काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन नगर्न नगराउन सबैमा आग्रह गरेको छ । प्रशासनले बुधवार एक सूचना जारी गर्दै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन २०६८ को दफा ४ अनुसार सार्वजनिक स्थलमा धूम्रपान गर्न नहुने कानुनी प्रावधान रहेको स्मरण गराउँदै सोही अनुसार गर्न सबैमा आग्रह गरेको हो । […]