काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई विशेष सर्कुलर जारी गरेको छ। महासचिव डा. बेदुराम भुसालले सर्कुलर जारी गर्दै जनप्रतिनिधिहरूलाई जनताको अविश्वासप्रति सधैँ इमान्दार भएर काम गर्न निर्देशन दिएका हुन्। जारी सर्कुलरमा भनिएको छ, ‘निर्वाचनको बेला जनसमक्ष गरेको वाचालाई कहिल्यै नभुल्नु होला। ऐन तथा कानुनहरूको परिधिमा रहेर इमान्दारी र कर्तव्य निष्ठाका साथ जनताको सेवा गर्नुहोला। निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारबाट मुक्त रहदै स्वच्छ