विजय लघुवित्त वित्तीय संस्था लिमिटेडलेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। लघुवित्तले संस्थापक सर्वसाधारण शेयरधनीहरुको शेयर स्वामित्व ७०ः३० कायम गर्न एफपीओ निष्कासन गरेको हो । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जपछि चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जपश्चात संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व ७४.३९ः२५.६१ […]
अमेरिकी सैन्य कारबाहीमा राष्ट्रपति निकोलस मदुरो पक्राउ परेपछि भेनेजुएलाको ‘प्रेसिडेन्सियल अनर गार्ड’ का कमाण्डर जनरल जाभिएर मार्कानो ताबातालाई पदबाट हटाइएको छ। अमेरिकी सेनाले राजधानी काराकासमा छापा मारी मदुरोलाई पक्राउ गरेर न्युयोर्क पुर्याएको केही दिनपछि नै ताबातामाथि यो कारबाही भएको हो। ‘प्रेसिडेन्सियल अनर गार्ड’ राष्ट्रप्रमुखको सुरक्षाका लागि खटिने विशेष सैन्य इकाइ हो। जनरल ताबातालाई पदमुक्त गर्ने […]
काठमाडौं – निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना खुला गरेको छ। मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा) ले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लाख ३३ हजार २८० जना निर्वाचन प्रहरी माग गरेको हो। इच्छुक नेपाली नागरिकले माघ ५ गतेदेखि माघ ९ गतेसम्म दरखास्त दिन सक्नेछन्। दरखास्त जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) […]
गोरखा । हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलो पटक स्थायी लेखा नम्बर (प्यान) दिन सुरु गरेको छ। गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरूले पहिलो पटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए। सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा कार्यालय खारेज गरेसँगै उक्त कार्यालयबाट प्रवाह हुने कतिपय सेवा […]
देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । महाशाखाका अनुसार आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली प्रदेशका र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली […]