पहिरोमा पुरिएर दुईको मृत्यु | Nagarik News - Nepal Republic Media

रघुगङ्गा गाउँपालिका–६ रायखोरमा पहिरोमा पुरिएर गएराति दुई जनाको मृत्यु भएको छ। पाचास वर्षीया हमाया शेरपुञ्जा र चार वर्षीया सिम्रन छन्त्यालको पहिरोले परिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सम्बन्धित सामग्री

बेथानचोकको ढुङ्गाखानीमा पुरिएर दुईको मृत्यु

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ चलालगणेस्थानस्थित ढुङ्गा खानीमा आज राति गएको पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरीका कार्यालयका प्रमुख प्रहरी उपरिक्षक चक्रराज जोशीका अनुसार सो घटनामा परी निधन भएका वर्ष ४४ का नीरबहादुर तामाङ र उनकी बहिनी वर्ष ४४ की सावित्री तामाङको सनाखत भएको छ । नीरबहादुरकी आमा लादुलुङको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बेथानचोक गाउँपालिकाका उपाध

म्याग्दीमा पहिरोले पुरिएर दुईको मृत्यु, तीन बेपत्ता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको गाजा तामेङमा पहिरोले तीन घर पुरिँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । गयराती घरमाथिबाट खसेको पहिरोले तीन घर पुरीएका छन् । पहिरोमा पुरिएर नविन विक र राजन विकको मृत्यु भएको वडा सदस्य भक्तिबहादुर घर्ति मगरले जानकारी दिए । उनका अनुसार, पहिरोमा घामबहादुर विक, […]

संखुवासभामा पहिरोमा पुरिएर दुईको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ मा सुख्खा पहिरोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ । जिल्लाको नुनढाकी सडकखण्ड निर्माणका क्रममा माथिबाट पहिरो खस्दा सडकमा पर्खाल लगाउँदै गरेका कामदार रामकुमार राई र हेमराज मगरको पहिरोमा पुरिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख लालध्वज सुवेदीले उनीहरुलाई मृत अवस्थामा निकालिएको बताउनुभयो । उनीहरुलाई स्काभेटरको […]

डोटीमा घर भत्किँदा दुईको मृत्यु

डोटी । डोटीमा घर भत्किँदा दुई जनाको मृत्यु भएको छ । डोटीको सायल गाउँपालिकामा घर भत्किदा दुई जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयकाका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले जानकारी दिए । प्रहरी घटन स्थलमा पुगिसकेको उनले बताए । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको जानकारी दिए । यस अघि आजै पहिरोमा पुरिएर डडेल्धुरामा एक […]

गोरखामा पहिरोले पुरिँदा एकै परिवारका दुईको मृत्यु

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–७ मा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार गएरातिको पहिरोमा पुरिएर ८६ वर्षीय रमन पाण्डे र ६८ वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको हो ।

तनहुँमा पहिरोमा परी दुईको मृत्यु, तीन घाइते

बन्दीपुर गाउँपालिका–३ तामुङमा पहिरोले दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी एक गम्भीर सहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ । पहिरोबाट तामुङका करिब ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया बसेलको निधन भएको हो । उनीहरूको घटनास्थलमै मृत्यु भएको वडासदस्य हर्कबहादुर थापाले जानकारी दिए । सरस्वतीका ससुरा दिलबहादुर मगर, सासू दाउरीमाया मगर र देवर सुवास थापा घाइते भएका छन् । पहिरोका कारण चार घर जोखिममा रहेको उनले जानकारी दिए । पहिरोमा पुरिएर घाइते भएकामध्ये एक जनाको अवस्था चि

पहिरोमा पुरिएर दुईको मृत्यु, पाँच बेपत्ता

अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ । घरको भित्ताले पुरिएर घाइते विकको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।