काठमाडौँ- काठमाडौँको थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन महानगरपालिकाले सहयोग मागेकामा गृह मन्त्रालयले अस्वीकार गरेको छ। महानगरपालिकाले दुई साताअघि १३ पुसमा लेखेको पत्रको जवाफ दिंदै गृह मन्त्रालयले छलफल, समन्वय, पूर्वतयारी नभएसम्म यसमा सहयोग नहुने बताएको छ। महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने गृहको पत्रमा उल्लेख छ। ‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण […]