राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समृद्धिमा नेपाल चेम्बर अफ कमर्सको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्सद्वारा आफ्नो ७०औँ वार्षिकोत्सवका अवसरमा आज शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक विकासमा चेम्बर अफ कमर्सले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो । “सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानमा चेम्बर सहयोगी बनेको छ”, उहाँले भन्नुभयो, “औद्योगिक उत्पादन बढाएर देशलाई आर्थिकरुपमा समृद्ध बनाउन चेम्बरले विशेष जोड दिनुपर्छ ।”