रातोपाटी ब्रिफिङ : प्रधानमन्त्रीबाट संसदको उपेक्षा, एसपीपीबारे गठबन्धनमा छलफल नभएको नेपालको खुलासा

आज २०७९ असार ५ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा प्रधानमन्त्रीबाट संसदको उपेक्षा:एसपीपी विवादबारे छलफल गर्न संसदीय समितिले बोलाउँदा पनि गएनन्, बालेनले ल्याए काठमाडौं महानगरको नीति तथा कार्यक्रम– लोकल रक्सीलाई अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्ने, ‘सुनको लौरो’ बारे विमानस्थल भन्सार कार्यालय बेखबर !, एसपीपीबारे गठबन्धनमा औपचारिक छलफल नभएको माधवकुमार नेपाल

सम्बन्धित सामग्री

बालुवाटारमा प्रचण्डको ब्रिफिङ- प्रदेशको भागबण्डाको विषयमा कुरा मिलिसकेको छैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनमा प्रदेशको भागबण्डाको विषयमा नटुंगिएको पार्टी पदाधिकारी बैठकमा ब्रिफिङ गरेका छन्। बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलहरुबीच छलफल भइरहेपनि कुरा मिलिनसकेको जानकारी गराएका हुन्। बैठकपछि प्रचण्डको भनाइ उदृत गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले भने,‘प्रदेशको भागबण्डाको बिषयमा छलफल चलिरहेको छ। अहिलेसम्म टुंगिएको छैन। भोलिसम्ममा टुगिनसक्छ। ’ सत्ता गठबन्धन फेरिएपछि नयाँ समीकरणमा प्रदेश […]

प्रचण्डको सहकार्यको प्रस्तावपछि ओलीले डाके सचिवालय बैठक

काठमाडौं, १९ पुष । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई भाग दिने प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभामा आफूहरुलाई ६ सिट चाहिने दाबी गरेका छन् । त्यसमा दाहाल सकारात्मक छन् । प्रधानमन्त्री दाहालले त राष्ट्रियसभाको निर्वाचनमा एमालेलाई पनि समेट्नेगरि आफूले छलफल थालेको भनेर सत्ता गठबन्धनमा ब्रिफिङ गरेका छन् । दाहालको उक्त […]

रातोपाटी ब्रिफिङ : यस्ता छन् आज दिनभरका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल मंसिर महिनाको २९ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।१. सत्ता गठबन्धनमा सत्ता बाँडफाँटसत्ता गठबन्धनभित्र प्रदेशको शक्ति बाँडफाँटबारे छलफल भइरहेको छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच मुख्यमन्त्री, सभामुख र उपसभामुखको बाँडफाँटबारे छलफल भइरहेको हो । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मुख्यमन्त्रीको लबिङमा बालुवाटार पुग्ने प्रदेश सांसदलाई गठबन्धनको हिसाब&ndash

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु, प्रचण्डले भागबण्डाको ‘ब्रिफिङ’ गर्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक साँझ ६ बजे सुरु भएको हो ।   बैठकमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उमेदवारबारे छलफल भइरहेको एक पदाधिकारीले जानकारी दिए । उनका अनुसार गठबन्धनमा भइरहेको छलफलबारे पनि प्रचण्डले ‘ब्रिफिङ’...

रातोपाटी  ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज मिति २०७९ साल भदौ महिनाको १० गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई ‘रातोपाटी ब्रिफिङ’मा प्रस्तुत गरिएको छ–१. गठबन्धन बैठकमा प्रदेशको सिट बाँडफाँटबारे पनि छलफलसत्ता गठबन्धनमा आबद्ध दलहरुबीच सिट बाँडफाँटको मोडालिटी तयार गर्न बनेको कार्यदलको बैठकमा प्रदेशसभा निर्वाचन क्षेत्रमा हुने भागबण्डाबारे पनि छलफल सुरु भएको छ । यसअघिका कार्यदलका बैठकमा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको बाँडफाँटबारे मात्रै छलफल हुने गरेकामा शुक्रबारदेखि प्रदेशतर्फ पनि छलफल सुरु भएको हो ।कार्यदल

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

आज २०७९ साउन भदौ ६ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा निर्वाचन आचारसंहिताबारे आयोगमा छलफल; एमालेको ३७ बुँदे सुझाव, सिट बाँडफाँटबारे गठबन्धनमा छलफल; भोलि फेरि बैठक, गठबन्धनप्रति ओलीको कटाक्ष– कालापानी, लिपुलेक नेपालको हो भन्न डराए, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साझा घोषणापत्र बनाउने, प्रदीप गिरिको निधनमा संसदको दुवै सदनबाट शोक प्रस्ताव पारित, पार्टी

एमसीसी अघि बढाउन कांग्रेसभित्र दबाब

काठमाडौं । लामो समयदेखि विवादित बन्दै आएको अमेरिकी अनुदान सहयोग (एमसीसी) सम्झौता अघि बढाउन नेपाली कांग्रेसभित्र चर्को दवाब पर्न थालेको छ । नेपाली कांग्रेसको जारी कार्यसम्पादन समिति बैठकमा एमसीसी पारित गर्ने र जनतालाई यसबारे बुझाउनुपर्ने विषयमा नेताहरू एकमत हुँदा सम्झौता अनुमोदनका लागि अघि बढाउन पार्टीभित्र दबाब बढेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले एमसीसीका बारेमा ब्रिफिङ गर्न पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई समय दिएका थिए । महतले लामो व्याख्या गर्दै एमसीसी पारित गरेर जानुपर्ने सुझाव दिएका थिए । ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सडक र प्रसारण लाइनका लागि मात्र भएकाले यसमा अलमल गर्न आवश्यक नरहेको उनले बताएका थिए । एमसीसी अस्वीकार गर्दा अन्तरराष्ट्रियस्तरमा देशको छवि बिग्रिन सक्ने भन्दै गठबन्धनका दलहरूलाई पनि मनाएर जनतालाई कन्भिन्स गर्नुपर्ने उनको सुझाव थियो । बैठकमा अमेरिकी सहायता परियोजना (एमसीसी) सदनमा लैजाने कुरामा सभामुखले आफ्नो पदीय दायित्व निभाउनुपर्नेमा समेत नेताहरूले आवाज उठाएका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा प्रभावशाली नेता डा. शशांक कोइरालाले पनि एमसीसी पास गर्नुपर्नेमा जोड दिएका थिए । कांग्रेस कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीका विषयमा संसद्ले निर्णय लिन पाउनुपर्नेमा बैठकमा आवाज उठेको बताए । ‘सभामुखको काम नै सरकारले पठाएका विधेयकहरू सदनमा टेबल गर्ने हो, त्यहाँ छलफल गराउने हो, एमसीसी पनि रोक्न पाउनु हुँदैन, संसद्मा छलफल गराउनुपर्छ,’ महतले भने । एमसीसी पारित गर्नुपर्ने बैठकको निष्कर्ष रहेको महतले सुनाए । उनले भने, ‘एमसीसीबारे पनि छलफल भएको छ । अन्योल समाप्त गरेर संसदीय प्रक्रिया अगाडि बढाउनुपर्छ । संसद्मा एमसीसी लैजानुपर्छ भन्ने निष्कर्ष रहेको छ ।’ सत्ता गठबन्धनमा मतभेद कायम रहँदा एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेको छैन । पछिल्लो समय सत्तारूढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले एमसीसी पास गर्ने भन्दै पठाएको पत्रले राजनीतिमा तरंग पैदा भएको थियो ।