काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको निधनप्रति शोक व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत मंगेशकरको निधनप्रति दुःख व्यक्त गरेका हुन्। ‘दर्जनौँ लोकप्रिय नेपाली गीतमा आवाज दिनुभएकी भारतीय गायिका लता मंगेशकरको निधनको खबरले दुःखी भएको छु। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन्। मंगेशकरको […]