पेश्की रकमबारे प्रतिक्रिया लिन खोज्दा रौतहटका एक कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्य कार्यालय गौरका कोल्ड निरीक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका हुन् ।स्वास्थ्य कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फर्छयौट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा सोमबार साँझ आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार झाले बताए ।तत्कालीन स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोम