सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्न गृहको योजना

काठमाडौँ । गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो । मुख्य गरी कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्वरुप बिगार्ने, यातायातकर्मी तथा यात्रुहरुमा सचेतनाको कमी, […]

सम्बन्धित सामग्री

ढुवानी व्यवसाय राज्यका लागि अपरिहार्य : अध्यक्ष तिमल्सिना

काठमाडौँ । ‘राष्ट्र निर्माणको आधार, सुरक्षित ढुवानी समृद्ध व्यापार’ भन्ने नाराका साथ ढुवानी व्यवसायी महासंघ नेपालको १४ औ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्‍घाटन राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए ।

सफा, सुरक्षित र सभ्य यातायात बनाउने गृह मन्त्रालयको योजना

काठमाडौं : गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ। मन्त्रालयका सचिव टेकनारायण पाण्डेको निर्णयअनुसार यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन योजना अघि सारिएको हो ।कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्वरूप बिगार्ने, यातायातकर्मी तथा यात्रुमा सचेतनाको कमी, ट्राफिक पूर्वाधार अभावजस्ता समस्यालाई न्यूनीकरणका लागि योजना ल्याइएको हो। हालै तयार भएको योजना कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय र निकाय

यस्ता छन् गृह मन्त्रालयको यातायात क्षेत्रमा सुधारका योजना

गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो ।मुख्यगरी कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्वरुप बिगार्ने, यातायातकर्मी तथा यात्रुहरूमा सचेतनाको कमी, ट्राफिक पूर्वाधारको अभावजस्ता समस्यालाई न्यूनीकरणका लागि उक्त योजना ल्याइएको हो । हालै तयारी पारिएको योजना कार्यान्वयन गर्न सम्बन

गृहको यस्तो छ सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजना

काठमाडौँ- गृह मन्त्रालयले सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माण गर्ने योजनाअघि बढाएको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेको सचिवस्तरीय निर्णयबाट यातायात क्षेत्रको कमजोरी सुधार गर्दै व्यवस्थित बनाउन उक्त योजना अघि सारिएको हो । मुख्य गरी कमजोर सडक पूर्वाधार, सवारी साधनको मर्मत अभाव, न्यूनतम पूर्वाधारको कमी, गाडीको स्वरूप बिगार्ने, यातायातकर्मी तथा यात्रुहरूमा सचेतनाको कमी, ट्राफिक […]

अब सवारी साधनमा ‘साहित्य र विज्ञापन’ लेख्‍न नपाइने

। गृहमन्त्रालयले ट्राफिक तथा यातायात क्षेत्रको व्यवस्थापन गर्न, सफा, सुरक्षित र सभ्य यातायात क्षेत्र निर्माणका लागि बिहीबार विभिन्न निर्णय गर्दै सम्बन्धित मन्त्रालय र निकायलाई कार्यान्वयनका लागि परिपत्र गरेको छ ।

सार्वजनिक यातायातको समस्या समाधान गर्न यातायात प्राधिकरण आवश्यक : अध्यक्ष स्वाँर

वैशाख १, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित अध्यक्ष विजय बहादुर स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्नु पर्ने बताएका छन् । अध्यक्ष स्वाँरले सार्वजनिक यातायात क्षेत्रमा रहका समस्या समाधान गर्नको लागि सरकारले तत्काल यातायात प्राधिकरण गठन गर्न आवश्यक रहेको बताए ।  उनले महासंघको नयाँ नेतृत्वले सरकारलाई यातायात प्राधिकरण गठनमा प्राथकिता दिएर भेन्टिलेटरमा रहेको यातायात क्षेत्रलाई पुनः जागृत बनाउने गरी काम गर्ने बताए । बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अबको सार्वजनिक यातायात सुरक्षित, भरपर्दो र दिगो सार्वजनिक यातायात बनाउने पहिलो योजना रहेको बताए ।  १० अर्ब रुपैयाँको स्वदेशी लगानी रहेको सार्वजनिक यातायात क्षेत्र सबै लगानीकर्ता, सरकार, जनता र मजदूर मिलेर पूँजीको संरक्षण गन आवश्यक रहेको अध्यक्ष स्वारको भनाइ छ । नेपालमा खरीद गरेर ल्याएका गाडीमा चल्ने २० वर्षको मापन अवधि वैज्ञानिक नभएको भन्दै अध्यक्ष स्वाँरले २० वर्ष अगाडि ल्याएका गाडी फाल्ने र ल्याउने काम तत्काल बन्द गर्नु पर्ने पनि बताए । उनले २० वर्ष पुगेका गाडि फिजिकल फिटनेस सेन्टरमा लगेर चेक गरेर सडकमा गुड्न सक्छ वा वातावरण प्रदुषणको हिसावमा ठिक छ भने चल्न दिनु पर्ने जिकिर गरे । उनले नेपालमा सरकारको नीति अनुसार सार्वजनिक यातायात विद्युतिकरण हुनु पर्छ, त्यसको लागि यातायात व्यवसायी तयार रहेको पनि बताए । अध्यक्ष स्वाँरले नेपालमा सम्पूर्ण सार्वजनिक यातायात निजी क्षेत्रले चलाएकोले निजी क्षेत्रको लगानी सुरक्षित र लगानी अनुसारको मुनाफा मुलुक हुनु पर्ने पनि बताए । उनले सार्वजनिक यातायातमा शतप्रतिशत लगानी निजी क्षेत्रको भए पनि सबैभन्दा कम मुनाफा पाउने यातायात व्यवसायी भएको गुनासो गरे । अध्यक्ष स्वाँरले सरकारले गाडी भाडामा १० प्रतिशत मात्रै मुनाफा दिएकाले त्यसलाई बढाउन नयाँ नेतृत्वले पहल गर्ने पनि बताए ।  अध्यक्ष स्वारले यातायात क्षेत्रमा देखिएका वैज्ञानिक भाडादर प्रणाली,सवारी दूर्घटना,यातायात सिन्डिकेटलगायतका समस्याको समाधानको लागि यातायात प्राधिकरण बनाएर एकद्वार प्रणाली मार्फत लागू गर्न सरकारलाई आग्रह गरे ।

कोरोनामा लघुवित्तको प्रभावकारी सञ्चालन

नेपालमा कोरोनाको दोस्रो लहर शुरू भएको छ । कोरोनाबाट संक्रमितको संख्या दिनप्रति दिन बढ्दै गएको छ । विश्वका कतिपय मुलुकमा कोरोनाको तेस्रो लहरसमेत आइसकेको र मानवीय क्षतिका साथै अर्थतन्त्रका अधिकांश क्षेत्रलाई प्रभावित पारेका खबर सार्वजनिक भइरहेका छन् । कोरोना महामारीका कारण दैनिक आयस्रोतमा निर्भर रहेको जनसंख्याले रोजगारी गुमाउनु परेको, गरीबीको रेखामुनि रहेको जनसंख्याको आकार बढेकोलगायत तथ्यांक सार्वजनिक भइरहेका छन् । राष्ट्रिय योजना आयोगले नेपालमा कोरोनाका कारण १५ लाखभन्दा बढीले रोजगारी गुमाउनु परेको र गरीबीको दर १८ दशमलव ७ प्रतिशतबाट बढेर २२ दशमलव ७ प्रतिशत पुगेको प्रक्षेपण गरेको छ । कोरोनाका कारण अर्थतन्त्रका अधिकांश क्षेत्र आक्रान्त भएसँगै बैंकिङ क्षेत्र पनि अछुतो रहन सकेन । बैंकिङ क्षेत्रभित्र पर्ने लघुवित्त क्षेत्र पनि यसबाट प्रभावित हुँदै आएको छ । लघुवित्त क्षेत्रमा वित्तीय कारोबारको लगभग ८० प्रतिशत कार्य फिल्ड तहमा नै सम्पन्न हुने गर्छ । केन्द्र बैठकमार्फत लघुवित्तीय कारोबार सञ्चालन गर्नुपर्ने भएकाले कोरोनाका कारण मुलुकव्यापी बन्दाबन्दी भएको समयमा कुनै प्रकारको लघुवित्तीय गतिविधिहरू हुन सकेन । यातायात क्षेत्र र आपूर्ति सञ्जाल पूर्णरूपले प्रभावित हुँदा लघुवित्तका सदस्यहरू प्रभावित भई बचत संकलन गर्ने, कर्जा प्रवाह गर्ने तथा साँवा ब्याज असुली गर्ने कार्य ठप्प रहेका थिए । यसरी बन्दाबन्दीका कारण लघुवित्तीय कारोबार सञ्चालन हुन नसकी आम्दानी खुम्चिएको तर नियमित खर्चहरू भइरहँदा लघुवित्त वित्तीय संस्थाको नाफा घट्ने अवस्था रहेको थियो । मुलुकव्यापी बन्दाबन्दीको अन्त्य गरेपश्चात् यस क्षेत्रमा कोरोनाबाट सुरक्षित रहने स्वास्थ्य सुरक्षाका मापदण्डहरू अवलम्बन गर्दै लघुवित्तीय गतिविधिहरू सञ्चालन हुन थालेका छन् । लघुवित्त क्षेत्रलाई स्थायित्व प्रदान गरी दीर्घकालीन विकास गर्न नियामक र सुपरिवेक्षकको जिम्मेवारी पाएको नेपाल राष्ट्र बैंकले विभिन्न नीति निर्देशनहरू जारी गर्ने र नियमित रूपमा सुपरिवेक्षण गर्ने कार्य गर्दै आएको छ । यसका साथै बेलाबेलामा आइपर्ने विभिन्न किसिमका असामान्य परिस्थितिबाट लघुवित्त क्षेत्रलाई संरक्षण गर्न राष्ट्र बैंकले विभिन्न सहुलियत प्रदान गरी सहजकर्ताको भूमिकासमेत निर्वाह गर्दै आएको छ । विगतमा भूकम्प, बाढीपहिरो, भारतीय नाकाबन्दीलगायत असामान्य अवस्थाबाट लघुवित्त क्षेत्रलाई संरक्षण गर्न राष्ट्र बैंकले विभिन्न सहुलियत प्रदान गरेको थियो । पछिल्लो समय कोरोना विपद्बाट उत्पन्न असामान्य परिस्थितिमा लघुवित्त संस्थाहरूलाई सञ्चालन गर्न विभिन्न नियामकीय सहुलियत प्रदान गरेको छ । गतवर्ष कोरोना भाइरसको संक्रमण फैलने क्रमसँगै राष्ट्र बैंकको निर्देशनमा लघुवित्त वित्तीय संस्थाले आफ्ना ऋणी संस्था/सदस्यलाई ब्याज छूट प्रदान गरेका थिए भने राष्ट्र बैंकले नियामकीय प्रावधानमा सहुलियत प्रदान गरेको र हालसम्म पनि उक्त सहुलियत निरन्तर रहेको छ । नियामकीय प्रावधानबमोजिम लघुवित्त संस्थाले कर्जाको वर्गीकरण र त्यसबापत राख्नुपर्ने कर्जा नोक्सानी व्यवस्थामा सहुलियत प्रदान गर्दै आएको र आवश्यकता र औचित्यको आधारमा यो व्यवस्थालाई आगामी २०७८ असार मसान्तसम्म कायम गर्न सकिने निर्देशन जारी गरेको छ । यस व्यवस्थाले ऋणी सदस्यलाई साँवाब्याज भुक्तानीमा सहज भएको छ भने बचत संकलन, कर्जा प्रवाह, नाफालगायत वित्तीय सूचकमा सकारात्मक प्रभाव परेको र पूँजीकोष, निष्क्रिय कर्जाको अवस्थालगायत नियमकीय प्रावधान सन्तोषजनक अवस्थामा रहेको छ । कोरोनाको दोस्रो लहर शुरू भएको र यसले पार्ने प्रभावको समय अनिश्चित भएकाले लघुवित्तीय कार्यक्रमलाई अनिश्चित समयसम्म बन्द गर्न उपयुक्त हुँदैन । त्यसैले आगामी दिनमा कोरोना विपद्कै बीच लघुवित्तीय सेवालाई निरन्तरता दिनुको विकल्प छैन । कोरोना संक्रमणको दोस्रो लहरलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्ने, पूर्ण सजगताका साथ भीडभाड नहुने गरी भौतिक दूरी कायम गरेर लघुवित्तीय कार्यक्रम सञ्चालन गर्ने, कर्मचारी तथा सदस्यलाई प्रोत्साहन हुने गरी विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, यसबीच सम्पर्कबाहिर रहन पुगेका सदस्यलाई मोबाइलबाट एसएमएस तथा भेटघाटका माध्यमबाट सम्पर्कमा ल्याउने, नियमित रूपमा गरिँदै आएको केन्द्र बैठकको अतिरिक्त उत्प्रेरणा जगाउने किसिमका भेला कार्यक्रमहरू सञ्चालन गरी सफल तथा शीप र जाँगर भएका सदस्य र अन्य सदस्यलाई एकै थलोमा राखी आआप्mना सफलताका अनुभवहरू आदनप्रदान गर्ने कार्यक्रमको माध्यमद्वारा सदस्यहरूको गुणस्तरीय व्यवस्थापन गर्नेलगायत कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । यसका साथै, सदस्यहरूमा आय आर्जन गर्ने सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने, वित्तीय साक्षरता, वित्तीय जनचेतना सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी सदस्यमा वित्तीय अनुशासन कायम गर्ने बानीको विकास गर्नेलगायत कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । भौतिक दूरी कायम राख्नुपर्ने र लघुवित्तीय कारोबार महँगो भइरहेको सन्र्दभमा सदस्य र संस्थाको स्तर र क्षमताबमोजिमको प्रविधिको विकास गरी डिजिटल वित्तीय सेवाको विकास गर्नेतर्फ लाग्नु लाभदायक हुन्छ । नियमनकारी निकायले कोरोना संक्रमणसँगै शुरू गरेको सहुलियतपूर्ण कार्यक्रमलाई आवश्यकता र औचित्यताको आधारमा निरन्तरता दिने र आवश्यकताअनुसार अन्य थप कार्यक्रम र साविकको कार्यक्रमको समयावधि थप गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । समग्रमा मुलुकव्यापी बन्दाबन्दीको समयमा नयाँ सदस्यहरू बनाउने क्रम निरन्तर हुन नसकेको, बचत संकलन र कर्जा प्रवाह हुन नसकेको, सदस्यहरू संस्था छोड्ने क्रम बढेको, विपन्न कर्जा सापटी रकममा कमी आएको, संस्थाको नाफा प्रभावित भएको, नियमकीय प्रावधानहरूको पालना कठिन भएको अवस्था रहेको देखिन्छ । लघुवित्त क्षेत्रको विकास र स्थायित्वका लागि राष्ट्र बैंकले नियामकीय तथा सुपरिवेक्षकीय भूमिका निभाउँदै आएको तथा आवश्यकता र परिस्थितिअनुसार सहजकर्ताको भूमिका निर्वाह गर्दै आएको पाइन्छ । कोरोना संक्रमणका बीच समुदायमा आधारित लघुवित्तीय गतिविधिलाई सञ्चालन गर्ने कार्य सहज छैन तर निरन्तरताको विकल्प पनि छैन । तसर्थ, कोरोनाबाट त्रस्त नभई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गर्दै दह्रो मनोबलका साथ नियमकारी निकायको नीतिनिर्देशन र सहुलियतको भरपुर उपयोग गर्दै लघुवित्तीय गतिविधि सञ्चालन गर्नु उपयुक्त हुने देखिन्छ । लेखक लघुवित्तसम्बन्धी जानकार व्यक्ति हुन् ।

कोरोनाविरुद्ध सचेतना अभियान शुरु

ट्राफिक प्रहरीले विश्वमा फैलिँदै गएको दोस्रो चरणको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राखेर सचेतना अभियान शुरु गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा आजदेखि कोरोना भाइरस रोकथाम तथा सुरक्षित बनाउनका लागि जनचेतनामूलक अभियान शुरु गरेको हो ।          ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ्य र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ शुरु गरिएको कार्यक्रममा बोल्दै महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै महामारीको रूपमा फैलिरहेको कोभिड–१९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो । “यातायात क्षेत्र कोभिड–१९ बाट उच्च जोखिममा रहेको छ, यस क्षेत्रमा बेलैमा सावधानी अपनाएर मात्र चलायमान बनाउनुपर्छ,” उहाँले भन्नुभयो ।