आजदेखि आइतबार पनि सरकारी बिदा

काठमाडौँ । आजदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ। गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले शनिवार र आइतबार बिदा दिने निर्णय गरेको हो। बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो। सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो। निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान […]

सम्बन्धित सामग्री

हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय: के अस्पतालको ओपिडी आइतबार बन्द हुन्छ?

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार ओपिडी सेवा आइतबार हुने वा नहुने? हुने हो भने कसरी? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउने? लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको छ।

हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय: के अस्पतालको ओपिडी आइतबार बन्द हुन्छ?

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार ओपिडी सेवा आइतबार हुने वा नहुने? हुने हो भने कसरी? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउने? लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको छ।

जेठ १ देखि कार्यालय बिहान साढे नौदेखि बेलुका साढे पाँचसम्म खुला

काठमाडौँ- सरकारले आगामी जेठ १ गतेदेखि साताको दुई दिन बिदा दिने निर्णयसँगै सरकारी कार्यालय साढे नौदेखि साढे पाँचसम्म खुला गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले मंगलबार सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। अब शनिबार र आइतबार दुई दिन सरकारी बिदा हुनेछ। सरकारले जेठ १ देखि लागू हुने गरी दुई दिन बिदा दिने निर्णयसँगै सरकारी […]

हप्तामा २ दिन बिदाको ‘च्याप्टर क्लोज’, कसले रोक्यो प्रस्ताव ?

केही दिन अघिसम्म सातामा २ दिन बिदा दिने विषय करिब करिब निर्णय नै भईसकेको जसरी प्रचार गरिएको थियो । इन्धनको खर्च कटौती गर्ने उपायका रुपमा हप्तामा २ दिन बिदा दिने र बाँकी ५ दिन बिहान ९ बजेबाट कार्यालय खोल्ने प्रस्ताव आएको थियो ।आयाल निगमको प्रस्तावमा अर्थ मन्त्रालय सहमत भएपछि यो विषय मन्त्रिपरिषदमा पनि पुग्यो । तर, अब सातामा २ दिन सरकारी बिदा दिने प्रस्तावको ‘च्याप्टर’ तत्कालका लागि ‘क्लोज’ भएको छ ।इन्धनको खपत घटाएर खर्च कटौती गर्न शनिबार र आइतबार बिदा दिने तयारी भएपनि अब तत्काल यो निर्णय नहुने भएको छ । कसरी भयो ‘च्याप्टर क्लोज’हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा सरकारी कार्यालय पूरै बन्द हुने र यसो हुँदा सरकारी राजश्व संकलनमा प्रत्यक्ष असर पर्ने निश्कर्ष सरकारी अधिकारीहरुले मन्त्रीहरुलाई सुनाए ।अर्थमन्त्री जनार्दन शर्मा २ दिन सरकारी बिदा दिने विषयमा सकारात्मक देखिएपनि अर्थकै अधिकारीहरुले बजेट निर्माणको चरण, राजश्व उठाउनुपर्ने समय र विकास बजेट खर्च गर्ने अवधिमै २ दिन बिदा दिँदा अपजस अर्थ मन्त्रालयमै आउने भन्दै उनलाई कन्भिन्स गराए । यति मात्रै नभई, पहिला पनि हप्तामा २ दिन सार्वजनिक बिदा दिईएको र त्यो पूर्णतः असफल भइसकेको नजिर पनि अधिकारीहरुले सुनाए । सरकारी अधिकारीले यस्तो निष्कर्ष र विगतको नजिर सुनाएपछि मन्त्रिमण्डल पनि हप्तामा २ दिन बिदा दिने बहस थाती राख्दै निर्णयको कदमबाट पछि हटेको हो । सातामा २ दिन बिदा दिने निर्णय नभएपछि मन्त्रिपरिषदको चैत ३० गतेको बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । नयाँ आर्थिक वर्षपछि मात्रै बहसहप्तामा २ दिन बिदा दिने विषय अब असार मसान्तसम्म मन्त्रिमण्डल वा कुनैपनि मन्त्रालयमा छलफल नहुने भएको छ । नयाँ आर्थिक वर्षपछि मात्रै फरक कोणबाट यसबारे बहस गर्न सकिने निकष्र्षमा अधिकारीहरु पुगेको बताइन्छ ।

आइतबार सार्वजनिक बिदा दिने सरकारको तयारी, थप छलफलपछि निर्णय हुने

काठमाडौँ । आइतबार सरकारी बिदा दिने विषयले मन्त्रिपरिषदमा प्रवेश पाएको छ । बिहीबार बसेको नियमित मन्त्रिपरिषद् बैठकमा सार्वजनिक बिदालाई सातामा दुई दिन दिने नेपाल आयल निगमको प्रस्तावबारे छलफल भएको हो । सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै निगमले उक्त प्रस्ताव अघि सारेको थियो […]

पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन प्रधानमन्त्रीसँग राप्रपाको माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिन माग गरेको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन–पत्र बुझाउँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यस्तो माग गर्नुभएको हो । पुस २७ गते सरकारी बिदा दिनुको साथै सरकारी स्तरबाटै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने निर्णय गराउनसमेत राप्रपाले माग गरेको हो ।