पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ नमूना परीक्षणमध्ये ३३१८ पीसीआर र १५८६ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ७०३ छ ।
मन्त्रालयका अनुसार थप ५९२४ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ ।
हाल मुलुकभर ८७ हजार ३२९ सक्रिय संक्रमित छन् ।