रेसुङगा नगरपालिका ९ का ७० बर्ष माथिका ८३ जना जेष्ठ नागरिकलाई न्यानो कपडा (ब्लाङकेट) र च्यवनप्रास प्रदान वितरणसहित सम्मानित गरिएको छ । नगरपालिकाको जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत उहाँहरुलाई सम्मान गरिएको वडा अध्यक्ष नारन सुनारले जानकारी दिनुभयो ।