पाकिस्तानी प्रधानमन्त्री र विज्ञबाटै भारतको प्रशंसा ! भारतप्रति किन 'शफ्ट' हुँदैछ पाकिस्तान ?

काठमाडौं । केही हप्ता अघि भारतले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को स्थायी सदस्य बन्ने प्रस्ताव गरेपछि भारत र पाकिस्तानका विदेशमन्त्रीहरूबीच झगडा परेको थियो । सुरक्षा परिषद्को स्थायी सदस्य बन्ने भारतको प्रस्तावलाई पाकिस्तानले रोक्यो । तर, केही दिन अघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले शान्तिको हात बढाउँदै प्रधानमन्त्री मोदीलाई ‘गम्भीर र इमान्दार’ वार्ताका लागि निम्तो दिएपछि अहिले यो चर्चाको विषय बनेको छ । संयुक्त अरब इमिरेट्स (युएई)को न्यूज च्यानल अल–अरेबियालाई दिएको अन्तरवार्तामा शरिफले भारतको नेतृत्व र प्रधानमन्त्री नरेन्द्र मोदीलाई वार्ताको टेबुलमा बसेर कश्मीर जस्ता ज्वलन्त समस्याको समाधान गर्न र गम्भीर र इमान्दार भएर कुराकानी गर्न भनेका थिए । सो कुराकानीमा शरीफले भारतसँग तीनवटा युद्ध लडेपछि पाकिस्तानले पाठ सिकेको पनि बताए ।  आफूहरु हामी शान्ति र प्रगतिमा बाँच्ने कि एक आपसमा लडाइँमा समय र स्रोत खेर फाल्ने भनेर पनि उनले प्रश्न गरेका थिए । पाकिस्तानले भारतसँग तीनवटा युद्ध लडेका अनि यसले  जनतामा कष्ट, गरिबी र बेरोजगारी मात्र ल्याएको पनि उनले बताए । ‘हामीले पाठ सिकेका छौं र अब हामी शान्तिमा बाँच्न चाहन्छौं’ उनले भनेका थिए । आफ्नो अन्तरवार्तामा पाकिस्तानका प्रधानमन्त्रीले भारत र पाकिस्तानलाई एक ठाउँमा ल्याउन युएईको नेतृत्वले पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने संकेत गरेका थिए ।  उनको यो सनसनीपूर्ण अभिव्यक्ति आगोझैं फैलियो । पाकिस्तानले केही घन्टामै यूटर्न लियो । शरीफको कार्यालयले जारी गरेको स्पष्टीकरणमा भारतले कश्मीरबाट धारा ३७० हटाएर पुराना प्रावधानहरू लागू गर्ने अनि आफ्नो गैरकानूनी निर्णर्य फिर्ता लिएपछि मात्र भारतसँग वार्ता हुने बतायो । पाकिस्तानले जहिले पनि भारतले आफ्नो नियन्त्रणमा रहेको कश्मीरमा २०१९ अगष्ट ५ मा उठाएको कदम फिर्ता लिएपछि मात्रै वार्ता गर्ने बताउँदै आएको छ । यो अन्तरवार्ता प्रसारण हुनेबित्तिकै पाकिस्तानमा हंगामा नै मच्चियो । राजनीतिक क्षतिलाई न्यूनीकरण गर्न पाकिस्तानको प्रधानमन्त्री कार्यालयले तुरुन्तै स्पष्टीकरण दियो । ट्विटमा  प्रधानमन्त्रीले लगातार भारत र पाकिस्तानले आफ्नो आपसी समस्या विशेष गरी कश्मीरलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने बताएको उल्लेख गर्यो । भारतले कश्मीर उपत्यकाको विशेष दर्जा पुर्नस्थापित गरेपछि मात्रै वार्ता हुने शरिफले बारम्बार भनेको पनि पीएमओले सो ट्विटमा भनेको थियो  वार्ताको प्रस्तावबाट किन पछि हट्यो पाकिस्तान ? पाकिस्तानका भारतीय मामिलाका विज्ञ डा. अरशद अलीले नेताहरूको पहल महत्वपूर्ण भए पनि सबै सरोकारवालाको समर्थन नमिलेसम्म यो पहल प्रभावकारी हुन नसक्ने बताएका छन् । अल अरेबियालाई दिएको अन्तरवार्तामा प्रधानमन्त्रीले भारतसँग वार्ताको प्रस्ताव राख्दा विदेश मन्त्रालयलाई विश्वासमा लिएको हो कि होइन थाहा छैन । तथ्य यही हो कि सन् २०१९ देखि भारतसँग वार्ताका सम्बन्धमा पाकिस्तानको आधिकारिक अडान एउटै छ त्यो हो जस्तो  सुकै वार्ताका लागि पनि भारतले कश्मीरमा मोदी सरकारले उठाएका कदम फिर्ता लिनै पर्छ ।  शरीफको यो भनाइ एक मैत्रीपूर्ण इशाराबाहेक अरू केही होइन भन्छन् अरशद । दुई देशबीच कुनै पनि किसिमको गम्भीर वार्ताका लागि साँच्चै सहमति भयो भने त्यसको तयारी पहिले तल्लो तहमा हुनुपर्छ । त्यसको रूपरेखा नेताहरुको बैठक अगाडि नै तय गर्नुपर्नेछ । यस विषयमा कुनै पनि देशले एकतर्फी निर्णय गर्न नसक्ने अरशदको भनाइ छ । वार्ताको प्रस्तावका लागि शरिफको अन्तरवार्ता उपयुक्त मञ्च र समय दुबै नभएको विश्लेषण पनि गरिएको छ । बढ्दो घरेलु आर्थिक चुनौती र राजनीतिक संकटबाट जनताको ध्यानाकर्षण गराउन शहबाज शरिफले यो चाल चलेको अनुमान पनि गरिएको छ । प्रस्ताव राम्रो अभिप्रायको सुनिएपनि वार्ताको प्रस्तावका लागि छनोट गरिएका शब्दहरूमा गम्भीरतापूर्वक विचार नगर्दा प्रधानमन्त्री कार्यालयले ट्वीट गर्दै स्पष्टीकरण दिनुपर्यो ।  आज भारत र पाकिस्तान दुबैले एकअर्काप्रति कडा अडान लिएका बेला यस्तो आधा पाकेको प्रस्तावले राम्रो नतिजा ल्याउन नसक्ने विश्लेषक घिना मेहर भन्छन् । डा. हसन अस्करी रिजवी पनि मेहरको कुरामा सहमत छन् । अहिले भारतले पाकिस्तानसँग कुनै फलदायी वार्तामा चासो नदेखाएको उनको भनाइ छ । यतिबेला भारत कट्टर राष्ट्रवादी राष्ट्रको नयाँ छवि बनाउन खोजिरहेको छ । राष्ट्रवाद बढ्दै गएको बेला सत्तारुढ दलले शत्रुको रूपमा प्रस्तुत गर्दै आएको देशसँग वार्ता गर्नु अलोकप्रिय कदम हुन सक्छ । यस्तो कुनै पनि कदम प्रधानमन्त्री मोदी र भाजपाका लागि राजनीतिक रूपमा हानिकारक हुन सक्ने विश्लेषण रिजवीको छ ।  पाकिस्तान तहरीक–ए–इन्साफका वरिष्ठ नेता र पूर्व केन्द्रीय मन्त्री शिरीन मजारीले आफ्नो ट्वीटमा प्रधानमन्त्री शहबाज शरीफमाथि कडा हमलै गरे । आफूले नबुझेको विषयमा शरिफले आफ्नो मुख बन्द राख्नुपर्छ नत्र यसले पाकिस्तानलाई मात्रै हानि र्पुयाउने मजारीले भनेका छन् । शरिफको सरकार निकै कमजोर छ । नियत राम्रै भएपनि सरकारको हैसियत भारतलाई राम्रो भनी भनी वार्तामा बोलाउने जस्तो गम्भीर प्रस्ताव गर्न सक्ने अवस्थामा नभएको रिजवीको भनाइ छ । आफूले अन्तरराष्ट्रिय स्तरमा त्यसरी बोल्दा त्यसको परिणाम गम्भीर हुन सक्ने ठानेर नेताले सावधानी र चतुराई पूर्वक काम गर्नु पर्ने पनि उनी बताउँछन् ।  अहिले सिंगै दक्षिण एशियाको हालत ठिक छैन । सबै देश आ–आफ्नो आर्थिक र राजनीतिक संकट सुल्झाउन लागिपरेका छन् । यस्तोमा भारत र पाकिस्तानबीचको सम्बन्धलाई सामान्य बनाउने दिशामा खासै सफलता मिल्ने छैन । एक अर्कासँगको सम्बन्धलाई पाकिस्तान र भारत दुबैले सत्तामा पुग्ने साधन बनाएका छन् । भारतीय प्रधानमन्त्री मोदीले पाकिस्तानप्रति कट्टर नीति अपनाएर धेरै चुनावी फाइदा लिएका छन् । उनी अर्को आम निर्वाचनको तयारीमा छन् । यस्तोमा चुनावमा आफूलाई फाइदा हुने नीति उनले किन र कसरी परिवर्तन् गर्लान् ?  शरिफले भारतसँग वार्ता प्रस्ताव गर्नु अघि विपक्षी दल, सुरक्षा संयन्त्र र संसदजस्ता देशका अन्य सरोकारवालाहरूलाई विश्वासमा लिएनन् । यो पनि पाकिस्तानको परम्परागत नीतिबाट यु–टर्न नै हो । भारत र पाकिस्तान दुवै आणविक शक्ति सम्पन्न देश हुन् । कश्मीरको पुलवामामा सुरक्षा बलमाथि भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानभित्र हवाई आक्रमण गरेपछि दुई देशबीचको सम्बन्ध निकै चिसिएको छ । मोदी सरकारले कश्मीरमा संविधानको धारा ३७०  लाई खारेज गरेपछि दुई देशबीच तनाव झनै बढेको हो । भारत र पाकिस्तानले स्वतन्त्रता र विभाजनपछि तीनवटा ठूला युद्ध लडेका छन् । यसबाहेक दुई देशबीच धेरै साना ठूला झडपहरू पनि भएका छन् । अन्तरवार्तामा शाहबाज शरीफले यी युद्धहरूतर्फ औंल्याउँदै आफ्नो देशले यसबाट पाठ सिकेको बताएका थिए ।  पाकिस्तानसँगको सम्बन्ध सुधार्ने मामिलामा भारतको रवैया निकै चिसो छ । यूएनको सुरक्षा परिषद्‍मा भारत र पाकिस्तानी विदेश मन्त्रीबीचको चर्काचर्कीपछि दुई देशको सम्बन्ध झनै चिसिएको छ । दुबै देशका विदेश मन्त्रीले एक अर्काको देशलाई तथानाम गाली गरेका थिए । पछिल्लो समय दक्षिण एशियाको कूटनीति कट्टर राष्ट्रवाद, र सस्तो लोकप्रियता आदिको शिकार भएको छ । यस्तोमा दुई देशबीच सम्बन्ध सुध्रने वा भारतले पाकिस्तानप्रति नम्र व्यवहार गर्छ भन्ने आशा गर्नु मुश्किल छ । एजेन्सीको सहयोगमा 

सम्बन्धित सामग्री

भारतीय प्रधानमन्त्री मोदीद्वारा नवनियुक्त पाकिस्तानी प्रधानमन्त्री सरिफलाई बधाई

काठमाडौं- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार पाकिस्तानी समकक्षी शहबाज सरिफलाई प्रधानमन्त्री पदमा फर्किएकामा बधाई दिएका छन् । आणविक सशस्त्र प्रतिद्वन्द्वीका नेताहरूबीच सद्भावनाको यो दुर्लभ अभिव्यक्ति हो । मतदानमा व्यापक धाँधली भएको दावीपछि सरिफले सोमबार औपचारिकरूपमा दोस्रो पटक प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए । पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) का सेना समर्थित ७२ वर्षीय सरिफले आफ्नो ऐतिहासिक […]

पाकिस्तानी प्रधानमन्त्री कक्कडको सन्देश : जस्तोसुकै सहयोग गर्न तयार छौं

१९ कात्तिक, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री अन्वर उल हक कक्कडले शुक्रबार राति गएको भूकम्पमा नेपालको साथमा रहेको बताएका छन् । पाकिस्तानी प्रधानमन्त्री कक्कडले भनेका छन्, ‘नेपालमा गएको भूकम्पमा परी अमूल्य जीवन र सम्पत्तिको क्षति भएकाहरूका लागि प्राथना गर्दछौँ । यस दुःखद घडीमा पाकिस्तान नेपालको साथमा छ र जस्तोसुकै सहयोग गर्न तयार छ ।’ यस्तै पाकिस्तानका विदेशमन्त्री […]

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्री शहबाजले दिए बधाई

पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले नेपालको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुनुभएकाेमा हार्दिक बधाई ज्ञापन गरेका छन्। पाकिस्तानी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डप्रति बधाई ज्ञापन गरेका हुन्। उनले ट्वीटरमा भनेका छन्, ‘क्षेत्रीय साझेदारका रूपमा पाकिस्तान र नेपालबीच सुमधुर सम्बन्ध रहेको छ। हाम्रो दुईपक्षीय सम्बन्ध तथा क्षेत्रीय सहयोगलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न प्रतीक्षा गरिरहेको […]

छिमेकीसँगको कूटनीतिमा पाकिस्तान हाम्रो प्राथमिकता : चीन

पेकिङ : चीनले पाकिस्तान आफ्नो ‘सबैभन्दा असल मित्र’ भएको बताउँदै छिमेकीसँगको कूटनीतिक सम्बन्धमा उसलाई प्राथमिकता दिने बताएको छ।शाहबाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नियुक्त भएलगत्तै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले बिहीबार यस्तो जानकारी दिएका हुन्।प्रवक्ता चाओले पत्रकार सम्मेलनमा भने, ‘हामी चिनियाँ प्रधानमन्त्री शाहबाजको सकारात्मक प्रतिक्रियाको सम्मान गर्छौं।’उनले भने‚ ‘चीन र पाकिस्तान महत्त्वपूर्ण रणनीतिक साझेदार र असल मित्र हुन्। हामी हाम्रा छि

पाकिस्तानी प्रधानमन्त्री इमरानको सरकार अल्पमतमा

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सरकार अल्पमतमा परेको छ । विपक्षी पार्टीहरुले संसदमा अविश्वास प्रस्ताव अघि बढाईरहेको बेला सत्ता साझेदार मुत्ताहिद क्वामी मुभमेन्ट विपक्षी मोर्चामा मिल्ने निर्णय गरेसँगै खानको सरकार अल्पमतमा परेको हो । पाकिस्तान पिपुल्स पार्टी नेतृत्वको विपक्षी मोर्चा र एमक्युएमबीच मंगलबार राति सहमति भएको हो । एमक्युएमसँगको सहमति लगत्तै पीपीपीका नेता विलावाल […]

पाकिस्तानी प्रधानमन्त्री इमरान र उनकी पत्नी बुशरामाथि ६ अर्ब घुस लिएको आरोप

एजेन्सी, १३ चैत्र । अविश्वासको प्रस्तावसँगै पाकिस्तानका प्रधानमन्त्री इमरान खान दिनप्रतिदिन समस्यामा फसेका छन् । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन)की उपाध्यक्ष मरियम नवाजले इमरान खान र उनकी श्रीमतीमाथि ठूलो आरोप लगाएकी छन् । शनिबार मरियम नवाजले इमरान खान र उनकी पत्नी बुशरा बीबीमाथि ६ अर्ब पाकिस्तानी रुपैयाँ घुस लिएको आरोप लगाएकी हुन् । यससँगै उनले यसलाई […]

पाकिस्तान पश्चिमा दबाबसामु झुक्दैन : प्रधानमन्त्री खान

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पुनः एकपटक विदेशी शक्ति विरुद्ध खनिएका छन् । रुसले युक्रेनमा गरेको आक्रमणको चौतर्फी विरोध भैरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो ।  ‘हामीले यो साढे ३ वर्षको अवधिमा पाकिस्तानको समृद्धिका लागि प्रयास गरेका छौ,’ खानले भने ।रुस विरुद्ध खनिएका अन्तर्राष्ट्रिय समूहको निन्दा गर्न किन पाकिस्तानले बेवास्ता गर्यो भन्ने जिज्ञासाकै बीच उनले उक्त प्रतिक्रिया दिएका हुन् । इयू लगायत जापान, स्वीटजरल्यान्ड, क्यानडा, यूके र अस्ट्रेलिया लगायतका झन्डै २ दर्जन

द्विपक्षीय सम्बन्ध प्रबर्धन गर्न पाकिस्तान तत्पर छ : पाकिस्तानी प्रधानमन्त्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान र नेपालबीचको सम्बन्धलाई अझ प्रवद्र्धन गर्न आफू तत्पर रहेको बताएका छन् । पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीसँग मङ्गलबार भएको भेटमा उनले पारस्परिक सम्बन्ध प्रवर्द्धनका निम्ति नेपालसँग सहकार्य गर्न आफू उत्सुक रहेको बताउनुभएको इस्लामावादस्थित नेपाली राजदूतावासले जनाएको छ । राजनीतिमा प्रवेश गर्नुअघि स्वतन्त्र नागरिकका रूपमा आफूले गरेको नेपाल भ्रमणको स्मरण गर्दै प्रधानमन्त्री खानले सांस्कृतिक एवं भौगोलिक विविधताका कारण पाकिस्तान र नेपालबीच

पाकिस्तानी प्रधानमन्त्री खानले दिए समकक्षी देउवालाई बधाई

काठमाडौँ – पाकिस्तानी प्रधानमन्त्री इमरा खानले समकक्षी शेरबहादुर देउवालाई बधाई दिएका छन्। आइतबार प्रतिनिधिसभाबाट विश्वासका मत पाएका देउवालाई खानले सोमबार ट्वीटमार्फत बधाइ ज्ञापन गरेका हुन्। खानले बधाईंसगै पाकिस्तान नेपालसँग मिलेर अघि बढ्न तयार रहेको प्रतिबद्धता जनाएका छन्। उनले भनेका छन्, ‘नेपालसँग अझ गहिरो सम्बन्ध राख्न चाहन्छौँ। र साझा सरोकारका विषयमा मिलेर अघि बढ्न तयार छौँ।’ […]

पाकिस्तान–अफगानिस्तान सम्बन्ध चिसिँदो

एजेन्सी। पाकिस्तान र अफगानिस्तानबीच पछिल्लो समय वाकयुद्ध चर्कंदै गएको छ। अफगानिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्ला मोहिबले पाकिस्तानलाई ‘वेश्यालय’को संज्ञा दिएपछि दुई देशबीच तनाव बढेको हो। विवाद बढ्दै जाँदा अफगानिस्तानका राष्ट्रपति असरफ गनी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच पूर्वनिर्धारित टेलिफोन वार्तासमेत रद्द गरिएको छ। हालै राष्ट्रपति गनीले तालिबानलाई पाकिस्तानले संरक्षण दिँदै आएको आरोप लगाएका थिए।