आफूसँग चुनाव लड्न चुनौती दिँदै बादललाई सुदनको जवाफ- फिस्टो मार्न गुलेली नै काफी

काठमाडौं । नेकपा माओवादी केन्द्रका युवा नेता एवं सांसद सुदन किरातीले रामबहादुर थापा ‘बादल’ सँग निर्वाचन लड्न आफू काफी भएको दावी गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलले चितवनमा प्रचण्डसँग चुनाव लड्न तयार भएको बताएपछि त्यसको जवाफमा प्रतिक्रिया दिएका छन् । बादलको भनाइप्रति टिप्पणी गर्दै किरातीले सामाजिक सञ्जालमा लेखेका […]

सम्बन्धित सामग्री

आउनोस् युद्ध गरौं

बजार ठण्डा छ, अर्थात् मन्दी छ । तर सदन र दल दलका बीच गर्मी बढ्दो छ । यो उखुम गर्मीमा नेताहरू जनतालाई के के हो के के दिन लडिरहन्छौं भन्दै भाषण ठोकिरहेका छन् । त्यसो त सरकार पनि जनताका सुविधाका लागि लड्या लड्यै छ । सरकारको नेतृत्वमा नै अहिले लडाकु दस्ताका नाइके छन् । तिनले लड्नलाई कहिले सुरुङ खने, कत्ति मुठी उचाले, कति धनुष्टंकार जोडे तिनको हिसाबकिताब गर्न थाल्यो भने त अर्को महाभारतै तयार होला । विगतका सरकारहरू देश र जनताका लागि खुब लाग्या थिए, अहिले पनि लागेको लाग्यै छन् । पहिले कहिले कृषि क्रान्ति गरे, कहिले शिक्षामा क्रान्ति भने । कहिले जनयुद्ध गरे त अहिले धनयुद्ध गरिरहेका छन् । तर युद्ध चैं गरिनै रहेका छन् । दश कोणमा फर्किएका दलहरूलाई एक ठाउँमा मिलाएर जनतालाई सेवासुविधा दिने भनेर लड्ने काम कम्ता भारी छ ? तर पनि लड्ने र लडाउने क्रम त जारी नै छ । तर राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु हँुदैन भन्थे । त्यो भनेको त स्थायी सिद्धान्त, अडान र गन्तव्य हुँदैन भनेको पो रहेछ । किनकि यहाँ सबैलाई आफै बन्ने हतारो छ, देश त केवल बहाना रहेछ । यो लड्ने लडाउने खेलमा नेताजीहरू नयाँ नयाँ तरीकाहरू लेराइरहन्छन् । कोही ओछ्यानमा लड्छन् त कोही हिलोमा । कहिले पाँचतारे होटलमा लड्छन् त कहिले संसद्मा मारमुंग्री गर्छन् । कोही आफू लड्छन् त कोही अर्कालाई लडाउँछन् । लड्न भिड्न नसकेपछि अनि चिच्याउँछन् समानता, स्वतन्त्रता, अधिकार ... ।  त्यसो त यो लड्ने र लडाउने कर्म केवल हाम्रो पालामा वा अहिलेका सरकारहरूले मात्र गरेका होइनन् है ! विगतका सरकारहरू पनि जनतालाई सजिलै मार्ने प्रबन्धमा चुकेका थिएनन् । हाम्रोमा मात्र होइन, विश्वमा पनि चाहे अहिले चलिरहेका रुस–युक्रेन युद्ध होस् वा चीन–अमेरिकाबीचको शीतयुद्ध सबै सबै सरकारहरू आआफ्ना जनताका हितका खातिर लडिरहेका छन् । अझ सबै देश शान्तिका लागि लडिरहेका छन् । शान्तिका लागि बम पड्काइरहेका छन् । हिटलरको मगज सट्केको कुरा होस् कि हिरोशिमा, नागासाकीमा बम पड्केको कुरा, सबै शान्तिकै लागि रे ।  मानव सभ्यताको कुरा गर्ने हो भने झन्डै ५०० भन्दा बढी युद्धहरूले भरिएका छन् । बेलायत र फ्रान्सले एउटै युद्ध सय वर्षसम्म लडे । हामी पनि के कम ? त्यसैले लड्ने र लडाउने मेलो चलेको छ । यी सबै युद्धहरूका आआफ्ना कथा छन् । आआफ्ना व्यथा छन् । टोल, छरछिमेकदेखि अन्तरिक्षसम्म, ब्रान्डदेखि ब्रह्माण्डसम्म आआफ्नै ढंगका युद्ध जारी छन् । श्रीमतीजी श्रीमान्ज्यूमाथि भारी छिन् । सासू बुहारीसँग र बुहारी सासूसँग लडाइँ गरिरहकै छन् । जे गर, जसो गर, यसो गर, उसो गर तर झगडा चैं तगडा गर । किनकि लड्ने र लडाउने अथवा युद्ध गर्ने त हाम्रो रगतमै छ । त्यसैले सबैले आआफ्नो काम गर्नैपर्छ । एकअर्कोसँग युद्ध गर्नका लागि चनाको रूखमा पनि चढ्नैपर्छ, रछ्यानमा पनि सड्नैपर्छ । लड्नु हाम्रो सभ्यता र संस्कृति हो । लडेगा त बढेगा भनाइ नै छ । त्यै भएर त विश्व–ब्रह्माण्डमा मनुष्यजातिलाई सबैभन्दा बुद्धिमान् भनिएको । सरकारी अस्पतालमा सरकार आफ्नै ढंगले सित्तैमा मार्छ भने निजी अस्पतालहरूमा चैं साहुजीहरू आफ्नै नियम अनुसार मोटो रकम लिएपछि मात्र मार्छन् । खेतदेखि खलियानसम्म, सडकदेखि संसद्सम्म प्रत्येक ठाउँमा मर्ने र मार्ने राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता सुचारु छ । मर्नु त छँदै छ, आज नभए भोलि । विश्वमा यो समय मानिसको सम्पूर्ण बुद्धि र विवेक चैं एकअर्कोलाई मर्न र मार्नमै त टिकिरहेको छ । मर्नु र मार्नु पनि खुद्रा र होलसेलमा हुन्छ । चीन–अमेरिका, एमसीसी–बीआरआई, युक्रेन–रुस, नाटो–यूएनओ, भारत–पाकिस्तान सबैका आआफ्ना लडाइँ जारी छन् । प्रत्येकका दिमागमा लडाइँका नयाँ नयाँ जुक्ति फुरिरहेका छन् । कसले कसलाई कति छिटो मार्न सक्छ भनेर होला हतियारका यति धेरै भण्डारण गरिएका छन् । आधा विश्व हतियार बनाउनमा व्यस्त छ, आधा ती हतियार ठेगान लगाउनमा । प्रत्येकजसो देश आफ्नो राष्ट्रिय आयको सबैभन्दा ठूलो हिस्सा हतियार किन्नमै लगाइरहेका छन् । जनतालाई रोटी दिन नसक्ने सरकार गोलीमा पैसा बगाइरहेछ । सच्चा मानवताका लागि यति धेरै डलर खर्च भइरहेको छ भने मर्ने त पक्का छँदैछ । तर यो भीषण युद्धमा मर्ने मार्ने यो खेलमा प्रत्येक सरकार तपाईंको साथमा छ है ! त्यसैले एकअर्कोबीच झगडा गर्नु पुण्य कर्म भएको छ । असली धर्म भएको छ । भलै मर्ने मार्ने सुविधा फरक फरक सरकारहरूले फरक फरक ढंगले दिँदै आएका छन् । कुनै सरकारले खेतबारीमा सीधै कीटनाशक औषधि हाल्न लगाएर सोझै भोजनमै विष मिसाउने काम गरिरहेका छन् । कुनै सरकारले छिमेकबाट ट्रकका ट्रक विषादी भरिपूर्ण तरकारी र खाद्यान्न जनताका भान्छा भान्छामा पुर्‍याउने काम गरिरहेको छ । कुनै सरकार केमिकलहरू मिसिएका प्याकेट फुड वा डिब्बाबन्द खानेकुरा जनतालाई खाने वातावरण बनाएर धमाधम परमधाम पुर्‍याइरहेकै छन् । जनता पनि सरकारको यो उपहारलाई खुशी–खुशी नै ग्रहण गरिरहेका छन् । कुनै सरकार कमसल मदिरा र निम्नकोटीको औषधिको पूर्ण रूपमा वितरण व्यवस्था मिलाउन कटिबद्ध छ, ता कि मर्ने कार्यक्रम जारी रहोस् । कुनै सरकार त यस्ता यस्ता अस्पतालहरूलाई खोल्ने अनुमतिपत्र बाँड्दै हिँडिरहेको छ, जसमा केवल भर्ना मात्र भए पुग्छ । भर्ना भएको केही दिन वा हप्ता पुगेपछि बिरामी लाशमा परिवर्तित हुने प्रक्रिया शुरू हुन्छ । सरकारी अस्पतालमा सरकार आफ्नै ढंगले सित्तैमा मार्छ भने निजी अस्पतालहरूमा चैं साहुजीहरू आफ्नै नियम अनुसार मोटो रकम लिएपछि मात्र मार्छन् । खेतदेखि खलियानसम्म, सडकदेखि संसद्सम्म प्रत्येक ठाउँमा मर्ने र मार्ने राष्ट्रिय र अन्तरराष्ट्रिय प्रतियोगिता सुचारु छ । यो नै मानवको सभ्यता हो ।  एकबारको जुनीमा किन कायर बन्नु हुन्छ ? बरु आउनुस्, लडौं लडाऔं । जहाँ जसलाई जतिबेला सकिन्छ पछारौं । युद्ध छेडौं, घरघरमा बम, बारुद र बन्दुक फहराऔं । मानिस मानिसबीच, दल दलबीच, सरकार र जनताबीच एकअर्कोप्रति क्षेप्यास्त्र प्रहार गरौं । लडाइँ, झगडा, बम र गोली । अब प्रेमको बोली होइन, गालीको गोली निकालौं अनि नम्रतालाई नालीमा फालौं ⁄ शान्तिका लागि, समृद्धिका लागि आउनोस् एकअर्काविरुद्ध युद्ध गरौं, यदुवंशी बनौं । मानवका हितका खातिर आउनोस् सबै मिलेर मानवताको अन्तिम संस्कार गर्न संकल्प गरौं । निभ्नै सक्दैन युद्धको आगो यो मेरो दाबा हो । यो आफै लागेको नभै लगाइएको ज्यादा हो ।।

उत्तर कोरियामा कोरोना महामारीसँग लड्न चिया र नुनपानी

उत्तर कोरियामा मानिसहरूले कोभिड-१९ विरुद्ध खोप लगाएका छैनन्। कोरोनाभाइरस महामारी अहिले व्यापक रूपमा फैलिएपछि उत्तर कोरिया त्यससँग सङ्घर्ष गरिरहेको छ। अरू देशसँग अलग्गिएको उक्त देशमा प्रभावकारी एन्टीभाइरल औषधि पनि उपलब्ध छैन।सन् २०२० को आरम्भतिर उक्त देशले कोभिडबाट जोगिने उद्देश्यले आफ्ना सबै सीमानाका पूरै बन्द गरेको थियो।प्योङ्याङका शासकहरूले अहिलेसम्म बाह्य औषधीय सहयोग अस्वीकार गर्दै आएको छ।अनि सरकारी सञ्चारमाध्यमहरूले कोभिडलाई केवल 'ज्वरो' को सङ्ज्ञा दिँदै उक्त रोगका लागि निम्ति परम्परागत उपचारविधिहरू सिफारिस गरिरहेका छन्।चिया र काँढासत्ताधारी दलको पत्रिका रोदोङ सिम्नुनले गम्भीर बिरामी नभएका मानिसलाई अदुवा वा हनीसकल (एक प्रकारको जडीबुटी) को चिया अनि विलो नामक वनस्पतिको पातबाट निकालिएको रसजस्ता परम्परागत औषधि खान सुझाव दिएको छ।चिया र काँढाजस्ता तातो पेय पदार्थले घाँटी दुखेको वा खोकीजस्ता कोभिडका केही लक्षणहरूबाट राहत दिन सक्छन्। अनि बिरामीहरूको शरीरबाट खेर गइरहेको पानीको मात्रा परिपूर्ति गर्न सहयोग पुग्छ। अदुवा तथा विलोको पातले सुन्निएको अनि दुखेको पनि कम गर्छन्।तर तिनले भाइरस सङ्क्रमण निवारण भने गर्दैनन्।नुनपानीले कुल्लाहालै त्यहाँको सरकारी सञ्चारमाध्यमले एक दम्पतीको अन्तर्वार्ता गरेको थियो जसमा उनीहरूले बिहानबेलुका नुनपानीले कुल्ला गर्न सुझाव दिएका थिए।सो सञ्चारमाध्यमका अनुसार राजधानी प्योङ्याङमा 'रोगाणुरोधक घोल' बनाउन एक हजार टन नुन आपूर्ति गरिएको छ।केही अध्ययनहरूले नुनपानीले कुला गर्दा तथा नाकमा हाल्दा त्यसले सामान्य रुघाखोकी गराउने भाइरससँग लड्न सघाउने देखाएका छन्।तर कोभिडकै सङ्क्रमण कम गराउन तिनको भूमिकाबारे खासै प्रमाण उपलब्ध छैन। औषधि आपूर्ति गर्न सेना परिचालन गरिएको छमुख कुल्ला गर्ने माउथवाशले प्रयोगशालामा भाइरस मार्न सकेको एक अध्ययनले देखाएको थियो।तर मानवशरीरमा पनि यस्तो हुने कुनै ठोस प्रमाण पाइएको छैन।खासगरी हावामार्फत् फैलिने थुक वा सिँगानका ससाना कणहरू नाक वा मुखको माध्यमबाट शरीरभित्र पसेर कोभिड सर्ने गरेको पाइएको छ। त्यसैले कुल्ला गर्दा त्यसले कोरोनाभाइरस पस्ने एउटा प्रवेशबिन्दुमा मात्र प्रभाव पार्न सक्छ।त्यसमाथि एक पटक भाइरस शरीरभित्र पसिसकेपछि त्यो द्रुत गतिमा विस्तार हुँदै शरीरको भित्री अङ्गमा पुग्छ जहाँ जतिसुकै कुल्ला गरे पनि कुनै प्रभाव पर्दैन।सरकारी टेलिभिजनले इबुप्रोफेनजस्ता दुखाइ कम गर्ने औषधि अनि एमोक्जिसिलिन र अन्य एन्टीबायोटिक प्रयोग गर्न बिरामीहरूलाई सल्लाह दिएको छ।इबुप्रोफेन (र पारासिटामोल) ले ज्वरो कम गर्न अनि टाउको र घाँटी दुखाइ कम गर्न सक्छन्।तर तिनले भाइरसलाई रोक्न भने सक्दैनन्।ब्याक्टेरियाका कारण हुने सङ्क्रमणको उपचार गर्न प्रयोग गरिने एन्टीबायोटिकहरू प्रयोग नगर्न विज्ञहरूले भन्दै आएका छन्।अनावश्यक रूपमा एन्टीबायोटिक प्रयोग गर्दा औषधिविरुद्ध प्रतिरोध क्षमता भएका जीवाणुहरू विकसित हुनसक्छन्।प्रयोगशालामा गरिएका अध्ययनले केही एन्टीबायोटिकहरूले कोरोनाभाइरसजस्ता केही भाइरसको विस्तारको गति कम गर्न सक्ने देखाएका छन्।तर वास्तविक जीवनमा त्यस्तो परिणाम देखिएको छैन।एजिथ्रोमाइसिनको प्रयोगले कोभिडका लक्षण कम गर्न खास केही प्रभाव नपारेको अनि कोभिडका कारण हुने अस्पताल भर्ना र मृत्युमा पनि कुनै प्रभाव नपारेको एक अध्ययनले पत्ता लगायो।कोभिड भएका मानिसलाई अस्पताल भर्ना हुने अवस्था आउन नदिन निम्नलिखित केही औषधिले भने स्वीकृति पाएका छन्।तर तिनको प्रभावकारिता भन्ने भिन्नभिन्न स्तरका छन्।स्वास्थ्य प्रणालीउत्तर कोरियाको स्वास्थ्य प्रणालीअन्तर्गत ग्रामीण तहमा निःशुल्क उपचार सेवा दिने आधारभूत सेवादेखि लिएर खासगरी सहरी क्षेत्रमा विशिष्टीकृत सेवा दिने सरकारी अस्पतालहरू समेत छन्।तर पछिल्ला वर्षहरूमा आर्थिक प्रतिबन्ध तथा सुक्खाजस्ता चरम मौसमका कारण देशको अर्थतन्त्र सङ्कुचित भएको छ।माना बन्द अनि लकडाउनका कारण पनि अर्थतन्त्रमा हानिकारक प्रभाव परेको छ।यसैपनि राजधानी प्योङ्याङ्भन्दा बाहिर स्वास्थ्य प्रणाली झनै कमजोर छ। अहिले त्यहाँ जनशक्ति, औषधि तथा आवश्यक सामग्रीको अभाव भएको ठानिएको छ।अन्तर्राष्ट्रिय सहायतागत वर्ष उत्तर कोरियाले ३० लाख मात्रा चिनियाँ खोपको सहयोग प्रस्ताव अस्वीकार गरेको थियो। त्यस्तै उसले कोभ्याक्सअन्तर्गतको खोप सहायता प्रस्ताव पनि अस्वीकार गरेका विवरणहरू आएका थिए।आफूले खोप, औषधि तथा जनशक्ति आपूर्तिका निम्ति गरेको सहयोगको प्रस्तावको कुनै जबाफ नआएको दक्षिण कोरियाले बताएको छ।हालै उत्तर कोरियाले चीनको शेन्याङमा औषधीय सामग्री ओसार्न तीनवटा विमान पठाएको विवरण आएका थिए।तर तिनमा 'महामारीविरुद्ध लड्ने सामग्री' नपरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।चिनियाँ विदेश मन्त्रालयले 'कोरोनाभाइरस महामारीविरुद्ध लड्न उत्तर कोरियासँग मिलेर काम गर्न आफू तयार रहेको' जनाएको छ। -बिबिसीबाट

कोरोनामा नागरिकको दायित्व

कोरोनाको दोस्रो लहरलाई कम गर्न सरकारले निषेधाज्ञा जारी गरेको छ । जति भीडभाड हुन्छ त्यति नै कोरोना फैलने सम्भावना बढी हुन्छ । एकजना संक्रमितले कैयौंलाई संक्रमित तुल्याउन सक्ने भएकाले नागरिक आफै सचेत हुनुपर्छ । सामाजिक दूरी कायम गराउन र मास्क प्रयोग अनिवार्य गराउन सरकारले मात्रै सक्दैन । सरकारले सचेत पार्न मात्रै सक्छ । कोरोनाबाट धेरै मानिसको मृत्य हुन थालेपछि बल्ल मास्क लगाउनेको संख्या बढ्न थालेको छ । केही समयअगाडि मानिसहरू मास्क प्रयोग गर्न छाडिसकेका थिए । भोजभतेर र जात्रा चाडपर्वका नाममा मानिसको भीड भयो । त्यसैको परिणति कोरोना भयावह बनेको हो । भारतमा महाकुम्भ मेला स्थगित गरेको भए समस्या अलिक कम हुन्थ्यो । लाखाैं सहभागी त्यस मेलाबाट नै कोरोना अनियन्त्रित भएको हो । नेपालका पूर्वराजा र रानी पनि त्यही मेलामा गएर आउँदा संक्रमित भएका हुन् । अरू थुप्रै नेपाली पनि कुम्भ मेलामा पुगेका थिए । तिनले पनि कोरोना ल्याएको हुन सक्छ । भारतमा काम गर्ने नेपाली नै नेपालमा कोरोना भित्र्याउने प्रमुख स्रोत हुन् । तर, त्यसलाई फैलाउनेचाहिँ हामी नेपालीको बेवास्ता र हेलचेक्र्याइँ हो । हात नधुने, मास्क राम्ररी नलगाउने तथा नाक कोट्याउने बानी कोरोना सार्न निकै सहयोगी हुन्छ । यी सबै बानी सुधार्न आवश्यक छ । मानव जीवनभन्दा चाडपर्व र जात्रा ठूला हुन सक्दैनन् । तर, केही अतिवादीहरू यसलाई उचालेर जात्रा मनाउनैपर्ने भनी लागिपरेका छन् । कोरोना केही होइन भन्ने सोचले पनि यसमा काम गरेको छ । त्यसैको परिणति हामी भयंकर समस्यामा परेका छौं । सरकार कमजोर छ । स्वास्थ्य प्रणाली निकै कमजोर छ । त्यसमा पनि सरकारी कर्मचारीमा आफन्तवाद छ । यस्तोमा कुनै व्यक्ति संक्रमित भए उपचार पाउन कठिन छ । पैसा हुनेले निजी अस्पतालमा उपचार पाएका छन् । त्यहाँ उपचार गराइरहेकाले पनि ठूलो रकम तिरेर पनि अस्पतालले राम्ररी नहेरेको भन्दा सतर्क हुन अरूलाई आग्रह गरिरहेका छन् । तैपनि मानिसहरूमा सतर्कता छैन । जहाँ सतर्कता छ त्यहाँ यो भयंकर समस्या बनेको छैन । जहाँ लापर्बाही छ त्यही यसको संक्रमण तीव्र छ । अहिले भारतबाट भित्रिएको भाइरसको नयाँ भेरिएन्ट डरलाग्दो नै छ भन्ने विज्ञको भनाइबाट बुझ्न सकिन्छ । भाइरस मार्न सक्ने तŒवलाई छल्दै शरीरमा फैलन सक्ने भएकाले यो डरलाग्दो मानिएको हो । त्यसैले हामी आफै सचेत बनौं । घरबाहिर सकेसम्म नजाऔं जानै परे मास्क प्रयोग गर्ने र घरमा आउनासाथ साबुनपानीले हात धुने बानी बसालौं । मुख्य कुरा नाकबाट भाइरस प्रवेश गर्ने सम्भावना आउनै नदिऔं । घरभित्रै आफन्तबीच पनि सकेसम्म दूरीमा बसौं । तातो पानी प्रशस्त पिउने गरौं । तागतिलो खाने कुराले पनि भाइरसविरुद्ध लड्न सहयोग गर्छ । अरूको लहै लहैमा नलगौं भाइरोलजिस्टका कुरा मानौं । आफै जान्नेसुन्ने भई जथाभावी सुझाव दिनेहरूबाट सतर्क रहौं । यो समस्या मुलुकले समाधान गर्न सक्दैन । जनता आफै लागे संक्रमण निकै कम गर्न सकिन्छ । त्यसैले सतर्क रर्हौ, सावधान रहौं र कोरोना सर्न सक्ने सम्भावनाबाट आफै जोगिऔं । श्याम श्रेष्ठ धर्मस्थली, काठमाडौं ।