निर्मला पन्त हत्याको तीन वर्ष : अपराधी अझै अज्ञात, के गर्दै छ प्रहरी ?

धनगढी : आज साउन १० गते। अर्थात् २०७५ साल साउन १० गते कन्चनपुर महेन्द्रनगर उल्टाखामकी १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार र हत्या भएको दिन।घर नजिकैको उखुबारीमा साउन ११ गते घोप्टो परेको अवस्थामा फेला परेको थियो निर्मलाको शव। पोष्टमार्टम रिपोर्टले देखाएको थियो निर्मलाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको हो।२०७५ साल साउन १० गते भएको घटनाको (आज) आइतबार ३ वर्ष पुगेको छ। तर, घटना भएको तीन वर्ष पूरा हुँदा पनि यस अपराधमा संलग्न अपराधी भने अझै अज्ञात छन्।गएको तीन वर्षको अवधिमा प्रहरी फेरिए, प