डोटी - डोटीको सिलगढीमा द्वन्द्वपीडितका कथामा आधारित फोटो प्रदर्शनी कार्यक्रम आयोजना गरिएको छ ।
शैलेश्वरी मन्दिर प्राङ्गणमा अपाङ्गता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालको आयोजनामा फोटो प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो । फोटो प्रदर्शनीमा युद्धका जीवित स्मृतिहरू लेखिएका १४ जनाका कथाहरु रहेकाे आयोजकले जनाएको छ।
विगतका समयमा भएका घटनाहरुबाट पाठ सिकेर आउँदाे दिनमा त्यस्ता घटना दोहोरिन नदिन तथा दश वर्षे द्वन्द्वका बेला भएका घटना र द्वन्द्वको असर के थियो भन्ने कुरा नयाँ पुस्तालाई जानकारी दिनु फोटो प्रदर्श...