प्रकाशमानले मानेको खण्डमा संस्थापनइतरको साझा उम्मेदवार रामचन्द्र पौडेल

नेपाली कांग्रेसको संस्थापन इतरका केन्द्रीय सदस्यले सभापति पदमा रामचन्द्र पौडेललाई अगाडि सार्ने निर्णय गरेको छ । प्रकाशमान सिंहलाई समेत मनाएर साझा उम्मेदवार बनाउने सहमति बिहीवार बिहान भएको छ । प्रकाशमानले नछाडे शेखर कोइराला पनि सभापतिको उम्मेदवार हुनेछन् । अनुपम फूडल्यान्ड बत्तीसपुतलीमा बिहीवार बसेको संस्थापन इतरका केन्द्रीय सदस्यहरूको बैठकले पौडेललाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेका हुन् । प्रकाशमान सहमत भएमा सभापतिको दाबी गरिरहेका उनीसहित डा. शेखर कोइराला, शशांक कोइराला पदाधिकारीमा समेटिने छन् ।&nbs...

सम्बन्धित सामग्री

प्रकाशमान सहमत भए रामचन्द्र पौडेल सभापतिको उम्मेदवार

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहमा सभापतिको साझा उम्मेदवार छनोट सकसपूर्ण बनेको छ । नेताका अनुसार अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने छन्, नभए टिम फुट्नेछ । पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला । महामन्त्री […]

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयासमा पौडेल समूह

सभापतिका साझा उम्मेदवार सहमतिका साथ टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताले कसरत गरिरहेका छन् ।बत्तिस पुतलीस्थित अनुपम फुड्ल्याण्डमा बुधबार बसेको बैठकले सभापतिका लागि साझा उम्मेदवार बनाउने अन्तिम तयारी गरेको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापति, निवर्तमान सभापतिको संयुक्त बैठकले सभापतिका आकांक्षी चार नेतालाई सहमतिमा ल्याएर साझा उम्मेदवार बनाउन […]

पौडेल समूहको बैठक : साझा उम्मेदवार बनाउन दबाब

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहका नेताहरुले शीर्ष नेताहरुलाई साझा उम्मेदवार चयन गर्न दबाब दिएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार जिल्ला सभापति र पूर्व सभापतिहरुसँग छलफल गरेका थिए, जहाँ नेताहरुले साझा उम्मेदवार बनाउनुपर्ने बताएका हुन् । ‘सबैको राय साझा उम्मेदवार तय गरेर जानुपर्छ भन्ने छ’, केन्द्रीय सदस्य वद्री पाण्डेले भने […]

कांग्रेसको संस्थापन इतर समूह साझा उम्मेदवार तय गर्न छलफलमा

काठमाडौँ – नयाँ नेतृत्वका लागि दाबेदारी दिन आफ्नो पक्षका साझा उम्मेदवार तय गर्नका लागि नेपाली कांग्रेसको संस्थापन इतर नेता रामचन्द्र पौडेल पक्ष अहिले छलफलमा छ । गौशालाको अनुपम फुडल्याण्डमा पौडेल पक्षका नेताहरुबीच छलफल भइरहेको छ । साझा उम्मेदवार तय गर्नका लागि भइरहेको वार्तामा पौडेल पक्षका केन्द्रीय सदस्य, सांसद, जिल्ला सभापति तथा क्षेत्रीय सभापति सहभागी छन् […]

पौडेल पक्षले भोलिसम्ममा सभापतिको साझा उम्मेदवार तयार गर्ने

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले भोलि (बुधबार) साँझसम्म पार्टीको १४ औं महाधिवेशनका लागि साझा उम्मेदवार तय गर्ने निर्णय गरेको छ । मंगलबार चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको पौडेल पक्षका नेताहरुको बैठकले महाधिवेशनको नेतृत्वका लागि साझा उम्मेदवार भोलीसम्म तय गरी सार्वजनिक गर्ने निर्णय गरेको हो । महाधिवेशनबाट काँग्रेसलाई सफल बनाउने गरी नयाँ नेतृत्व चयन गर्नका लागि भोलीसाँझसम्म आफूहरु पक्षले सहमतिमै उम्मेदवार चयन गर्ने निर्णय गरेको वरिष्ठ नेता पौडेलले जानकारी

काँग्रेसका ४ नेताको बैठकले साझा उम्मेदवार तय गर्न सकेन

नेपाली काँग्रेसको संस्थापन इतर पक्षको बैठकमा साझा उम्मेदवार चयन गर्नेबारे छलफल भएपनि सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।  संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेपनि सहमति जुट्न नसकेको हो । रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमबार साँझ भएको छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति नभएको बताइएको छ । बैठकमा महामन्त्री समेत रहेका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल र...

देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य हुने नामहरु अगाडि सारेको बुझिएको छ । पौडेलले आन्तरिक बैठकमा यसपटक आफूलाई साझा उम्मेदवार मान्न आग्रह गरेका थिए । तर, कोइराला परिवारका डा. […]

महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा गर्दै कांग्रेसको संस्थापन इतर समूह

कांग्रेसको संस्थापन इतर समूहले साझा उम्मेदवार लिएर महाधिवेशनमा जाने घोषणाको तयारी गरेको छ । आज सानेपामा पत्रकार सम्मेलन गरेर महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार बनाउने घोषणा गर्न लागेको हो । संस्थापन पक्षसँग असहमत रहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अहिलेसम्म साझा उम्मेदवार तय गर्न भने सकेको छैन ।  ‘महाधिवेशनमा संस्थापन इतर समूहको साझा उम्मेदवार हुन्छ भन्ने घोषणा गर्न लागेको हौ । वडा अधिवेशन शुरू हुनु अगाडि यो जानकारी गराउन पनि आवश्यक हुन्छ । तर, अहिल्यै को उम्मेदवार हुने भन्ने टुंगो लागे...

महाधिवेशनमा पौडेल पक्षले सभापतिदेखि पदाधिकारीसम्म साझा उम्मेदवार खोज्ने

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पार्टी सभापतिदेखि पदाधिकारीसम्म साझा उम्मेदवार उठाउन प्रयास गर्ने भएको छ। मंगलबार वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा बसेका बैठकले यस्तो निर्णय गरेको हो।...