पुरुष भलिबलमा आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

३ कात्तिक, पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष भलिबलमा एपीएफले स्वर्ण पदक जितेको छ । पोखरा रंगशाला भलिबल कोर्टमा बिहीबार विभागीय टिमबीच भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा हराएर एपीएफले स्वर्ण जितेको हो । तीनै सेटमा कडा प्रतिस्पर्धा भए पनि आर्मीले एक सेट पनि जित्न सकेन । एपीएफले २५-२१, २७-२५ र २६-२४ ले […]

सम्बन्धित सामग्री

आर्मीलाई सडनडेथमा पराजित गर्दै एपीएफले जित्यो फुटबलमा स्वर्ण

विभागीय टिम एपीएफ क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । पोखरा रंगशालामा बिहीबार साँझ भएको फाइनलमा एपीएफले आर्मीलाई सडनडेथमा ६–५ ले हराउँदै स्वर्ण जितेको हो ।

पुरुष भलिबलमा बलियो आर्मीलाई हराउँदै एपीएफले जित्यो स्वर्ण

पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा विहीबार भएको खेलमा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवलाई सोझो सेटमा हराउँदै एपीएफले स्वर्ण पदक जितेको हो।...

नवौँ राष्ट्रिय खेलकुदः पुरुष भलिबलमा आर्मीलाई हराउँदै एपीएफले स्वर्ण जित्यो

विभागीय टिम एपीएफ क्लबले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष भलिबलमा स्वर्ण पदक जितेको छ ।

पुरुष फुटबलमा गण्डकीलाई कास्य

गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलको कास्य पदक जितेको छ । बुधबार भएको खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकीले कास्य जित्यो । पोखरा रंगशालामा गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गोल गरे । पुरुष फुटबलको स्वर्ण पदकका लागि एपीएफ क्लब र आर्मी भिड्ने छन् ।एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराउँदै फाइनलमा पुगेको थियो । त्यस्तै आर्मीले गण्डकीलाई हराउँदै फाइनल पुगेको थियो ।

टोकियो ओलम्पिकः फ्रान्सलाई भलिबलमा ऐतिहासिक स्वर्ण

एजेन्सी। फ्रान्सले ओलम्पिकको भलिबलमा पहिलो पदक जित्नेक्रममा रूसलाई ३–२ को सेटमा हराउँदै स्वर्ण पदक जितेको छ। फ्रान्सले यसअघि भलिबलमा चार क्वार्टरफाइनलसम्मको यात्रा तय गरेको थियो। फ्रान्सले रूसलाई २५–२३, २५–१७, २१–२५, २१–२५, १५–१२ ले हराएको हो। पुरुष भलिबलमा अर्जेन्टिनाले ब्राजिललाई ३–२ कै सेटमा हराउँदै काश्य पदक जित्यो।

टोकियो ओलम्पिकः ब्राजिलले जित्यो फुटबलको स्वर्ण

एजेन्सी। माल्कोमले १०८औं मिनेटमा गरेको निर्णायक गोलमा ब्राजिलले आज स्पेनलाई २–१ ले हराउँदै ओलम्पिक पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ। निर्धारित ९० मिनेटको समय १–१ को बराबरीमा सकिएको थियो। ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा म्याथ्युज कुन्हाको गोलबाट अग्रता लियो। ६१औं मिनेटमा स्पेनका मिकेल ओयार्जाबलले बराबरी गोल फर्काएका थिए। ब्राजिलले रियो ओलम्पिकमा पनि स्वर्ण पदक जितेको थियो।

टोकियो ओलम्पिकः बास्केटबलमा अमेरिकाले लगातार चौथो पटक जित्यो स्वर्ण

एजेन्सी। अमेरिकाले आज फ्रान्सलाई ८७–८२ को स्कोरमा हराउँदै पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको छ। अमेरिकाले पुरुष बास्केटबलमा स्वर्ण पदक जितेको यो लगातार चौथो पटक हो। अमेरिकाका केभिन डुरान्टले सबभन्दा धेरै ३९ अंक जोडे। ओलम्पिकमा तीन स्वर्ण पदक जितेका डुरान्टले २०१२ र २०१६ को फाइनलमा समान ३० अंक जोडेका थिए। १९४८ र २००० मा पनि फ्रान्सले रजत पदक जितेको थियो।

टोकियो ओलम्पिकः आयोजक जापानलाई हराउँदै मेक्सिकोले जित्यो कास्य

एजेन्सी। मेक्सिकोले आयोजक जापानलाई ३–१ ले हराउँदै पुरुष फुटबलको कास्य पदक जितेको छ। मेक्सिकोको जितमा फ्रान्सिस्को कोर्डोभा, जोन भाजक्वेज र इर्नोस्टो भेगाले गोल गरे। जापानको लागि सान्त्वना गोल काउरु मिटोमाले गोल गरे। पुरुष फुटबलको स्वर्ण पदकका लागि साविक विजेता ब्राजिल र स्पेनले शनिबार प्रतिस्पर्धा गर्दै छन्।

टोकियो ओलम्पिकः हक्कीमा बेल्जियमले जित्यो स्वर्ण

एजेन्सी। बेल्जियमले अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा ३–२ ले हराउँदै पुरुष हक्कीमा स्वर्ण पदक जितेको छ। निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि खेल सुट आउटमा गएको हो। बेल्जियमले २०१६ को रियो ओलम्पिकमा रजत पदक जितेको थियो। पुरुष हक्कीमा भारतले कास्य पदक जित्यो। १९८० मा स्वर्ण पदक जितेको भारतले जर्मनीलाई ५–४ ले हराएको हो।

टोकियो ओलम्पिकः टेबल टेनिसको महिला टिममा चीनलाई लगातार चौथो पटक स्वर्ण

एजेन्सी। चीनको महिला टिमले ओलम्पिकको टेबल टेनिसमा आफ्नो दबदबालाई निरन्तरता दिएको छ। चीनले महिला टिम स्पर्धामा आयोजक जापानलाई ३–० ले हराएको हो। चीनले महिला टिम स्पर्धामा २००८ को बेइजिङ ओलम्पिकदेखि लगातार स्वर्ण पदक जित्दै आएको छ। हङकङले जर्मनीलाई ३–१ ले हराउँदै कास्य पदक जित्यो। चीनले महिला र पुरुष एकलमा पनि स्वर्ण पदक जितेको थियो।