगिक करिडोरमा रहेका खाद्यान्न र स्वास्थ्य सामाग्री उत्पादन गरिरहेका बाहेकका उद्योगले आफ्ना उत्पादनसँगै कार्यरत मजदुर पनि एकसाथ कटौती गर्न थालेका हुन् ।महामारी रोकथाम र नियन्त्रण गर्ने स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि करिडोरमा ठुला उद्योगमा कार्यरत करिब एक तिहाइ अर्थात् करिब १० हजार मजदुरको रोजगारी गुमेको छ । कोश