पूर्वी नवलपरासीमा जिल्ला जनगणना कार्यालय स्थापना

बुटवल : आगामी वर्षको जेठ २५ गतेबाट देशैभर सञ्चालन हुन गइरहेको राष्ट्रिय जनगणना २०७८ को लागि पूर्वी नवलपरासीमा पनि जिल्ला जनगणना कार्यालय मंगलवारबाट सञ्चालनमा आएको छ। जिल्लाको कावासोती नगरपालिकाको थकाली चोकमा कार्यालय स्थापना गरेर काम शुरु गरिएको जिल्ला जनगणना कार्यालय पूर्वी नवलपरासीका प्रमुख जितेन्द्र रानाभाटले बताए। प्रमुख रानाभाटका अनुसार आवश्यक…

सम्बन्धित सामग्री

संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आजबाट

काठमाडौं । संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आज बिहीबारदेखि सुरु हुने भएको छ । प्रत्येक १० वर्षमा सञ्चालन हुने राष्ट्रिय जनगणना यो वर्ष २५ कात्तिकमा सुरु भएर ९ मंसिरमा सकिनेछ । जनगणना सञ्चालन गर्न देशभरमा ७ प्रदेश जनगणना कार्यालय, ८७ जिल्ला जनगणना कार्यालय र ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ । जनगणनाका […] The post संघीयता कार्यान्वयनपछिको पहिलो राष्ट्रिय जनगणना आजबाट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जनगणनाका लागि स्याङ्जामा १०० जना सुपरिवेक्षक खटिए

भदौ ३०, स्याङ्जा । बुधबारबाट शुरु भएको जनगणनाका लागि स्याङ्जामा १०० जना सुपरिवेक्षक खटिएका छन् ।  स्याङ्जा जिल्लाका विभिन्न ११ ओटा पालिकालाई मध्यनजर गर्दै जिल्ला जनगणना कार्यालयसहित चार ओटा स्थानीय जनगणना कार्यालय स्थापना गरी १०० जना सुपरिवेक्षकमार्फत बुधवारबाट जनगणना शुरु गरिएको जिल्ला जनगणना कार्यालय स्याङ्जाकी प्रमुख शारदा शर्माले जानकारी दिइन् ।  स्याङ्जाका पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकामा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको र सोही कार्यालयमार्फत पायक पर्ने पालिकाहरुलाई समेटी जनगणना गरिने प्रमुख शर्माले बताइन् ।  प्रमुख शर्माका अनुसार पुतलीबजार नगरपालिकामा स्थापना भएको स्थानीय जनगणना कार्यालयले पुतलीबजार नगरपालिकासहित फेदीखोला, आँधीखोला र अर्जुनचौपारी गाउँपालिकामा जनगणना गर्नेछ ।  वालिङमा स्थापना भएको कार्यालयले वालिङ, चापाकोट, भीरकोट नगरपालिकामा जनगणनाको कार्य गर्नेछ । गल्याङमा रहेको कार्यालयले गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकामा गणना गर्नेछ भने बिरुवा रहेको कार्यालयले बिरुवा र हरिनास गाउँपालिकामा गणना गर्ने गरी भेग मिलाएर कार्य विभाजन गरिएको प्रमुख शर्माले जानकारी दिइन् ।  जिल्लाका वालिङ नगरपालिकामा १८, पुतलीबजारमा १६, गल्याङमा १२, चापाकोटमा ९, भीरकोट नगरपालिकामा ९ जना सुपरिवेक्षकहरु खटिएका छन् । त्यस्तै बिरुवामा ७, फेदीखोलामा ६, अर्जुनचौपारीमा ६, कालीगण्डकीमा ६, आँधीखोला गाउँपालिकामा ६, र हरिनासमा ५ जना रहेका स्थानीय जनगणना कार्यालय वालिङका प्रमुख पोमनारायण शर्माले जानकारी दिए । सुपरिवेक्षकहरुको छनौट गरी उनीहरुलाई एक हप्ताको आवश्यक तालीम तथा अभिमुखीकरण गरिएको वालिङका प्रमुख शर्माले बताए । बुधवारबाट शुरु भएको जनगणना कार्यकालागि सुपरिवेक्षकहरुले असोज १८ गतेसम्म सूची तयार गर्ने छन् । घर घरमा पुगेर तयार पारिएको सूचीलाई पछि गणकहरुको माध्यमबाट अझै विस्तृत रुपमा प्रश्नावली तयार गरी त्यसैका आधारमा प्रतिवेदन तयार पारिने छ । आगामी कार्तिक २५ देखि मंसिर ९ गतेसम्म १५ दिन गणकहरु घर घरमा पुगेर परिवार संख्या, घरधुरी, मानिस बसे नबसेको घरहरु, पेशा, रोजगारी, सामुदायिक भवनहरु लगायतका विषयहरुलाई समेटेर गणना गरी प्रतिवेदन तयार गर्नेछन् ।

लमजुङका तीनस्थानमा इलाका जनगणना कार्यालय स्थापना

लमजुङको सदरमुकाम बेसीसहरसहित जिल्लाका तीनस्थानमा जनगणनाका इलाका कार्यालय स्थापना भएका छन् । राष्ट्रिय जनगणना २०७८ लाई व्यवस्थित र प्रभावकारी बनाउन बेसीसहर, सुन्दरबजार र मध्यनेपालमा इलाका जनगणना कार्यालय स्थापना भएको हो ।जिल्लाको जनसंख्यालाई आधार मानेर कार्यक्षेत्र छुट्याउँदै तीनवटा स्थानीय तहमा इलाका जनगणना कार्यालय स्थापना गरिएको जिल्ला जनगणना कार्यालय लमजुङका प्रमुख पुष्पराज पौडेलले जानकारी दिए । सदरमुकाम […]

जनगणनाको तयारी तीव्र रूपमा : गणक तथा सुपरिवेक्षकका लागि तीन गुणा बढी आवेदन

गलकोट। ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ राष्ट्रिय जनगणना–२०७८ का लागि बागलुङमा आवश्यक तयारी तीव्र रूपमा भइरहेको छ। केही हप्ता अगाडि बागलुङमा जिल्ला जनगणना कार्यालय स्थापना भएपछि तयारीलाई तीव्रता दिइएको हो। जनगणनाका लागि आवश्यक गर्ने गणक र सुपरिवेक्षकलाई तालीम दिने तयारी भइरहेको तथ्याङ्क कार्यालय बागलुङले जनाएको छ।

सर्लाहीमा जनगणनाको लागि कार्यालय स्थापना

६ चैत, सर्लाही । सर्लाहीमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सदरमुकाम मलंगवामा कार्यालय सञ्चालनमा ल्याइएको जिल्ला जनगणना अधिकारी राजु पोखरेलले बताए । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङको अध्यक्षतामा बसेको जिल्ला जनगणना समन्वय समितिको बैठकले विसं २०७८ मा हुने जनगणनाका लागि सदरमुकाम मलंगवामा जिल्ला जनगणना कार्यालय र अन्य ६ स्थानमा स्थानीय जनगणना कार्यालय खोल्ने […]

नवलपरासीमा जनगणना जिल्ला कार्यालय स्थापना

राष्ट्रिय जनगणना २०७८ का लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । जिल्लामा तथ्यांक कार्यालय नभएकाले भाडाको घरमा कार्यालय स्थापना गरिएको हो ।  मंगलवार कावासोतीको थकालीचोकमा जिल्ला कार्यालयको स्थापनासँगै गणक र सुपरीक्षकका लागि हस्तलिखित दारखास्तसमेत आह्वान गरिएको छ । कार्यालय प्रमुख जीतेन्द्र रानाभाटका अनुसार जिल्लामा ४६२ गणक र १०४ सुपरीवेक्षकको आवश्यकता पर्नेछ । दुवै पदका लागि चैत ५ देखि ११ गतेसम्म कार्यालयमा नै पुगेर हस्तलिखित निवेदनसहित दरखास्त फारम भरेर बुझाउन सकि...

८७ ठाउँमा जनगणना कार्यालय

राष्ट्रिय जनगणना २०७८ का लागि आइतबार देशका ८७ स्थानमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको छ । सात प्रदेश, ७७ जिल्ला र केही ठूला जिल्लामा एकभन्दा बढी रहने गरी ८७ वटा जनगणना कार्यालय स्थापना गरिएका हुन् ।