बदलिएको नियति : अहिले ओली धाउँछन् बालुवाटार

१८ माघ, काठमाडौं । ‘बिहानै बालुवाटार, दिउँसो बालुवाटार, बेलुकी बालुवाटार, म त वाक्क भइसकेको थिएँ । जति पेले पनि तेल त आउने होइन’ तत्कालीन प्रधानमन्त्रीसँग भएको निरन्तर भेटवार्ताबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेलाबेला गुनासो गर्थे । त्यसबेला ओली प्रधानमन्त्री र प्रचण्ड तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष थिए । पार्टीभित्र […]

सम्बन्धित सामग्री

दिगो विकासमा राजनीतिकर्मीको भूमिका

आवधिक योजनाले राखेका लक्ष्य आधा पनि पूरा हुँदैनन् । २०१३ सालदेखि यही नियति दोहोरिँदै आएको छ । हामीले लक्ष्य नै अवास्तविक राखेर यस्तो भएको हो वा गर्न सकिने काम पनि नगरेर यस्तो भएको हो ? यस लेखमा यसबारे चर्चा गरिन्छ । कारण आन्तरिक, दोष बाह्यलाईचालू पन्ध्रौं पञ्चवर्षीय योजनाको अन्तिम आर्थिक वर्ष अहिले चलिरहेको छ । […]

धानचामलकै समस्या हाम्रो नियति

छयालीसको परिवर्तनअघिसम्म हामी धान, चामल निकासी गर्थ्यौं, अब त्यो एकादेशको कथा भएको छ । अहिले हामी मान्छे निर्यात गर्ने भएका छौँ । व्यापक जनदबाब र बजारभाउको पीडापछि सरकारले यही साउन २० को मन्त्रिपरिषद्को निर्णयबाट १० लाख मे. टन धान खरिद गर्ने भएछ र पनि आपूर्ति श्रृंखला सहज हुने अवस्था छैन । भारतले भर्खरै चामल निर्यातमा […]

के हाम्रो नियति देउवा नै हुन् ?

डडेल्धुराका जनताले देशको कार्यकारी प्रमुखमा पाँच पटक पुर्‍याउँदा के पाए त ? त्यही अभाव र निराशा, रोजगारीको लागि भारत जानुपर्ने बाध्यता, त्यहाँको नारकीय जिन्दगी र अपमान ?

मोहम्मद इश्तियाक राई : २०७४ कै नियति

२०३६ कात्तिकमा बाँकेमा जन्मिएका मोहम्मद इश्तियाक राई अहिले जनता समाजवादी पार्टी (पहिलेको मधेशी जनअधिकार फोरम, नेपाल)का केन्द्रीय कार्यकारिणी समिति सदस्य हुन् । उनी २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा लागेर राजनीतिमा आएका थिए । राई २०६२–६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो), प्रवेश गरे । त्यसको दुई वर्षभित्रै उनी पार्टीको केन्द्रीय सदस्य […]

मेयर नै फिल्डमा आउनुपर्ने हाम्रो नगरको नियति

समाचारमा आइरहन्छन्, कहिले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह फोहोरको कन्टेनरसंगै बन्चरे डाँडा पुगेको त कहिले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्ग खानेपानीको पाइप काँधमा बोकेर सर्दु खोलाको मुहानतिर पुगेको । फेरि अहिले तात्तातो समाचार बनेको छ– मेयर बालेन शाहले डोजर लिएर राजधानी काठमाडौैं सहरको मुटुमा नक्सा पास भन्दा बाहिर गएर बनाएका संरचना भत्काएको ।यसै प्रसंगमा काठमाडौं महानगर पालिकामा कार्यरत एकजना अधिकृतले मेयर बालेन शाहको अभियानको समर्थन गर्दै अष्ट्रेलियाको सिड्नीमा रहेका आफ्ना

स्थानीय चुनाव र हाम्रो नियति

नेपालका स्थानीय तहका लागि हुने चुनावले मानिसहरूलाई तरंगित पार्न थालिसकेको छ । उम्मेदवार छनोटदेखि कसले निर्वाचन जित्ला भन्ने विषयमा अड्कालबाजी र विश्लेषण हुन थालिसकेका छन् । चुनाव भन्नेबित्तिकै हाम्रो जस्तो अविकसित देशमा एक किसिमको पर्व जस्तै हुन्छ, किनकि पार्टीका कार्यकर्ताको लागि करीब १ महीना केही आर्जन गर्ने स्रोत बन्छ भन्दा केही फरक नपर्ला । यो १ महीना उनीहरूलाई न घरमा खाने फुर्सद हुन्छ न त रातमा घरमा फर्कने नै । सुरक्षा आदिका लागि सरकारले गर्ने खर्च, निर्वाचन आयोगले गर्ने खर्च र उम्मेदवारहरूले गरेको खर्चले अर्थतन्त्रलाई गति दिन्छ । प्रचारप्रसारका सामग्री आपूर्ति गर्नेहरूका लागि यो निर्वाचन आम्दानीको राम्रो स्रोत बन्छ । यही १ महीनाले विकासको गतिलाई असर गर्छ । चुनावमा नेताहरूले अनौपचारिक रूपमा जम्मा गरेको रकम बजारमा आउँछ । त्यो रकमको केही अंश औपचारिक अर्थतन्त्रमा पनि आउँछ । कार्यकर्ताहरूलाई मासुभात खुवाउने र आवश्यक केही रकम पनि दिने गरेको पाइन्छ । युवा पिढी बुझेर पनि तिनै नेताको पछि लागेर आवश्यक परे विरोधीहरूको ठूलो पक्षसँग मारमुंग्री गर्न पछि पर्दैनन् । अल्पविकसित राष्ट्रहरूमा यस्तो समस्या बढी हुन्छ । हुन त हो आफूले समर्थन गरेको पार्टीको नेतालाई जिताउन आफूले सकेको प्रयास गर्नुपर्छ तर झगडा गरेर होइन । सम्झाउन प्रयास गर्नुपर्छ । सम्झाउँदा नभए आफ्नो बाटो लाग्न सक्नुपर्छ । हामीले के बुझ्नुपर्छ भने देश हामी सबैको साझा हो र हामी सबैलाई आफूलाई मन परेको पार्टीलाई समर्थन गर्नु हाम्रो अधिकार छ । नेताहरूले पनि आफ्ना कार्यकर्तालाई सम्झाइबुझाई भोट दिलाउने प्रयास गर्नुपर्छ तर झगडा र काटमार हुन दिनु हुँदैन । यसले लोकतन्त्रलाई बलियो बनाउँदैन । निर्वाचनका बेलामा जेजस्तो गरेर भए पनि जनताको भोट लिने तर जितेपछि जनतालाई चटक्क बिर्सने प्रवृत्तिले गलत हो । निर्वाचनमा पराजय बेहोर्नेले पनि जनतामाझ जान छाड्नु हुँदैन । तर, उनीहरू पनि ५ वर्ष हराउने गर्छन् र चुनावका बेलामात्र जनतामाझ अनेक आश्वासन लिएर जान्छन् तर काम चाहिँ केही पनि गर्दैनन् । नेताले आफू जित्न पैसाको खोला बगाउँछन् । त्यो पैसा उठाउन उनीहरूले भ्रष्टाचार गर्ने गर्छन् । यस्ता व्यक्तिलाई जिताउनु भनेको भ्रष्टाचारलाई मान्यता दिनु हो । हामी जनताल आफ्नो शक्ति प्रयोगगर्ने सही समय निर्वाचन नै हो । निर्वाचनबाट नै खराब नेतालाई पराजित गरेर दण्डित गर्नुपर्छ भने काम गर्ने नेतालाई अवसर दिनुपर्छ । कतिपय मानिसमा हार्नेलाई भोट दिएर किन आफ्नो भोट खेर फालूँ भन्ने सोच पनि पाइन्छ । तर, हामी यो विचार गर्दैनौं कि राम्रो मानिसले जीवनमा पैसाभन्दा इज्जतलाई महत्व दिएका हुन्छन् । राजनीतिमा यस्ता राम्रा मानिस नभएका होइनन् । तर, तडकभडक गर्नेलाई जनताले मत दिने भएकाले असल नेताहरूले निर्वाचनका बेला टिकट नै नपाउने अवस्था छ । यस्ता असल नेतासंग कार्यकर्तालाई मासुभात खुवाउने र पैसा दिने सामथ्र्य हुँदैन । त्यसैले उनीहरू घरदैलो कार्य गर्दा कार्यकर्ताको भीड हुँदैन । त्यसैले कार्यकर्ताको भीड हेरेर होइन नेताको चालचलन बुझेर आफ्नो विवेकको प्रयोग गर्नुपर्छ । यसो भयो भने स्थानीय तहको विकास सम्भव हुन्छ । जनताका सानातिना समस्याको सहज सम्बोधन पनि हुन्छ । नेताहरू जनताप्रति उत्तरदायी बन्न पनि थाल्छन् । पार्टी र नेताहरूको भाषण र घोषणापत्र सुरक्षित गरेर राखनुपर्छ र अर्को निर्वाचनमा त्यो देखाएर उनीहरूलाई र्‍याखर्‍याख पार्न सकिन्छ । उनीहरूलाई सही काम गर्न बाध्य पार्न पनि सकिन्छ । यसरी नेताहरूलाई आफ्नो कर्तव्यप्रति सजग पार्न सकिन्छ । यसले नेताहरूलाई भ्रष्ट बन्नबाट पनि रोक्छ । त्यसैले समाजको सजगता नै देस विकासको प्रमुख आधार हो र यो काम हाम्रो समाजले जति चाँडो गर्न सक्यो उत्ति नै चाँडो देश विकासले गति लिन्छ । मुख्य कुरा हामीले मनमा के सोच के राख्नुपर्छ भने देशले मलाई के दियो भन्नु भन्दा पनि मैले देसलाई के दिन सक्छु वा मैले देसलाई के दिएँ भनेर मनमा सधैं राख्नुपर्छ । बढ्दो आयातले विदेशी विनिमय सञ्चिति घटेर हाम्रो देश अहिले संकटको मुखमा पुग्न लागेको छ । यस्तो बेला हुन लागेको निर्वाचनमा नेतृत्व चयन गर्दा विशेष ध्यान दिनुपर्छ । अहिले कुन पार्टीले कस्तो घोषणा पत्र निकाल्छ भन्ने कुरामात्र हेरेर हुँदैन । भनेको काम गरेको छ कि छैन हेर्नुपर्छ । अघिल्लो निर्वाचनमा असम्भव मीठामीठा कुरा घोषणापत्रमा लेखे । तर, निर्वाचन जितेर कार्यकाल समाप्त हुँदा पनि केही गरेको पाइँदैन । उल्टै अरूलाई दोष लगाएर आफूले काम गर्न नपाएको दाबी गर्दै छन् । यस्ता नेतृत्व फेरि मत माग्न आए पनि जनताले प्रश्न गर्नुपर्छ । घोषणा गरेअनुसार किन काम नगरेको भनेर सोध्नैपर्छ । आफूले अवसर पाउँदा कार्य गरेको छ कि छैैन त्यसको मूल्यांकन गरेर मात्र भोट दिनुपर्छ । हुन त यो स्थानीय चुनाव हो र यसमा जितेका नेताहरूले राष्ट्रिय नीति बनाउने होइन । तर, स्थानीय विकासको नीति नियमहरू व्यवहारमा ल्याउने काम यिनीहरूको हो । स्थानीय विकास नै देश विकासको प्रमुख आधार हो र उनीहरूले गरेको राम्रो कामले नै उनीहरूभन्दा माथिल्ला नेताहरूलाई काम गर्न एक किसिमले दबाब दिन्छ । अहिले स्थानीय तहलाई निकै अकिकार सम्पन्न बनाइएको छ । तर, त्यो अधिकारको प्रयोग सही तरीकाले नहुँदा मुलुकले लिएको लक्ष्य पूरा हुन सकेको छैन । गाउँ गाउँमा सिंहदरबार त पुग्यो तर सँगसँगै भ्रष्टाचार पनि गाउँगाउँ पुग्यो । संघीयतापछि स्थानीय तहको यो निर्वाचन दोस्रो हो । यस निर्वाचनमा अघिल्लो निर्वाचनमा गरेका गल्तीलाई सच्याउने अधिकार जनताको हातमा छ । त्यसैले सही नेतृत्व छानेर विकासलाई गति दिनुपर्छ । लेखक नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी हुन् ।

गल्ती विनाको सजाय, अहिले अरुलाई बाँच्न सिकाउँदै

२७ फागुन, दाङ । करिब चार वर्षअघि दाङको धर्ना गाउँको पुछारमा सुसाइरहने बबई नदीजस्तै थियो, २९ वर्षीया मायादेवी (नाम परिवर्तन)को जिन्दगी । बिलकुल बैराग र उराठ । नियति उनीमाथि यति निर्मम र कठोर भइदियो कि उनले गल्ती विनाको सजाय जीवनभर भोग्नुपर्यो । परिवारले रोजेकै केटासँग १३ वर्षअघि मायादेवीको विवाह भयो । विवाहपछि थाहा भयो, श्रीमान […]

युक्रेनको नियति भोग्नुपर्ने अवस्था नआओस्ः खनाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले युक्रेनले अहिले भोगेको अवस्था नेपालले पनि भोग्नुपर्ने स्थिति आउन दिन नहुने बताएका छन् । कमलादीस्थित प्रज्ञा भवन परिसरमा शुक्रबार भएको एमसीसीविरुद्ध खबरदारी कार्यक्रममा उनले एमसीसी अनुमोदन गर्दा चीनसँगको सम्बन्ध बिग्रिन सक्ने बताए । ‘अहिले रुस–युक्रेन युद्ध चलिरहेको छ । युक्रेनका कारण आफूमाथि सुरक्षा चुनौती बढेको भन्दै […]

अफगानिस्तानमा चीनले अमेरिकाको नियति तोड्न सक्ला ?

तालिबानले अत्यन्त तीव्रताका साथ सम्पूर्ण अफगानिस्तान कब्जा गरेपछि पश्चिमी शक्ति अहिले आफूबाट भएको गल्ती पुनरावलोकन गरिरहेको छ । २० वर्षे युद्धमा अर्बौं डलर खर्च गरेर यति अपमानजनक रूपमा बाहिरिनुपरेकाले उनीहरू...