आइतबारदेखि निरन्तर सञ्चालनमा रहेको नेपाल रेल्वेमा मालवाहक बोगी समेत जडान गर्नुपर्ने जनकपुरका उद्योगी व्यवसायीले माग गरेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले रेल सञ्चालन भएसँगै रेल्वे सञ्चालन रुट क्षेत्रका सर्वसाधारण लाभान्वित भए पनि यसले सामान्य प्रभाव मात्रै पर्ने बताउँछन् । मालवाहक बोगीको व्यवस्था भएपछि मात्र व्यवसायीले पनि लाभ लिन सक्ने बताउँदै उनले ठूलो मात्रामा सामग्री ढुवानी गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी या