काठमाडौँ – सांसद पदमा पुनर्बहालीको माग राख्दै चारजना पूर्व माओवादी नेताहरुले दायर गरेको रिटको प्रारम्भिक सुनुवाइका लागि बिहीबार पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’ भएको छ। न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा पेशी तोकिए पनि कार्कीले ‘हेर्न नभ्याइने’ जनाउँदै सुनुवाइ नै सुरु नगरेका हुन्। सर्वोच्च स्रोतका अनुसार बिहीबार कार्कीले एउटा मात्रै निवेदनको सुनुवाइ गरेर बेलैमा इजलासबाट उठेका […]