सिभिल बैंकले ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने

सिभिल बैंकको ३ अर्बको ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्ने भएको छ। बैंकले आइतबार विज्ञप्ति जारी गर्दै सार्वजनिक निष्कासन गर्न लागेको १,००० अंकित दरको ३० लाख कित्ता ‘९% सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन गर्न लागेको हो। उक्त निष्कासनको प्रत्याभूति गर्न निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोषलगायत ग्लोबल आइएमई क्यापिटल, प्रभु क्यापिटल र […]

सम्बन्धित सामग्री

सिभिल बैंकको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नेप्सेमा सूचिकृत

सिभिल बैंकले निष्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएको छ । बैंकले निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र  नेप्सेमा सूचिकृत भएको हो ।

सिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र मंसिर २४ गतेदेखि निष्कासन गर्दै

मंसिर २३, काठमाडौं। सिभिल बैंक लिमिटेडले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र मंसिर २४ गतेदेखि निष्कासन गर्ने भएको छ ।  कम्पनीले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्ने र बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गरिने बताएको छ । सर्वसाधारणलाई निष्कासन गरेको १२ लाख कित्ता ऋणपत्रमध्ये ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी रहेको ११ लाख ४० हजार कित्ता ऋणपत्रमा सर्वसाधारणले आवेदन गर्न पाउनेछन् ।  ऋणपत्र निष्कासन बन्द मिति छिटोमा मंसिर २८ गतेसम्म रहेको छ । उक्त समय अवधिमा ऋणपत्र विक्री नभएमा आवेदकले पुस ९ गतेसम्म आवेदन दिन पाउनेछन् । कम्पनीले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी त्रिपल बि माइनस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औषत रहेको देखाउँछ ।  कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरमा सिभिल बैंक डिबेञ्चर - २०८८ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  आवेदकले मेरो शेयरबाट पनि उक्त ऋणपत्रमा आवेदन दिन पाउनेछन् ।

मंसिर २४ गतेदेखि ऋणपत्र निष्कासन गर्दै सिभिल बैंक

मंसिर १६, काठमाडौं । सिभिल बैंक लिमिटेडले मंसिर २४ गतेदेखि वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन तथा विक्री खुला गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘सिभिल बैंक डिबेञ्चर २०८८’ निष्कासन गर्न लागेको हो ।   बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्नेछ । सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको जानकारी दिएको छ । उक्त ऋणपत्र खरीदका लागि छिटोमा मंसिर २८ गतेसम्ममा आवेदन दिन सकिनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि पुस ९ गतेसम्म लम्बिनेछ । आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको ऋणपत्रलाई केयर रेटिङ नेपालले मध्यम कर्जा जोखिम जनाउने ‘केयर एनपी त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छ ।

६ ओटा कम्पनीहरुद्वारा १ करोड २७ लाख कित्ता ऋणपत्र विक्रीको तयारी

भदौ ७, काठमाडौं । धितोपत्र बजारमा चार ओटा वाणिज्य बैंक सहित ६ ओटा कम्पनीहरुले १ करोड २७ लाख कित्ता ऋणपत्र विक्रीको तयारी गरेका छन् । कामना सेवा विकास बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकले उक्त कित्ता ऋणपत्र विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । यी मध्ये सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकको निवेदन स्वीकृत प्रकृया अन्तिम चरण रहेको छ । सेञ्चुरी बैंकले २०७७ साल असोज २२ गते रू. २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएकोमा सोही वर्ष मंसिर १७ गते नै बोर्डको प्रतिक्रिया प्राप्त गरेपनि हालसम्म स्वीकृति पाएको छैन । बोर्डले केही प्रकृया अझै बाँकी रहेकाले सेञ्चुरी बैंकको ऋणपत्र स्वीकृति प्रकृया रोकिएको जानकारी दिएको छ ।  त्यस्तै, २०७८ साल जेठ २४ गते रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएको सिभिल बैंकले र २०७८ साल असार ११ गते रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्रीको लागि निवेदन दिएको गरिमा विकास बैंकले एकै दिन साउन २१ गते बोर्डबाट प्रतिक्रिया प्राप्त गरिसकेका छन् । बोर्डको प्रतिक्रिया बमोजिमको प्रकृया पूरा गर्न बाँकी रहेकाले यी बैंकहरुको ऋणपत्र स्वीकृति रोकिएको हो । बाँकी, तीन ओटा कम्पनीको निवेदन भने प्रारम्भिक चरणमै रहेको छ । कामना सेवा विकास बैंकले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन ३ गते निवेदन दिएको हो । त्यस्तै, एभरेष्ट बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासनका लागि साउन २० गते र एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासनका लागि साउन २४ गते निवेदन दिएको हो ।  कुल कित्तामध्ये सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री हुनेछ भने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बैंक आफैले परिपत्र विधिबाट विक्री गर्नेछ । कामना सेवा बैंकले १० वर्षे अवधिको ९ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सामूहिक लगानी कोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ ।  त्यस्तै, एभरेष्ट बैंकले ८ वर्षे अवधिको ८ दशमलव ५ प्रतिशत ब्याजदरको कुल २० लाख कित्तामध्य ८ लाख सर्वसाधारणका लागि र १२ लाख परिपत्र विधिका लागि छुट्याएको छ । त्यस्तै, एनएमबि बैंकले १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदरको ऊर्जा बण्डका नामको ३५ लाख कित्तामध्ये १४ लाख सर्वसाधारणका लागि र २१ लाख परिपत्र विधिका लागि छुट्याएको छ । सेञ्चुरी कमर्सियल बैंकले ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको २२ लाख कित्ता ऋणपत्र मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि र १३ लाख २० हजार कित्ता विभिन्न संघ संस्थाहरुमा विक्री गर्नेछ ।  सिभिल बैंकले पनि ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ३० लाख कित्तामध्ये १२ लाख सर्वसाधारणमा र १८ लाख विभिन्न संघसंस्थाहरुमा विक्री गर्ने भएको छ । गरिमा विकास बैंकले भने ७ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणमा र ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघसंस्थाहरुमा जारी गर्नेछ । लामो समयसम्मका लागि निश्चित ब्याजदर उल्लेख गरी रकम जुटाउन सकिने सरल माध्यम भएकाले पनि कम्पनीहरुले ऋणपत्र निष्कासनलाई प्राथमिकतामा राखेका छन् । यसअघि वाणिज्य बैंकको हकमा चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था थियो ।  यस वर्षदेखि भने वाणिज्य बैंकहरुको अतिरिक्त राष्ट्रिय स्तरको विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुमा पनि ऋणपत्र जारी गर्न पाउने व्यवस्था भएको छ । यस वर्षको मौद्रिक नीतिले यी कम्पनीहरुले पनि आफ्नो चुक्तापूँजीको २५ प्रतिशतसम्म ऋणपत्र विक्री गर्न पाउने भएका हुन् ।  यो व्यवस्थाले अवका दिनमा ऋणपत्र निष्कासनले अझै तिव्रता पाउनेछ । यस अघिको अवस्थालाई हेर्दा गत आर्थिक वर्षमा मात्र २३ कम्पनीहरुले ६ करोड ९६ लाख कित्ता ऋणपत्र विक्रीको अनुमति पाई निष्कासन समेत गरिसकेका छन् । यसअघि पनि वाणिज्य बैंक सहित विकास बैंक र वित्त कम्पनीले पनि ऋणपत्र विक्रीको अनुमति पाई निष्कासन गरेका थिए ।                                                                              स्रोतः नेपाल धितोपत्र बोर्ड

तीन अर्बको ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासन हुँदै

काठमाडौं । सिभिल बैंकले तीस लाख कित्ता ‘९ प्रतिशत सिभिल बैंक ऋणपत्र २०८८’ निष्कासनको तयारी गरेको छ । बैंकले ऋणपत्र निष्कासन कम्पनी तथा प्रत्याभूतिकर्ता नागरिक लगानी कोष लगायत ग्लोबल आईएमई क्यापिटल, प्रभु क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलसँग सम्झौता गरेको छ ।  प्रत्याभूती सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल तथा कोषको तर्फबाट...

ऋणपत्र निष्कासन गर्न सिभिल बैंकको चार संस्थासँग सम्झौता

काठमाडौं (अस) । सिभिल बैंकले सार्वजनिक निष्कासन गर्न लागेको १ हजार अंकित दरको ३०  लाख कित्ता ९ प्रतिशत सिभिल बैंक डिबेञ्चर २०८८ को प्रत्याभूतिकर्ता नागरिक लगानी कोष र प्रभु क्यापिटललगायतले गर्ने भएका छन् । सिभिल बैंक एवं नागरिक लगानी कोष, प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटलबीच यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सिभिल बैंकले निष्कासन गर्ने सो ऋणपत्र सर्वसाधारण र प्राइभेट प्लेसमेन्टबाट निष्कासन अवधिमा माग भएबमोजिम बिक्री हुन नसके बाँकी रहेको ऋणपत्र खरिद गर्ने दायित्व चार वटै प्रत्याभूतिकर्ताले लिनेछन् । नागरिक लगानी कोषले २ अर्ब, प्रभु क्यापिटलले ३५ करोड, ग्लोबल आइएमई क्यापिटलले ३० करोड र माछापुच्छ्रे कृति क्यापिटलले ३५ करोड बराबरको ऋणपत्र प्रत्याभूत गर्ने सम्झौता गरेका हुन् ।

सिभिल बैंकले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग माग्यो अनुमति

असार ९, काठमाडौं । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । उक्त कम्पनीले रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न बोर्डसँग गत जेठ २४ गते अनुमति मागेको हो ।  कम्पनीले ३० कित्ता ऋणपत्रमध्ये १२ लाख कित्ता सर्वसाधारणको लागि विक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।  विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।