अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित फिल्म ‘तिम्रो मेरो साथ’ २९ पुसबाट प्रदर्शनमा आउने भएको छ । फिल्मका निर्माता तथा निर्देशक रमेश एमके पौडेलले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर फिल्मको रिलिज मिति घोषणा गरेका हुन् ।प्रेम कथामा निर्माण भएको फिल्ममा साम्राज्ञीको जोडी अभिनेता पुष्प खड्का बनेका छन् । फिल्ममा सन्दीप क्षेत्री र सरोज खनालको समेत मुख्य भूमिका रहेको छ । फिल्मको पटकथा लेखन तथा कार्यकारी निर्माण चाहिं सबीर श्रेष्ठले गरेका छन् । फिल्ममा शिव ढकालको छायांकन, रामजी लामिछा