काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लोकतन्त्रवादी भन्नेहरू नै अहिले राष्ट्रपतिमाथि टिकाटिप्पणी गर्ने काममा सक्रिय भएको बताउनुभयो । गणतन्त्रप्रतिको गैरभाव राख्ने र समाजलाई अमर्यादित बनाउनेहरूले त्यसो गरेको तर्क प्रधानमन्त्रीले गर्नुभयो ।
बालुवाटारमा शुक्रवार परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा सम्पादित एवम् प्रकाशित पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘अहिले राष्ट्रपतिलाई चिथोर्ने कम्पिटिशन चलेको छ । जसले राष्ट्रपतिलाई गाली गर्न सक्यो, मुख छाड्न सक्यो...