वीरगञ्ज- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुसँग तालमेल गरेर अगाडि बढ्ने प्रस्ट्याएका छन्। उनले कांग्रेसले वीरगञ्जमा बिहीबार आयोजना गरेको कार्यक्रममा गठबन्धनका दलहरुलाई बेवास्ता गर्न नसकिने र मिलेर चुनाव लडेमात्र स्थानीय तह, प्रदेश र केन्द्रमा सरकार बनाउने स्थिति आउने बताए। उनले गठबन्धनका रहेका दलहरुलाई नचिढ्याउन पनि नेताकार्यकर्ताहरुसँग आग्रह गरे। बुधबारमात्र […]