फ्रेन्च लिग च्याम्पियन पेरिस सेन्ड जर्मेन (पीएसजी)ले एसियाली मुलुक जापान भ्रमण गर्ने भएको छ । बिहीबार क्लबले समरमा जापान भ्रमण गर्ने बताएको हो । पीएसजीले आफ्नो पहिलो टिम नै जापान भ्रमण गर्ने बताएको छ । उसले २०२२–२३ सिजन अघि आफ्ना फ्यानसँग भेट गर्न भ्रमण हुने जानकारी गराएको छ । पीएसजीले आफ्नो पहिलो टिमका स्टार खेलाडी लियोनल मेस्सी, नेयमार र केलियन एम्बाप्पेसहित सर्जियो रामोस र मार्किन्होस टिमसँगै रहने संकेत गरेको छ । यस सिजन क्लबले ३८ खेलमा ८६ अंक जोड्दै फ्रेन्च लिगको उपाधि ज