रहेनन् एमाले नेता पशुपति चौलागाईं

एमाले नेता पशुपति चौलागाइँको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको मंगलबार साँझ निधन भएको एमाले नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।  संक्रमण पुष्टि भएसँगै मनमोहन अस्पतालमा उपचाररत रहेकै अवस्थामा उनको निधन भएको हो ।  यसैगरी पर्यटन मन्त्री भानुभक्त ढकालले उनको निधन भएको बताउँदै सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।  उनी दोलखाबाट बागमती प्रदेशसभामा निर्वाचित भएका थिए ।  पछिल्लो समय एमालेभित्रको विवाद बढ्दै गर्दा उनी माधव नेपाल पक्षतिर लागेका थिए । 

सम्बन्धित सामग्री

पशुपति चौँलागाईँ- इमानदार र उद्यमशील नेताको एउटा बीउ – देशसञ्चार

काठमाडौँ – गत मंगलबार राति करिब १० बजेतिर एकाएक खबर फैलियो, एमाले नेता पशुपति चौलागाईं रहेनन्। क्षणभरमै चौलागाईंलाई श्रद्धाञ्जली दिँदै सामजिक सञ्जाल

रहेनन् एमाले नेता पशुपति चौलागाईं

केही बेरअघि काठमाडाैं स्वयम्भूस्थित मनमोहन अस्पतालमा नेता चौलागाईंकाे निधन भएको हो । एमाले नेता सुरेन्द्र पाण्डेले ६१ वर्षीय चौलागाईंकाे निधन भएकाे बताए

प्रदेशसभा सांसद चौलागाईंलाई कोरोना संक्रमण, अस्पताल भर्ना

काठमाडौं : कोरोना संक्रमित बागमती प्रदेश सभा सांसद् पशुपति चौलागाईं अस्पताल भर्ना भएका छन्।कोरोना संक्रमण देखिएपछि होम आइसोलेशनमा बसेका एमाले नेता तथा प्रदेश सभा सांसद चौलागाईंलाई मनमोहन अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाको छ। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार पीसिआर टेस्ट गरेका सांसद चौलागाईंलाई मंगलबार कोरोना पुष्टि भएको थियो। अहिले उनको अवस्था सामान्य रहेको छ। नेता चौलागाईं  दाेलखा 'ख' बाट प्रदेशसभा सांसद बनेका थिए।