कोरोनाका कारण यी सेलिब्रेटीको रोकियो विवाह

मुम्बई । वर्ष २०२० मा कोरोना कहरका कारण कयौं सेलिब्रेटीको विवाह रोकिएको थियो । त्यो समय उनीहरुले सोचेका थिए, २०२१ मा विवाह भैहाल्छ । २०२१ मा पनि कोरोनाको दोस्रो लहर आयो । सोही कारण पनि सेलिब्रेटीको फेरि विवाह रोकियो । कोरोनाका कारण विवाह रोकिएका सेलिब्रेटी जसको चर्चा अहिले गर्न खोजिएको छ ।रणवीर र आलिया २०२१ को सुरुवातमा रणवीर र आलियाको विवाह हुने खबर फैलिएको थियो । दुबै परिवार एकसाथ छुट्टी मनाउन रणथम्भौर पुगेका थिए । त्यो समय उनीहरु बिवाहका लागि त्यहाँ पुगेको हल्ला समेत चलेको थियो । २०२१ मा

सम्बन्धित सामग्री

कोरोनाका कारण रोकियो इजरायल जाने श्रमिकको उडान

काठमाडौं :  कोरोना भाइरस कारण इजरायल जाने श्रमिकको उडान एक साता रोकिएको छ। नेपालबाट इजरायल पुगेका र जाने तयारीमा रहेका श्रमिकमा कोरोना संक्रमण भएपछि उडान एक साता स्थगन गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।आइतवार हुने उडान रोकिएको  विभागले जनाएको छ। इजरायल जान तयार भएका र इजरायल पुगेका श्रमिकमा संक्रमण देखिएका कारण अर्को उडान एक साता पछि सारिएको इजरायल शाखा प्रमुख डम्बर सुनुवारले बताए। हाल पोजेटिभ रिपोर्ट आएर आइसोलेसनमा बसेका श्रमिकले घर पायक पर्ने स्वास्थ्य संस्थामा पिसिआर परीक्

रोकियो 'म यस्तो गीत गाउँछु २' को प्रदर्शन

काठमाडौंः नेपाली फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रदर्शन स्थगित गरिएको छ।माघ १९ देखि प्रदर्शनमा आउने भनिएको फिल्मको प्रदर्शन कोरोनाका कारण स्थगित गरिएको हो।यसअघि २०७६ फागुन ३० देखि प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाकै कारण रोकिएको थियो।त्यसपछि आगामी माघ १९ देखि फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष रहेको थियो। कोरोनाको ओमिक्रोन भेरिएन्ट तीव्र गतिमा फैलन थालेपछि यतिवेला नेपालका फिल्म हल बन्द छन्।यस्तो अवस्थामा फिल्मका निर्देशक तथा निर्माता सुदर्शन थापाले फिल्म प्रदर्शन

तीन दिनमै रोकियो 'चपली हाइट ३' : निर्माता भन्छन्- स्थगित भएको हो, सकिएको होइन

काठमाडौं : वि.सं. २०७६ चैत २८ गते प्रदर्शन तय भएको फिल्म कोरोनाका कारण रोकियो।त्यसपछि २०७८ पुस २ लाई फिल्मको अर्को प्रदर्शन मिति तोकियो जतिवेलासम्म जनजीवन धेरै हदसम्म सामान्य भइसकेको थियो, हलमा लागेका केही विदेशी फिल्मले राम्रो प्रदर्शन पनि गरिरहेका थिए। तर सोही मितिमा दुई वटा बहुप्रतीक्षित विदेशी फिल्म 'स्पाइडर म्यानः नो वे होम' र 'पुष्पाः द राइज' पनि प्रदर्शनमा आउने भएपछि निर्मातालाई त्यो मितिमा फिल्म प्रदर्शनका लागि सुरक्षित लागेन।फेरि फिल्मलाई दुई साता पछि सार्

कोराना संक्रमण बढ्न थालेपछि जनमोर्चाको प्रदेश सम्मेलन रोकियो

काठमाडौँ– राष्ट्रिय जनमोर्चाले १५-१६ माघका लागि तय गरेको प्रदेश सम्मेलन स्थगित गरेको छ । कोरोनाका कारण देखाउँदै यसअघि तय गरिएको प्रदेश सम्मेलनको मिति फेरबदल गर्दै नयाँ मिति तोकिएको छ । ‘कोरोना महामारी बढेपछि १५-१६ माघमा सात वटै प्रदेशमा हुने भनिएको सम्मेलन रोक्न बाध्य भएका छौं,’ अध्यक्ष चित्रबहादुर केसीले भने, ‘अब त्यो फेरबदल गरेर ६ र […]

कोरोनाका कारण पुनः धकेलिए राष्ट्रिय गौरवका खानेपानी आयोजना

वैशाख २६, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी–पूर्वी भेगअन्तर्गत तेमाल क्षेत्रका बासिन्दामा खानेपानीबाट सुखका दिन आउन अब एक महीना मात्रै बाँकी थियो । वर्षौंदेखि खानेपानीका लागि रातदिन समस्या झैल्दै आएका तेमाल गाउँपालिका र छिमेकी दुई स्थानीय तहका बासिन्दाले सम्भवतः आगामी असारभित्रै घरघरमै खानेपानी पाउँदै थिए ।  कोरोना संक्रमणको उच्च जोखिमका कारण अब असारमै खानेपानी पाउने सम्भावना हाललाई टरेको छ । तामाङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा पाँच वर्षअघि तेमालमा सुनकोशी नदीबाट पानी लिफ्टिङ गरी खानोपानी उपलब्ध गराइने भएपछि विस्थापनबाट जोगिएका स्थानीय बासिन्दा यतिबेला औधी खुशी पनि देखिएका थिए । सुनकोशीको पानीले ५५ हजारको जिन्दगानी जोगाउँदै थियो ।  ‘आउँदो असारसम्ममा खानेपानी आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य लिएका थियौँ, कोरोनाका कारण काम रोकिएको छ, यो आयोजना सम्पन्न गर्न पाए तेमालको एउटा ठूलो सपना साकार हुने थियो’, तेमाल बृहत् सुक्खा क्षेत्र खानेपानी तथा सरसफाइ आयोजना उपभोक्ता समिति अध्यक्ष सङ्ग्रामजित लामाले भने । उनका अनुसार गत मंसिरमा सम्पन्न गर्नुपर्ने आयोजनाको काम अघिल्लो वर्षको कोरोना संक्रमणले र अहिले पनि कोरोनाकै कारण पुनः धकेलिएको हो ।  विसं २०७२ असारमा सम्झौता भएको आयोजनाको काम गत मंसिरमा सक्ने लक्ष्य राखिएको थियो । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करीब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन गरिएको हो । भूकम्पलगत्तै भएका खानेपानीका मूल सुक्दै गएपछि तेमालका केही बासिन्दा विस्थापित हुने तर्खरमा थिए, तर बृहत् खानेपानी आयोजनाले रोकेको बताइन्छ ।  नेपाल सरकार, खानेपानी विभागमार्फत रू. एक अर्ब २७ करोड, गाउँपालिकाको एक र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा करीब ९५ प्रतिशत काम सकिएको समितिका अध्यक्ष लामाले जानकारी दिए । उनका अनुसार सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइनेछ । हाल आयोजनाको करीब ९८ प्रतिशत भौतिक निर्माणको काम सकिएको जानकारी दिइएको छ ।  अर्को गौरवको आयोजना पाँचखाल नगर शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम धकेलिने भएको छ । अघिल्लो वर्ष नै कोरोना संक्रमणको उच्च जोखिमका कारण सम्झौतापछि केही समय धकेलिएको आयोजनाको कामलाई अहिले पनि प्रभाव पार्ने देखिएको आयोजना उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए । ‘सामग्री ढुवानीमा निकै समस्या परेको छ, अन्य निर्माणको काम हाललाई नरोकिए पनि अब कामले निरन्तरता पाउनेमा चिन्ता छ’, उनले भने ।  पाँचखाल नगरपालिकाका १० वडाका ७ हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ हाल आयोजना कार्यान्वयनको चरणमा रहेको थियो । परियोजनाको २०७६ भदौ १२ खानेपानी आयोजनाअन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो ।  उक्त खानेपानी आयोजना रू. दुई अर्ब २१ करोडको लागतमा अढाई वर्षमा निर्माण सम्पन्न गरिने लक्ष्य लिइए पनि निर्माण कम्पनीले रू. एक अर्ब ३४ करोड ६६ लाखमा सक्नेछ । आयोजना सम्झौताको सर्तअनुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् रू. ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् ।  मण्डनदेउपुर नगरपालिकामा हालै मात्र रू. एक अर्बको सुक्खा क्षेत्र बृहत् खानेपानी आयोजना स्वीकृत भएको छ । नगरका १२ वडामध्ये खानेपानीको समस्या झेलिरहेका नौ वडाका लागि आयोजना सञ्चालन गर्न लागिएको हो । कोरोनाका कारण प्रशासनिक काम भइरहे पनि हाललाई रोकिएको जानकारी दिइएको छ ।  टेन्डर आह्वानलगायत प्रशासनिक काम भइरहँदा कोरोनाले हाललाई रोकियो’, उपभोक्ता समितिका अध्यक्ष रामबहादुर लामाले भने । उनका अनुसार खानेपानी आयोजनाका लागि नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रू. ९६ करोड, स्थानीय उपभोक्ताबाट संकलित तथा नगरको लगानीसहित रू. एक अर्बको आयोजना स्वीकृत गरिएको हो ।  आयोजनाका लागि स्थानीयवासीसँग उपभोक्ता समितिले प्रतिउपभोक्ता रू. एक हजार व्यहोर्नुपर्ने नीति बनाएको छ । खानेपानी आयोजनाबाट नौ वडाका पाँच हजार ५०५ परिवार लाभान्वित हुनेछन् ।  गत चैतदेखि परीक्षणको काम थालेका तीन नगरपालिका धुलिखेल, बनेपा र पनौती समेटिएको काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको थप काम पनि हाललाई रोकिएको छ । रासस

कोरोनाका कारण प्रदर्शन रोकियो, छायांकन धमाधम

नेपाल सरकारले कोरोनाको दोश्रो लहरका कारण चलचित्र भवनहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरिसकेको छ । कोरोनाका कारण चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेको एक बर्ष बढी भैसकेको छ । चलचित्रको प्रदर्शन अस्तव्यस्त बनेपनि छायांकन भने प्रभावित बनेको छैन । केही नेपाली चलचित्रको छायांकन सुरु हुनु यसको उदाहरण हो । कोरोनाको पहिलो लहरका कारण रोकिएको चलचित्र ‘बाबरी’को […]

गेटाफेसँग रोकियो रियल

स्पेनिस लालिगाको उपाधि होडमा रहेको रियल म्याड्रिड गेटाफेसँग बराबरीमै रोकिएको छ । आइतबार राति गेटाफेको कोलिसियम अल्फेन्सो पेरेज रंगशालामा दुुई टोलीले गोलरहित बराबरी खेलेका हुन् । चोट र कोरोनाका कारण थुप्रै प्रमुख खलाडी बिना रियल मैदानमा उत्रेको थियो । करिम बेन्जामा र  टोनी क्रुसलाई भने आइतबारको खेलमा प्रशिक्षक जिनेदिन जिदानले आराम दिएका थिए ।खेलमा रियलका गोलकिपर थियाबट कोर्टवाले थुप्रै बचाऊ गर्दै रियललाई हारबाट जोगाएका थिए । रियलका लागि भिनियस जुनियरको प्रयास गोलमा परिणत हुन सकेन ।बराबरीपछि

वर्षाले छोडेपछि ‘सुदूर’का लागि गरिमालाई अफर

रमेश बुढाथोकीको निर्देशनमा बन्ने फिल्म ‘सुदुर’को लागि अभिनेत्री वर्षा सिवाकोटी पक्का भएकी थिइन् । तर, कोरोनाका कारण फिल्मको छायांकन रोकियो

फुटबलको कोरोना वर्ष : खेल थोरै, महत्वकांक्षा धेरै

कोरोना महामारी नफैलिँदासम्म नेपालले विश्वकप छनोट खेल्ने तयारीमा रहेकाले फुटबलको माहोल बन्दै थियो। सागको उपलब्धिले हौसिएको नेपाली फुटबलमा सिनियर टोलीले पनि लामो समयपछि घरेलु मैदानमा खेल्न पाउँदै गर्दा उत्साहित थियो। तर कोरोनाका कारण महामारी फैलिदियो। शहीद स्मारक बी डिभिजन लिग त आधामै रोकियो। र, अन्य मुख्य प्रतियोगिताहरु पनि सँगसँगै प्रभावित…