निषेधाज्ञामा कस्ता सुविधा हुन्छन् ?

काठमाडाैं।उपत्यकाका प्रमुख जिल्ला अधिकारीको निर्णयअनुसार काठमाडौंमा आजदेखि सुरु निषेधाज्ञामा अत्यावश्यक खाद्यान्न,पुस्तक पसल तथा हार्डवेयर पसल विहान ११ बजेसम्म खोल्ने व्यवस्था गरिएको छ भने वर्कसप बिहानदेखि खोल्न पाईने छ।अहिलेको निषेधाज्ञामा बिहान बेलुका हिँडडुल गर्न पनि प्रहरीले रोक्दैन।बैंक तथा वित्तीय संस्थाहरु साताको दुई दिन सञ्चालन गर्न पाइन्छ भने होटेल तथा रेस्टुरेन्टहरुले बिहान सात बजेदेखि अनलाइन डेलिभरी गर्न पाउने व्यवस्था पनि गरिएको छ।

सम्बन्धित सामग्री

बागलुङमा निषेधाज्ञामा कडाइ गरिने

कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढ्दै गएको भन्दै बागलुङका केही वडामा निषेधाज्ञामा कडाइ गरिने भएको छ ।  जिल्ला प्रशासन कार्यालयले आइतवार राति १२ बजेदेखि लागू हुने गरी हाल कायम निषेधाज्ञामा कडाइ गर्ने भएको हो ।  बागलुङ नगरपालिका वडा १२ र वडा १३ (साविक अमलाचौर र पैयूपाँटा गाविस) को क्षेत्रभित्र आइतवार राति १२ बजेदेखि भदौ १ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए ।  निषेधाज्ञामा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा र सरकारी सेवाका सवार...

इलाममा आजदेखि निषेधाज्ञामा थप कडाइ

ईलाम । इलाममा आजदेखि निषेधाज्ञामा थप कडाई गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढेपछि २५ गते सम्मका लागि जारी गरिएको निषेधाज्ञामा कडाई गरिएको हो । निषधाज्ञा अवधिभर निजी तथा सार्वजनिक यातायात, पसल, बैँक समेत बन्द रहने छन् । तरकारी, फलफूल र दूध विक्री गर्ने पसललाई बिहान ५ देखि साढे ७ बजेसम्म मात्र […]

सङ्क्रमण बढेपछि इलाममा निषेधाज्ञामा कडाइ

इलाम जिल्लामा कोरोनाभाइरसको सङ्क्रमण तीव्ररुपमा फैलिन थालेपछि त्यहाँ जारी निषेधाज्ञामा थप कडाइ गर्ने भएको छ । प्रमुख बजार तथा घनावस्तीहरुमा कोभिड–१९ को सङ्क्रमण बढेको पाइएकोले त्यसलाई नियन्त्रण गर्न स्थानीय तहहरूको निर्णय र अनुरोधअनुसार निषेधाज्ञामा कडाइ गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार साउन १५ गतेसम्म थप गरिएको निषेधाज्ञामा जिल्लाका प्रमुख बजार र घनावस्तीहरुका तरकारी, खाद्यान्न र फलफूल पसलबाहेकका पसलहरू पूर्णरुपमा बन्द रहनेछ

निषेधाज्ञामा पनि पुँजीबजारमा चमक

देशमा दोस्रो लहरको कोरोनाको कारणले गर्दा सरकारले दोस्रो पटक निषेधाज्ञा भर्खर खुकुलो भएको छ । यसपालिको निषेधाज्ञाले सबैजसो क्षेत्रलाई निषेध गरेको थियो । खाद्यान्न पसलसमेत खोल्न दिइएन । निषेधाज्ञाले सबैजसो आर्थिक गतिविधि ठप्प भए । तर, सेयर बजार भने निषेधाज्ञाले निषेध भएन । सेयर बजार निषेधाज्ञामा पनि खेुले भने निषेधाज्ञामा पनि सेयर बजारमा चमक देखियो […]

निषेधाज्ञामा भएको कडाइले दिएको सन्देश

प्रतिनिधिसभा विघटन भएको अवस्थामा सरकारले चाल्नसक्ने अन्य सम्भावित कदमहरूमा सहजता होस् भनेर निषेधाज्ञामा कडाइ भएको सरकारको क्रियाकलापले देखाएको छ। बुधबार प्रधानमन्त्री केपी ओलीले कोरोनाको दोस्रो लहर नियन्त्रणमा आउन लागेको बताइरहँदा १४ गते शुक्रबारदेखि हुने निषेधाज्ञामा कडाइको कुरालाई खण्डन गर्दछ। प्रधानमन्त्री ओलीकै भनाइअनुसार पनि अब निषेधाज्ञामा कडाइको आवश्यकता छैन, अहिलेकै निषेधाज्ञाले काम गरिरहेको छ भन्ने देखिन्छ।... The post निषेधाज्ञामा भएको कडाइले दिएको सन्देश appeared first on Purbeli News.

निषेधाज्ञामा थप कडाइ गरिने छ : प्रधानमन्त्री ओली

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका हुन्।

निषेधाज्ञामा सडकमा सवारीको चाप, हेर्नुस् तस्बिरमा

कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले  लागू गरेको निषेधाज्ञामा आइतबार राजधानी काठमाडौँका विभिन्न स्थानका सडकमा गुडाइएका सवारी साधनको पास भए नभएको जाँच गर्दै

आजबाट निषेधाज्ञामा थप कडाइ हुने

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथामका लागि बिहीबारदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाइ हुने भएको छ । निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको चाप नघटेकाले शुक्रबारदेखि थप कडाइ गर्ने प्रहरीले जनाएको छ । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञाको पहिलो दिन उल्लंघन गर्ने धेरै देखिएका थिए । नयाँ बानेश्वर, कलंकी, थापाथली, सहिदगेट, महाराजगन्ज, नागढुंगा, कोटेश्वर, चाबहिललगायतका चोकमा त बिहान १० बजे र साँझ पाँच बजेको आसपास ट्राफिक जाम नै भयो । शुक्रबारदेखि भने सहरभित्रको न

निषेधाज्ञामा रेमिट्यान्स कम्पनी खुलै रहने

१५ वैशाख, काठमाडौं । निषेधाज्ञा अवधिमा पनि रेमिट्यान्स कम्पनीहरु खुलै रहने भएका छन् । सरकारले बैंक तथा वित्तीय क्षेत्रलाई अत्यावश्यक सेवाको सूचीमा राखेको छ । अत्यावश्यक सेवा भएका कारण बैंक तथा बिमा कम्पनीहरु समेत निषेधाज्ञामा खुला हुनेछन् । बैंक र बिमासँगै रेमिट्यान्स कम्पनीहरुले पनि निषेधाज्ञामा सेवा दिने नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । […]

निषेधाज्ञामा के-के बन्द हुन्छ ?

काठमाडौं। काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू हुने भएको छ। निषेधाज्ञामा के खोल्न पाइने र नपाइनेबारे उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले मापदण्ड बनाएका छन्। सार्वजनिक र निजी सवारी साधन बन्द हुने, हिँड्डुलमा कडाइ, होटेल–रेष्टुरेन्टले डेलिभरी सेवा मात्र दिन पाउनेछ। तरकारी बजार बन्द हुनेछ।