ट्रयाक खुलेको १४ वर्ष बित्दा पनि सडक सुधार गरिएन

म्याग्दीको बेनी नगरपालिकाको प्रवेशद्वारदेखि भकुण्डेचौरस्थित वडा नं २ कार्यालयसम्म जोड्ने मोटरबाटोको ट्रयाक खुलेको १४ वर्ष भयो । विसं २०६५ मा ट्रयाक खुलेको सात किलोमिटर दूरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।पर्यटकीयस्थल लभ्लीहिल कटेर खबराको उकालो सुरु भएपछि ग्रेड नमिलेको हिलाम्ये सडकमा मोटरसाइकलसमेत चलाउन मुस्किल भएको स्थानीयवासीको गुनासो छ । ट्रयाक  खुलेको १४ वर्ष वितिसक्दा पनि यो सडकमा न  यातायातका साधन नै सञ्चालन भएका छन् न त सडकको स्तरोन्नतिमा नै कस

सम्बन्धित सामग्री

कालोपत्रे गरिँदै ढोरपाटन जोड्ने सडक

ढोरपाटन- ग्रामीण क्षेत्र हुँदै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन जोड्ने सडकको ट्रयाक खुलेको १४ वर्ष भयो । चार वर्ष अगाडिदेखि कालोपत्रेको काम थालिए पनि हालसम्म सम्पन्न हुन सकेको छैन । ट्रयाक खुलेको १० वर्षपछि विसं २०७६ सालदेखि उक्त सडक कालोपत्रे गर्न थालिएको थियो । बहुवर्षे योजनाअनुसार चार वर्ष अगाडि सम्झौता गरे पनि कोभिड-१९ का कारण […]

१४ वर्ष बित्दा पनि बेनी–भकुण्डे सडकको अवस्थामा सुधार भएन

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका भकुण्डेचौर २ स्थित मोटरवाटोको ट्रयाक खुलेको १४ बर्ष पुग्दापनि यातायातका साधनहरु सञ्चालनमा आउन सकेको छैनन् । २०६५ सालमा ट्याक खुलेको ७ किलोमिटर दुरीको यो सडक स्तरोन्नति नहुँदा यातायातका साधनहरु संचालन हुन नसकेका हुन् । सडकको स्तरोन्नति नहुँदो हिलाम्ये सडकमा बाइक समेत चलाउन मुस्किल हुने स्थानीयले गुनासो गरेका छन् । बेनी–भकुण्डे […]