काठमाडौं : सर्वोच्च अदालतको परमादेशमार्फत् बनेको शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएको आज एक वर्ष पुगेको छ। देउवा सरकार गत २०७८ साल २९ असारमा गठन भएको थियो। सुरुमा चारमन्त्रीसहित सपथ लिएको देउवा नेतृत्वको सरकारले जनप्रियभन्दा पनि अप्रिय काम धेरै गरेको छ। सरकारका अधिकांश मन्त्री नाम बदनाम भएका छन्।८८ दिनमा मन्त्रिपरिषदलाई पूर्णता दिएका प्रधानमन्त्री देउवाले त्यसपछि मन्त्रि फेरेको फेर्यै छन्। असारमा मात्रै उनले दुई पटक मन्त्रिपरिषद हेरफेर गरेका छन्। गठबन्धन