सिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र मंसिर २४ गतेदेखि निष्कासन गर्दै

मंसिर २३, काठमाडौं। सिभिल बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र मंसिर २४ गतेदेखि निष्कासन गर्ने भएको छ ।  कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने बताएको छ । सर्वसाधारणलाई निष्कासन गरेको १२ लाख कित्ता ऋणपत्रमध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ११ लाख ४० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।  ऋणपत्र निष्कासन बन्द मिति छिटोमा मंसिर २८ गतेसम्म रहेको छ । उक्त समय अवधिमा ऋणपत्र विक्री नभएमा आवेदकले पुस ९ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषत रहेको देखाउँछ ।  कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा सिभिल बैंक डिबेञ्चर - २०८८ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  आवेदकले मेरो शेयरबाट पनि उक्त ऋणपत्रमा आवेदन दिन पाउनेछन् ।   

सम्बन्धित सामग्री

नबिल बैंकले ल्यायो नबिल डिवेन्चर २०८७, ब्याज ९ प्रतिशत पाइने

नबिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कुमारी बैंकले गर्‍यो ३ अर्बको ऋणपत्र निष्कासन

कुमारी बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो ।

११ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्दै कुमारी बैंक

कुमारी बैंकले ११ प्रतिशत ब्याजदरको ऋणपत्र १७ भदौबाट निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको एक हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।जसमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । १२ लाख कित्ता ऋणपत्र भने सर्वसाधारणका लागि सार्वजनिक निष्कासनबाट बिक्री गरिने बताइएको छ […]

कुमारी बैंकले ऋणपत्र निष्कासन गर्दै

कुमारी बैंकले ‘११ प्रतिशत केबीएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी रहेको १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्न लागिएको छ । सर्वसाधारणलाई निष्कासन गरिने मध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सो ऋणपत्र

सिभिल बैंकले ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने

सिभिल बैंकको ३ अर्बको ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने भएको छ। बैंकले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक निष्कासन गर्न लागेको १,००० अंकित दरको ३० लाख कित्ता ‘९% सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्न लागेको हो। उक्त निष्कासनको प्रत्याभूति गर्न निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषलगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र […]

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७ निष्कासन

माछापुच्छ्रे बैंकको एक हजार अंकित दरका ३० लाख कित्ता ऋणपत्र बिहीबारदेखि जारी गरेको छ ।वार्षिक ८.५० प्रतिशत ब्याजदरसहित बैंकले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल एक अर्ब २० करोड ऋण पुँजी […]

सिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

असार ९, काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । उक्त कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग गत जेठ २४ गते अनुमति मागेको हो ।  कम्पनीले ३० कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।  विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।

एनआइसी एशिया बैंकले ३ अर्बको ऋणपत्र ल्याउँदै

एआइसी एशिया बैंकले १० वर्षे अवधिको ऋणपत्र जारी गर्ने भएको छ । ‘एनआइसी एशिया ऋणपत्र २०८८’ नामक उक्त ऋणपत्र आगामी असार ६ गतेदेखि निष्कासन गर्न लागेको हो ।बैंकले १ हजार रुपैयाँ अंकित मूल्य भएका ३० लाख कित्तामध्ये १२ लाख कित्ताले हुन आउने १ अर्ब २० करोड ऋणपुँजी रकममध्ये ५ प्रतिशत प्रतिशत अर्थात् ५० लाख कित्ता […]

माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र जारी गर्ने

काठमाडौं, २९ बैशाख । माछापुच्छ्रे बैंकले ३ अर्ब बरावरको कित्ता ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले धितो पत्र बोर्डमा उक्त रकम बराबरको ३० लाख कित्ता ऋणपत्र जारी गर्न बैशाख १५ गते निवेदन दिएको हो । बैंकले कुल कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि र १८ लाख कित्ता विभिन्न संघसंस्थाहरुलाई विक्री गर्ने जनाएको छ । […]