हप्तामा २ दिन बिदाको ‘च्याप्टर क्लोज’, कसले रोक्यो प्रस्ताव ?

केही दिन अघिसम्म सातामा २ दिन बिदा दिने विषय करिब करिब निर्णय नै भईसकेको जसरी प्रचार गरिएको थियो । इन्धनको खर्च कटौती गर्ने उपायका रुपमा हप्तामा २ दिन बिदा दिने र बाँकी ५ दिन बिहान ९ बजेबाट कार्यालय खोल्ने प्रस्ताव आएको थियो ।आयाल निगमको प्रस्तावमा अर्थ मन्त्रालय सहमत भएपछि यो विषय मन्त्रिपरिषदमा पनि पुग्यो । तर, अब सातामा २ दिन सरकारी बिदा दिने प्रस्तावको ‘च्याप्टर’ तत्कालका लागि ‘क्लोज’ भएको छ ।इन्धनको खपत घटाएर खर्च कटौती गर्न शनिबार र आइतबार बिदा दिने तयारी भएपनि अब तत्काल यो निर्णय नहुने भएको छ । कसरी भयो ‘च्याप्टर क्लोज’हप्तामा २ दिन सार्वजनिक बिदा दिँदा सरकारी कार्यालय पूरै बन्द हुने र यसो हुँदा सरकारी राजश्व संकलनमा प्रत्यक्ष असर पर्ने निश्कर्ष सरकारी अधिकारीहरुले मन्त्रीहरुलाई सुनाए ।अर्थमन्त्री जनार्दन शर्मा २ दिन सरकारी बिदा दिने विषयमा सकारात्मक देखिएपनि अर्थकै अधिकारीहरुले बजेट निर्माणको चरण, राजश्व उठाउनुपर्ने समय र विकास बजेट खर्च गर्ने अवधिमै २ दिन बिदा दिँदा अपजस अर्थ मन्त्रालयमै आउने भन्दै उनलाई कन्भिन्स गराए । यति मात्रै नभई, पहिला पनि हप्तामा २ दिन सार्वजनिक बिदा दिईएको र त्यो पूर्णतः असफल भइसकेको नजिर पनि अधिकारीहरुले सुनाए । सरकारी अधिकारीले यस्तो निष्कर्ष र विगतको नजिर सुनाएपछि मन्त्रिमण्डल पनि हप्तामा २ दिन बिदा दिने बहस थाती राख्दै निर्णयको कदमबाट पछि हटेको हो । सातामा २ दिन बिदा दिने निर्णय नभएपछि मन्त्रिपरिषदको चैत ३० गतेको बैठकले सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने निर्णय गरेको छ । नयाँ आर्थिक वर्षपछि मात्रै बहसहप्तामा २ दिन बिदा दिने विषय अब असार मसान्तसम्म मन्त्रिमण्डल वा कुनैपनि मन्त्रालयमा छलफल नहुने भएको छ । नयाँ आर्थिक वर्षपछि मात्रै फरक कोणबाट यसबारे बहस गर्न सकिने निकष्र्षमा अधिकारीहरु पुगेको बताइन्छ ।

सम्बन्धित सामग्री

हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता

काठमाडौं । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । श्रममन्त्री किसान श्रेष्ठले परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । यसअघि सरकारले जेठ […]

२ दिन बिदाविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं । हप्तामा २ दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता रामबहादुर शाहीले हप्तामा २ दिन बिदा दिने सरकारको निर्णय बदर गर्नुपर्ने माग गर्दै रिट दर्ता गराउनुभएको हो । सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमा हप्तामा २ दिन बिदा दिने गैर संवैधानिक गतिबिधिमा मन्त्री परिषदले विचार विमर्शनै नगरि गरेको […]

बडिमालिकाको निर्णय: आइतबार बिदा नदिने, मार्तडी बजारमा सीसी क्यामरा जोड्ने

बडिमालिका नगरपालिकाले संघीय सरकारको निर्णय कार्यान्वयन नगर्ने भएको छ। सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन बिदा दिने गरि गरेको निर्णय बडिमालिका नगरपालिकाले कार्यान्वयन नगर्ने भएको हो।...

भक्तपुरका विद्यालयमा २ दिन बिदा नगर्न निर्देशन

भक्तपुर, १ जेठ । भक्तपुर नगरपालिकाले विद्यालयहरु साताको दुई दिन बिदा नगर्न निर्देशन दिएको छ । नगरपालिकाले सरकारले आजदेखि लागु गरेको शैक्षिक संस्थाहरु शनिबार र आइतबार बिदा दिने निर्णयको विपक्षमा सबै सामुदायिक र नीजि विद्यालयलाई निर्देशन दिएको हो । नगरपालिकाले आज एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मको लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न […]

हप्तामा २ दिन बिदा दिने निर्णय राजपत्रमा

काठमाण्डाै – आउँदाे जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय राजपत्रमा प्रकाशित भएकाे छ । सरकारले परीक्षणका रूपमा आउँदाे जेठ १ गतेदेखि प्रत्येक शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे । त्यही निर्णय आज मङ्गलवार राजपत्रमा प्रकाशित भएकाे हाे । याे बिदा लागू भएसँगै साेमवारदेखि शुक्रवारसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म हुनेछ । तर कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान साढे ९ बजेदेखि दिउँसाे साढे ४ बजेसम्म हुनेछ ।

हप्तामा २ दिन बिदा भए पनि आइतबार अस्पतालका ओपीडी बन्द नहुने

१८ चैत, काठमाडौं । जेठ १ देखि हप्तामा दुई दिन सरकारी कार्यालय बन्द भए पनि अस्पतालका बहिरंग सेवा (ओपीडी) आइतबार भने बन्द नगर्ने भएको छ । उच्च स्रोतका अनुसार स्वास्थ्य संस्थाबाट उपलब्ध हुने सेवा अति आवश्यक हुने भएकाले मन्त्रालय आइतबार ओपीडी सेवा बन्द नगर्ने निषकर्षमा पुगेको छ । ‘दुई दिन बिदा नदिने पक्षमा स्वास्थ्यमन्त्री र […]

पुर्व गभर्नर क्षेत्रीको ठुकुवा, '२ दिन बिदा दिने निर्णय कुनै हालतमा टिक्दैन'

जेठ १ गतेबाट सरकारले हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । निर्णय लागू हुने मिति नै नआउँदै यस विषयमा नकारात्मक टिप्पणी सुरु भएको छ । अर्थविद् तथा अर्थशास्त्रका जानकारहरुले नेपाल जस्तो विकासोन्मुख अर्थतन्त्र भएको देशमा बढी काम गर्नुपर्ने समयमा कार्य दिन नै घटाईदिनु गलत भएको बताएका छन् । नोल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री २ दिन सार्वजनिक बिदा दिँदा भएकै साधनको दुरुपयोग बढ्ने र घट्छ भनिएको पेट्रोलियन पदार्थको खपत पनि बढाउने बताउँछन् । “२ दिन बिदा दिँदा पनि पेट्रोलियन पदार्थको खपत बढ्छ भन्दा यो मान्छे आलोचना मात्रै गर्छ भन्लन्, तर सबै मान्छे मनदेखि निर्णय मानेर बस्छन् र ?” प्रश्न गर्दै उनले भने, “छट्टुहरु बिदाको अघिल्लो दिन नै पूर्व र पश्चिम तिर निस्किन्छन्, अनि कसरी घट्छ ?”बिजुलीको खपत बढाउन छोडेर उल्टो निर्णयपूर्वगर्भनर क्षेत्रीले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय र उर्जा मन्त्रालय यो निर्णयमा सहमत हुनु अचम्मको विषय भएको बताएका छन् । बिजुलीको खपत बढाउने निर्णयको अपेक्षा गरिएका बेलामा २ दिन बिदा दिने निर्णय गरेर सरकार उल्टो बाटो हिडेको क्षेत्रीको संकेत छ ।“अहिले त बत्तीको खपत बढाउने बेला हो, बत्तीको खपत बढाउने खालको निर्णयको अपेक्षा गरिएको समय हो अहिले” उनले भने, “नेपाल जस्तो विकासोन्मुख देशमा अहिले काम बढाउनुपर्ने समय हो, अतिरिक्त समय दिएर काम गर्नुपर्ने, आर्थिक उपार्जन बढाउनुपर्ने बेला हो । तर, यस्तो बेलामा हप्तामा २ दिन बिदा दिईएको छ, यो टिक्दैन ।”उनले नेपालका लागि हप्तामा २ दिन बिदा दिईनु घातक नै हुने चेतावनी पनि दिएका छन् ।९० प्रतिशत कर्मचारी घुम्न हिड्छनपूर्व गर्भनर क्षेत्रीले एकातिर कर्मचारीलाई इन्धन सेवामा कटौती र अर्कोतिर २ दिन बिदाको विषय आफैँमा कमजोर जगमा गरिएको निर्णय भएको बताएका छन् । उनले १० प्रतिशत जति तल्लो तहका कर्मचारी बिदा भनेर घरमै बसेपनि उच्च तहका नीजि सवारी भएका कर्मचारी र मध्यम तहका कर्मचारी पनि बिदा भन्नासाथ घुम्न निस्कने भन्दै इन्धनको खपत घट्नुको सट्टा बढ्ने दाबी पनि गरे । “उत्पादन थियो, आर्थिक रुपमा मुलुक सबल थियो भने आन्तरिक पर्यटनका लागि ठिकै हुन्थ्यो” क्षेत्री भन्छन्, “तर अहिले त मुलुकमा काम गर्नुपर्ने समय हो, तर २ दिन बिदा दिने भनेपछि ९० प्रतिशत जति कर्मचारीले इन्धनको खपत कम गरौँ भनेर घरमै बस्ने काम गर्दैनन् भन्ने लाग्छ, जान्छन् घुम्न ।”

२ दिन बिदा कायम भएपछि कार्यालय समय बढ्यो

सरकारले २ दिन बिदा दिने निर्णय गरेपछि कार्यालय समय भने बढेको छ । हाल कार्यालय समय बिहान १० देखि ५ बजेसम्म रहेकामा अब कार्यालय समय १ घण्टा बढ्ने भएको छ । अर्थात् बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय सरकारले गरेको छ । सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेसँगै कार्यालय समय भने बढेको हो ।  मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका सूचना

उपत्यकाका शिक्षण संस्था २ दिन बिदा

सरकारले बिमस्टेक सम्मेलनको अवसरमा उपत्यकाका शिक्षण संस्था २ दिन बिदा दिने भएको छ।