जनता समाजवादी पार्टी (जसपा)का बहुमत कार्यकारिणी सदस्यले उपेन्द्र यादवको पक्षमा हस्ताक्षर गरेका छन् ।
सोमवार निर्वाचन आयोग पुगेर जसपाका ३४ जनाले उपेन्द्रको पक्षमा हस्ताक्षर गरेका हुन् ।
महन्थको पक्षमा भने १६ जनाले हस्ताक्षर गरेका छन् ।
अध्यक्ष यादवले ३४ जनाले हस्ताक्षर गरेको र अरू एकजना थपिने सम्भावना रहेको बताए ।
जेलमा रहेका कार्यकारिणी सदस्य रेशम चौधरी पनि हस्ताक्षरका लागि आयोग जाँदैछन् । अध्यक्ष यादवले रेशम चौधरी आयोगमा आउन लागेको जानकारी दिए ।
यस्तै उनले आत्मालोचना गरेर आएमा महन्थ ठाकुरलाई स्व...