पोख्रेलको निधनप्रति अखिल नेपाल किसान महासंघ (अप्फा) द्वारा शोक व्यक्त

काठमाडौँ । अखिल नेपाल किसान महासङ्घ (अप्फा) ले प्युठानका कृष्णप्रसाद पोख्रेलको निधनप्रति शोक व्यक्त गरेको छ । अप्फाका अध्यक्ष भैरवराज रेग्मीको हस्ताक्षरमा २०७७ पुस २३ गते वक्तव्य जारी गर्दै शोक व्यक्त गरिएको हो । अखिल नेपाल किसान महासङ्घ झिमु्रक गाउँपालिका समितिको अध्यक्षसमेत रहनुभएका पोख्रेलको निधनप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरिएको शोकवक्तव्यको पूर्ण पाठ यस्तो छ– “क. कृष्णप्रसाद पोख्रेलको असामयिक निधनप्रति अखिल नेपाल किसान महासङ्घ (अप्फा) गहिरो शोक व्यक्त गर्दछ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार, आफन्तजनप्रति समवेदना प्रकट गर्दछ । उहाँ झिमु्रक गाउँपालिकाको अप्फाको अध्यक्ष हुनुहुन्थ्यो । किसान हक, हित र किसानको मुक्तिका लागि उहाँ निरन्तर सङ्घर्षरत हुनुहुन्थ्यो । उहाँको निधनले एक किसान नेता गुमाउनुपरेको छ भने झिमु्रक गाउँपालिका र देशको एक होनहार किसान नेताको निधनले किसान आन्दोलनलाई क्षति पुग्न गएको छ ।”

सम्बन्धित सामग्री

सरकारले भूमि बैंकको प्रस्ताव ल्याएकोमा किसान संगठनको आपत्ति

काठमाडौं– ६ किसान सङ्गठनहरूले भूमि बैंकको प्रस्ताव नल्याउन र राष्ट्रिय भूमि आयोग तत्काल गठन गर्न माग गरेका छन् ।   बिहिबार अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघसहित ६ कम्युनिस्ट पार्टी निकट किसान सङ्गठनहरूले […]

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमतीको दोस्रो भेला सम्पन्न

काठमाडौं, १ वैशाख । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) बागमती प्रदेशको दोस्रो भेला सम्पन्न भएको छ । हिजो (बिहीबार) काठमाडौंमा सम्पन्न भएको भेलाले रामप्रसाद दाहालको अध्यक्षतामा १५१ समिति गठन गरेका छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल रहेका थिए । […]

रासायनिक मलको मूल्यबृद्धि रोक्न छ किसान संगठनहरुको माग

काठमाडौं, २ चैत्र । विभिन्न कम्युनिष्ट पार्टी निकट छ किसान संगठनहरुले रासायनिक मलको मूल्यबृद्धि अविलम्ब रोक्न सरकारसँग माग गरेका छन् । चित्रबहादुर श्रेष्ठ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), सीताराम तामाङ अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), बलराम बाँस्कोटा अध्यक्ष रहेको अखिल नेपाल किसान महासंघ, रामदुलार महतो अध्यक्ष रहेको अखिल नेपाल किसान […]

सुकमबासी नहटाउन दलका भातृ संगठनहरुको दबाब

थापाथलीस्थित बागमती किनार आसपासका सुकुमबासी बस्ती खाली गराउने काठमाडौं महानगरपालिको अभियान विफल बनाउन राजनीतिक दलले दबाब दिन सुरु गरेका छन् । प्रमुख राजनीतिक दल सम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले विज्ञप्ति निकालेर सुकुमबासी बस्ती […]

माइतीघरमा किसानको विरोध : उत्पादनलाई सम्मानको माग (फोटो फिचर)

उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।...

माइतीघरमा किसानको विरोध : उत्पादनलाई सम्मानको माग (फोटो फिचर)

उनीहरुले गुणस्तरहीन बीउ आयातकर्ता र बिक्रेतालाई कारवाहीको माग गरेका छन्। माइतीघरमा अखिल नेपाल किसान महासंघ, उपत्यका समन्वय समितिले बिरोध प्रदर्शन गरेका थिए।...

‘किसानको मुद्दामा सरकार इमान्दार भएन’

काठमाडौं : सात किसान संगठनहरूले किसानहरूको उखु बेचेबापत चिनी मिलबाट प्राप्त गर्नुपर्ने भुक्तानीमा विगतका सरकार तथा उद्योगीहरू इमान्दार नभएको आरोप लगाएका छन्।एक विज्ञप्ति जारी गर्दै संगठनहरूले सरकारले दिनुपर्ने अनुदान रकम समेत नदिएको र पुरानो तथा नयाँसमेत अर्बौं रुपैयाँ भुक्तानी नपाई देशभरका उखु किसानहरू फेरि आन्दोलित हुनुपर्ने अवस्था सिर्जना भएकोमा गम्भीर ध्यानाकर्षण जनाएको छ।अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), नेपाल किसान संघ ,अखिल नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ (अप