केन्द्रमा एमाले नमिल्दा प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन ढिलाइ

हेटौंडा : केन्द्रमा एमाले विवाद नमिल्दा बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार पनि अलमलमा परेको छ।केपी ओली पक्षको एकल नेतृत्व रहेको प्रदेश सरकारमा माधव नेपाल पक्षलाई पनि समावेश गराउने प्रयास भएपनि केन्द्रमा विवाद नमिल्दा मन्त्रिपरिषद्‌ पुनर्गठन अन्योलग्रस्त बनेको हो।पार्टीभित्रैको विवादले केन्द्रमा सत्ता गुमेपछि बागमती प्रदेशमा केन्द्रको घटना दोहोरिन नदिन मन्त्रिपरिषद्‌ पुनर्गठन गर्ने प्रयास भएपनि सफल हुन सकेको छैन। साढे ३ वर्षदेखि बागमती प्रदेशमा ओली पक्षले सरकारको नेतृत्व गर्दै आइरहेक

सम्बन्धित सामग्री

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली - कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेकपा एमालेका प्रदेशसभा सदस्य कँडेल मुख्यमन्त्री बनेका थिए । ...

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली - कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुनुभएको नौ दिन बित्दासमेत यामलाल कँडेलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । केन्द्रमा सत्ता गठबन्धन बदलिएसँगै गत चैत २७ गते नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा नेकपा एमालेका प्रदेशसभा सदस्य कँडेल मुख्यमन्त्री बनेका थिए । ...

कर्णाली प्रदेश: मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि मुख्यमन्त्री काठमाडौंमा

केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरिएको पनि एक साता पुग्यो। चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता यामलाल कँडेलले अझै मन्त्रिपरिषद् गठन गर्न सकेका छैनन्।

कर्णाली प्रदेश: मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि मुख्यमन्त्री काठमाडौंमा

केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार कर्णाली प्रदेशमा मुख्यमन्त्री फेरिएको पनि एक साता पुग्यो। चैत २७ मा मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता यामलाल कँडेलले अझै मन्त्रिपरिषद् गठन गर्न सकेका छैनन्।

मधेश सरकारमा एमाले, गण्डकीमा मनाङे

केन्द्रमा सत्ता गठबन्धन फेरबदल भएपछि मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । सोमबार मुख्यमन्त्री सरोजकुमार यादवले कांग्रेसलाई हटाएर एमालेलाई सरकारमा सहभागी गराएका हुन् ।

सबै प्रदेशमा नयाँ गठबन्धनको बहुमत

काठमाण्डाै - केन्द्रसँगै प्रदेशहरुमा पनि नयाँ गठबन्धनकै सरकार बन्ने देखिएको छ । केन्द्रमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्र सांसद समेत गरी १६९ सांसदको नयाँ गठबन्धन बनेको छ। नयाँ गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भइसक्नुभएको छ । केन्द्रमा मन्त्रिपरिषद् विस्तारसँगै प्रदेशहरुमा सरकार गठनको प्रक्रिया पनि सुरु हुनेछ । सबै प्रदेशमा एमाले नेतृत्वको गठबन्धनको बहुमत छ । ...

राजनीतिमा एमसीसी प्रभाव

झण्डै तीन महिनाअघि सर्वोच्च अदातलले विघटित संसद् पुनस्र्थापना गर्नुका साथै शेरबहादुर देउवालाई तीन दिनभित्र प्रधानमन्त्रीको शपथ ग्रहण गराउन राष्ट्रपतिका नाउँमा परमादेश जारी गरिदिएपछि सत्ताबाट बहिर्गमित बनेका केपी शर्मा ओली ओझेलमा परे भन्नेहरू भन्नेहरूसँग यतिबेला ठूलो जवाफ छैन । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसद् अवरोध र विधान महाधिवेशनका कारण पनि ओली निरन्तर चर्चाको केन्द्रमा रहँदै आएका छन् । खास गरी मन्त्रिपरिषद् विस्तारमा भइरहेको ढिलाइ, तुइन प्रकरण, नेपाली आकाशमा भारतीय सेनाको गस्तीजस्ता विषय पनि ओलीको राजनीतिक कटाक्षको विषय बन्ने गरेको छ । सँगसँगै अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जनगणना पनि मुख्य विषय बन्न सक्ने देखिन्छ ।

बागमती प्रदेश सरकारले तत्काल पूर्णता नपाउने

हेटौंडा : बागमती प्रदेश सरकारले तत्काल पूर्णता नपाउने भएको छ। केन्द्रमा एमाले औपचारिक रुपमा विभाजन भएर दुई दलमा विभाजन भइसके पनि प्रदेशमा सांसदहरुलाई दल रोज्ने समय बाँकी भएकोले तत्काल मन्त्रिपरिषद् बिस्तार नहुने भएको हो।दल विभाजनसम्बन्धी अध्यादेशले दल विभाजन भएर बनेको नयाँ दल रोज्नको लागि २१ दिनको समय दिएको छ। जसअनुसार प्रदेश सांसदहरुलाई दल रोज्न अझै १७ दिनको समय बाँकी छ।१७ दिनको बीचमा कतिजनाले एमाले छोडेर नयाँ दल रोज्ने हो र कति एमालेमा नै बस्ने हो भन्ने टुङ्गो नहुँदा प्रदेशका मुख्यमन्त्री अष्ट

डोरमणि मन्त्रिपरिषद् विस्तार गर्न खोज्दै, नेपाल पक्ष राजीनामा माग्दै

हेटौंडा : बागमती प्रदेशमा वर्तमान सरकारको सत्ता लम्ब्याउन मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी गरिएको छ।केन्द्रमा नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि बागमती प्रदेश सरकारले आफ्नो सत्ता लम्ब्याउन मन्त्रीपरिषद्‌ विस्तार तयारी थालेको हो।पार्टीभित्रैबाट असहयोग हुँदा केन्द्रमा सत्ता गुमाएको एमालेलाई प्रदेशमा पनि त्यही घटना दोहोरिने डर भएपछि अहिले मन्त्रीको संख्या बढाएर सरकारको आयु लम्ब्याउने प्रयास भइरहेको छ। एमालेको एकल बहुमत रहेको बागमती प्रदेश सरकारमा ओली पक्षको मात्रै सहभागिता छ

एमाले–माओवादीबीच केन्द्रमा १८ मन्त्रालय बनाउने समझदारी

नेकपा एमाले र माओवादी केन्द्रले संघीय सरकारमा १८ मन्त्रालय बनाउने समझदारी गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको दुई दलका नेताहरुको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सुझावअनुसार १८ मन्त्रालय राख्ने समझदारी बनेको बैठकमा सहभागी माओवादी नेता देवेन्द्र पौडेलले जानकारी दिए। अहिले रहेका ३१ मन्त्रालयमध्ये कुन केमा गाभ्ने निक्र्यौल प्रधानमन्त्री कार्यालयले गर्ने र त्यसपछि मन्त्रिमण्डल विस्तार…