डलर कार्डबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले डलर कार्डबाट हुने भुक्तानीलाई कडाइ गरेको छ । केन्द्रीय बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थालाई एकीकृत परिपत्र जारी गर्दै कडाइ गरेको हो । डलर कार्डबाट हुने भुक्तानी दुरुपयोग भएको गुनासो आएपछि केन्द्रीय बैंकले विभिन्न १८ वटा कारोबार कोडलाई तोकेरै भुक्तानीमा रोक लगाएको हो । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७८ लाई संशोधन […]

सम्बन्धित सामग्री

वालेट कम्पनीलाई राष्ट्र बैंकको कडाइ

काठमाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवामा रहेका वालेट कम्पनीहरूलाई कडाइ गरेको छ । सोमवार भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०८० जारी गर्दै केन्द्रीय बैंकले यस्तो व्यवस्था गरेको हो । वालेट कम्पनीका सञ्चालकको आर्थिक कारोबार र पारदर्शितामा जोड दिँदै साइबर सुरक्षामा कडाइ गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । वालेट कम्पनीहरूको प्राविधिक पक्षलाई थप सुरक्षित बनाउन पनि विभिन्न व्यवस्था गरिएको छ । ग्राहकको हकमा २०८१ असार मसान्तसम्म सम्पूर्ण कागजात तथा विवरण लिई ग्राहक पहिचान तथा सम्पुष्टि गर्ने व्यवस्था गर्नुपर्ने कुरा पनि निर्देशिकामा छ । भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले वालेट सञ्चालन गर्न ग्राहक पहिचानसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न/गराउन आवश्यक कागजात/विवरणहरूको सूची तयार गरी अनलाइन फारम भर्ने/भराउने तथा अद्यावधिक गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशनमा उल्लेख छ ।  एकीकृत निर्देशन कार्यान्वयन नभए पहिलोपटकका लागि सचेत गराउने वा नसिहत दिने, दोस्रोपटक १० लाख रुपैयाँ जरिवाना गर्ने र तेस्रोपटकदेखि २० लाख रुपैयाँ वा गम्भीरताअनुसार थप जरिवाना हुने भनिएको छ ।

आयात–निर्यातको सटही सुविधामा राष्ट्र बैंकको कडाइ

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आयात–निर्यातका लागि प्रदान गरिने विदेशी मुद्राको सटही सुविधामा कडाइ गरेको छ। त्यस माध्यमबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणको कार्यलाई नियन्त्रण गर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गर्दै आयात तथा निर्यातका माध्यमबाट हुने ‘मनी लण्डरिङ’को कार्यलाई निरुत्साह तथा नियन्त्रणमा सघाउ पुग्ने गरी इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाले आवश्यक कार्यविधि […]

क्रेडिट कार्ड र वालेटबाट हुने भुक्तानीमा राष्ट्र बैंकको कडाइ

क्रेडिट कार्डको स्वीकृति सीमाको १० प्रतिशत मात्रै नगद झिक्न पाइने, कार्डबाट वालेटमा हालिएको रकम बैंक खातामा पठाउन नमिल्ने नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट हुने भुक्तानीमा कडाइ गरेको छ । राष्ट्र बैंकले भुक्तानी...

सुन आयातमा राष्ट्र बैंकको कडाइ, दैनिक १० किलो मात्रै आयात गर्न पाइने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले सुन आयातमा कडाइ गरेको छ । राष्ट्र बैंकले आज आइतवार निर्देशन जारी गर्दै दैनिक १० किलो मात्रै सुन आयात गर्न पाउने जनाएको छ । सुन आयातकै लागि ठूलो रकम विदेशिँदा विदेशी विनिमय सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले दैनिक २० किलोको कोटाबाट घटाएर १० किलोमा झारेको हो । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न अनुमति पाएका निकायलाई आजै परिपत्र गरी सुन बिक्री वितरणसम्बन्धी कार्यविधि २०६८ को दफा (४) लाई संशोधन गरिएकाले त्यहीअनुसार गर्न निर्देशन दिएक...

चालू पूँजी कर्जामा राष्ट्र बैंकको कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रू कर्जालाई कडाइ गर्ने उद्देश्यसहित मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले आइतवार रू कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गर्दै आवश्यक रायसुझाव दिन सरोकारवाला आग्रह पनि गरेको छ । विशेषगरी चालू पूँजी कर्जालाई नियन्त्रण तथा व्यवस्थित गर्ने उद्देश्यसहित उक्त मार्गदर्शन लागू गर्न लागिएको हो । बैंकहरूले यस्तो प्रकारको कर्जा आफूखुशी प्रवाह गर्दै आएका छन् । साथै, पछिल्लो समय यस्तो कर्जा प्रवाह उल्लेख्य रूपमा बढ्दै गएको छ । फलस्वरूप यसलाई आवश्यक नियन्त्रण गर्न देखिएपछि मागदर्शन न...

चालू पूँजी कर्जामा राष्ट्र बैंकको कडाइ

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने रू कर्जालाई कडाइ गर्ने उद्देश्यसहित मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले आइतवार रू कर्जासम्बन्धी मार्गदर्शन २०७८ को मस्यौदा सार्वजनिक गर्दै आवश्यक रायसुझाव दिन सरोकारवाला आग्रह पनि गरेको छ ।विशेषगरी चालू पूँजी कर्जालाई नियन्त्रण तथा व्यवस्थित गर्ने उद्देश्यसहित उक्त मार्गदर्शन लागू गर्न लागिएको हो । बैंकहरूले यस्तो प्रकारको कर्जा आफूखुशी प्रवाह गर्दै आएका छन् । साथै, पछिल्लो समय यस्तो कर्जा प्रवाह उल्लेख्य रूपमा बढ्दै गएको छ । फलस्वरूप

वस्तु आयातमा राष्ट्र बैंकको कडाइ

आयात बढेका कारण विदेशी मुद्रा सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले आयात गर्दा राख्नुपर्ने मार्जिन रकम बढाएको छ । राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै १८ वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गरेको हो ।राष्ट्र बैंकले चकलेट, चुइङ्गम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृंगारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, […]

विदेशी मुद्रा सटहीमा राष्ट्र बैंकको कडाइ

राष्ट्र बैंकले विदेशी मुद्रा सटहीमा कडाइ गर्न थालेको छ । शोधनान्तर स्थिति घाटामा र विदेशी विनिमय सञ्चिति दबाबमा पर्न थालेपछि बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि डाकेर तोकिएको सीमासम्मका लागि पनि सीमित मात्रामा मात्रै नगद भुक्तानी गर्न र बाँकी कारोबारमा विद्युतीय कार्ड प्रयोगमा प्रोत्साहन गर्न राष्ट्र बैंकको बैकिङ विभागले मौखिक निर्देशन दिन थालेको हो ।

कर्जा नोक्सानीको व्यवस्थामा राष्ट्र बैंकको कडाइ

११ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा नोक्सानीको व्यवस्थामा बैंक तथा वित्तीय संस्थालाई कडाइ गरेको छ । यसअघि कर्जा नोक्सानी व्यवस्था १ प्रतिशत राखे पुग्नेमा अब यसमा०.३ प्रतिशत थप गरि कुल १.३ प्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । सोमबार क, ख र ग वर्गका इजाजतप्राप्त संस्थालाई निर्देशन २०७७ संशोधन/परिमार्जन […]