निषेधाज्ञामा के-के खोल्न पाइन्छ ?

काठमाडौं। उपत्यकामा निषेधाज्ञा लागू हुँदा अत्यावश्यक कामका लागि मात्र सरकारी कार्यालय खाेल्ने निर्णय गरिएको छ। औषधि पसल, एम्बुलेन्स, शव बाहन, दमकल, कुटनीतिक नियोग र प्रेसका सवारी साधन खुला हुनेछ। खाद्यान्न, तरकारी पसल, दूध लगायतका दैनिक उपभोग्य वस्तुहरूको उपलब्धताका लागि बजार खुला हुनेछ। सामाजिक दूरी कायम गरी बैंक तथा वित्तीय सेवा सञ्चालन गर्न पाउनेछ। हवाई सेवा पनि सूचारू हुनेछ।

सम्बन्धित सामग्री

निषेधाज्ञामा कस्ता सुविधा हुन्छन् ?

काठमाडाैं।उपत्यकाका प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार काठमाडौंमा आजदेखि सुरु निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न,पुस्तक पसल तथा हार्डवेयर पसल विहान ११ बजेसम्म खोल्ने व्यवस्था गरिएको छ भने वर्कसप बिहानदेखि खोल्न पाईने छ।अहिलेको निषेधाज्ञामा बिहान बेलुका हिँडडुल गर्न पनि प्रहरीले रोक्दैन।बैंक तथा वित्तीय संस्थाहरु साताको दुई दिन सञ्चालन गर्न पाइन्छ भने होटेल तथा रेस्टुरेन्टहरुले बिहान सात बजेदेखि अनलाइन डेलिभरी गर्न पाउने व्यवस्था पनि गरिएको छ।

आजदेखि उपत्यकामा केके खोल्न पाइन्छ ? (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँ उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपिएको छ । जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको एक अधिकारीले बताए । यसै गरी थपिएको निषेधाज्ञामा केही प्रावधान खुकुलो पारिएका छन् । अब उपत्यकामा खाद्यान्न […]