उत्पादन कटौती गर्दै उद्योग

वीरगञ्ज, जेठ १०। बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ । कोरिडोरका खाद्यान्न र औषधिबाहेक अन्य उद्योगले उत्पादन घटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘खाद्यान्न र औषधि उद्योगको उत्पादन खासै प्रभावित भएको छैन […]

सम्बन्धित सामग्री

आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी

झापा– आर्थिक मन्दीका कारण झापाका इँटा उद्योग धराशायी भएका छन् । उद्योगीहरु कोभिड–१९ को महामारी खेपेलगत्तै वित्तीय संकट थपिएकाले व्यवसायबाटै पलायन हुने अवस्था आएको बताउँछन् । झापा इँटा उद्योग सङ्घका अध्यक्ष गुणराज थापा जिल्लाका २३ वटा इँटा उद्योगमध्ये आर्थिक मन्दीका कारण १६ वटा बन्द भएको र चलिरहेका उद्योगले समेत ७० प्रतिशत उत्पादन कटौती गरिसकेको बताउँछन् […]

दुर्भाग्यवश अर्थतन्त्रमा देखिएको मन्दीप्रति सरकार गम्भीर देखिएन

पछिल्लो समय माग नै नआएको भन्दै उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन्, कतिपय उद्योग बन्द नै भएका छन् । उद्योगीहरू ब्याजदर वृद्धिविरुद्ध आन्दोलन गर्न बाध्य भए । उद्योग व्यवसायको सबैजसो क्षेत्रमा मन्दी...

माग घटेपछि मन्दीतर्फ बजार, उत्पादन कटौती गर्दै उद्योग

उच्च ब्याजदरका कारण लगानीकर्ताको मनोबलमा नकारात्मक असर पुगेको छ । यहीबेला भएको चरम मूल्यवृद्धिले उपभोक्ताको खर्च गर्ने क्षमतामा ह्रास आउँदा बजारमा माग घटेको छ । त्यसको असरले उद्योगहरुले उत्पादन कटौती गर्न थालेका छन् ।

गहुँ अभावले केही उद्योग बन्द, अधिकांशले उत्पादन कटौती गर्दै

विराटनगरको बाबा फ्लोर मिलले गहुँ अभावमा आफ्नो उत्पादनमा ७५ प्रतिशत कटौती गरेको छ । गोपाल फ्लोर मिल भने गहुँ नभएकै कारण बन्द भएको छ । ‘यसअघि एक हजार क्वीन्टल गहुँ पिस्दै आएको थिएँ, अहिले ३÷४ सय क्वीन्टल मात्रै गहुँ पिसिरहेको छु,’ बाबा फ्लोर मिलका सञ्चालक भावेश राठी बताउँछन् । उनै राठीले चलाएको गोलाल फ्लोर मिल भने गहुँ अभावमा बन्द भएको छ ।भारतले रुस–युक्रेनको युद्धले खाद्यान्न अभाव हुनसक्ने जनाउँदै गहुँ निर्यातमा रोक लगाएको छ । त्यसपछि नेपालमा गहुँबाट बन्ने खाद्य वस्तु उत्

औद्योगिक क्षेत्रलाई लोडसेडिङमुक्त घोषणा गरौं

विद्युत् आपूर्ति सहज बनाउन नसके धेरै उद्योग बन्द नै हुने अवस्थामा पुग्नु पक्कै पनि सुखद कुरा होइन । कोरोना कहरले आफ्नो उत्पादन कटौती गर्न बाध्य भएका उद्योगीहरू बिस्तारै उद्योग पूर्ण क्षमतामा चलाउने जमर्को गर्दागर्दै फेरि एकपटक लोडसेडिङको मारमा परेका छन् । नेपाल विद्युत् प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न नसकेपछि अघोषित लोडसेडिङ सुरु गरेको छ, जसका […]

उत्पादन कटौती गर्दै तेल उद्योग

कच्चा पदार्थको अभाव देखाएर उद्योगीले खाने तेल उत्पादन घटाउन थालेका छन् । युक्रेनबाट आयात हुने सूर्यमुखीको कच्चा तेल रोकिएको भन्दै सुनसरी–मोरङ कोरिडोरका उद्योगले उत्पादन कटौती गरेका हुन् । युक्रेनमा बन्दरगाहबाट नेपालका लागि चलान तयारीमा रहेको जहाज रद्द भएको उद्योगीले बताएका छन् ।

प्रतिस्पर्धाले उत्पादन कटौती

हेटौंडा औद्योगिक क्षेत्रस्थित त्रिपुरा टी इन्डस्ट्रिज नेपाल प्रालिले चर्को प्रतिस्पर्धाका कारण खपतमा समस्या भएपछि उत्पादन आधा कटौती गरेको छ । वार्षिक दश लाख किलो तयारी चिया उत्पादन गर्ने क्षमता भएको उद्योगले स्थापनाको एक दशकमै प्रतिस्पर्धामा आउन नसकेपछि यो निर्णय गरेको हो । उद्योगबाट अहिले सरदर चार लाख किलोमात्र उत्पादन भइरहेको उद्योग प्रमुख आशिष चक्रवर्तीले बताए । जिल्लामा चिया उत्पादनका अन्य उद्योगहरू नभए पनि बाहिरी जिल्लाबाट भित्रने उत्पादनसँग यस उत्पादनको बजार घटेको उनले बताए । ‘बजारमा खुला चियाको बिक्री बढ्न थालेपछि प्रतिस्पर्धामा आउन कठिन भया,’ चक्रवर्तीले भने । उद्योगले उत्पादन गर्दै आएको कैलाश, उदय तथा चमेली चिया प्याकिङको स्वरुपमा हुने भएकाले मूल्य खुलाको तुलनामा बढी भएपछि बिक्री गर्न कठिनाइ हुने गरेको उनले बताए । कच्चा पदार्थको उत्पादनसमेत घटेकाले आफूहरूको उत्पादन महँगोमा परेको तर खुल्ला रूपमा बजारमा उपलब्ध हुने सामग्रीले उपभोक्तालाई आकर्षित गरेको उनले बताए । ‘हामीलाई कच्चा पदार्थ नै महँगो छ, ग्राहकलाई पनि महँगो पर्ने नै भयो,’ उनले थपे । उद्योगको उत्पादनको खपत स्थानीय क्षेत्रमा पहिलेको तुलनामा घटेको छ । चियाको कच्चा पदार्थ उत्पादन हुने गृह जिल्ला झापामा दुई वर्षअघि मासिक पाँच सय किलो तयारी चिया खपत भइरहेको थियो तर अहिले दुई सय किलोभन्दा बढी हुन नसकेको बताइएको छ ।   वर्ष ५, अंक ३१, २०६६, चैत ३०–वैशाख ५

पर्सा बारा औद्योगिक करिडोरका उद्योगको उत्पादन ५० प्रतिशत कटौती

कोरोनाको दोस्रो लहरसँगै जारी निषेधाज्ञाको कारण पर्सा बारा औद्योगिक करिडोरका उद्योगले आफ्नो उत्पादन ५० प्रतिशत कटौती गरेका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ताका अनुसार प्राय: सबै उद्योगले हाल आफ्नो उत्पादन कटौती गरेर सीमित जनशक्तिबाट उद्योग सञ्चालन गरिरहेका छन् ।

सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले उत्पादन कटौती गर्दै

विराटनगर । कोरोना महामारीको कारण सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित ठुला उद्योग मारमा परेका छन् । ती उद्योगले मजदुर कटौती गरी दुई सिफ्टमा उद्योग चलाउन थालेका छन् ।औद्योगिक करिडोरमा रहेका खाद्यान्न र स्वास्थ्य सामाग्री उत्पादन गरिरहेका बाहेकका उद्योगले आफ्ना उत्पादनसँगै कार्यरत मजदुर पनि एकसाथ कटौती गर्न थालेका हुन् ।महामारी रोकथाम र नियन्त्रण गर्ने स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञापछि करिडोरमा ठुला उद्योगमा कार्यरत करिब एक तिहाइ अर्थात् करिब १० हजार मजदुरको रोजगारी गुमेको छ । कोश