राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती व्यवस्थापन गर्न सरकार चालेको कदमप्रति सन्तुलित प्रतिक्रिया व्यक्त गरेका छन् । उनले वास्तविक सुकुम्बासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको बताउँदै, वर्षौंदेखि बसोबास गर्दै आएका विपन्न नागरिकको अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिए । उनका अनुसार सुकुम्बासीको नाममा हुने दुरुपयोग रोक्दै सबैलाई कानुनको दायरामा ल्याउनु सकारात्मक […]
काठमाडौं– काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउने अभियान जारी छ। प्रहरीका अनुसार रात नपरेसम्म भत्काउने काम जारी रहने छ । यदि आजै सम्पन्न हुन नसके बाँकी काम भोलि पुनः सुरु गरिने बताइएको छ। आज बिहानदेखि राजधानीको थापाथली, गैरीगाउँ सिनामंगल क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर चलेको छ ।
१२ वैशाख, काठमाडौं । काठमाडौंस्थित मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ ।
साँझ करिब ७ बजे उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् ।
उनको नाकमा सामान्य चोट लागेको छ । …
१२ वैशाख, काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा दबाबमा रहेको नेपाली क्रिकेट टोली यसपटक युएई र ओमानसँग घरेलु सिरिज खेल्दैछ । सिरिजको पहिलो खेलमा आज नेपालले युएईविरुद्ध संघर्षपूर्ण ३७ रनको जित निकालेर सुखद् सुरुवात …