समाज लघुवित्तका सीईओ महतोले तोडे स्वस्तिकसँगको मर्जर

१७ भदौ, काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत किशोरी महतोले स्वस्तिक लघुवित्त वित्तीय संस्थासँगको मर्जर एकतर्फी रुपमा तोडेका छन् । मर्जर सहमति भएको करिब एक वर्षपछि सीईओ महतोले मर्जर गर्न नसक्ने भन्दै नेपाल राष्ट्र बैंकमा पत्राचार गरेका हुन् । गत वर्ष असोजमा यी दुई संस्थाहरुबीच मर्जर सहमति भएको थियो । समाजका सीईओ […]

सम्बन्धित सामग्री

मर्जर नीति लघुवित्तमा केन्द्रित

काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाको संख्या घटाउने उद्देश्यले लिएको मर्जर नीति अब लघुवित्तमा केन्द्रित गर्ने भएको छ । चालू आर्थिक वर्ष (आव) को मौद्रिक नीतिले बैंक, वित्तीय संस्थाको मर्जरलाई प्रोत्साहन गर्न दिएको सुविधा कटौती गर्दै त्यस्तो सुविधा लघुवित्तका लागि मात्र दिने घोषणा गरेको छ । गत आवको मौद्रिक नीतिमा वाणिज्य बैंक र लघुवित्त वित्तीय संस्थाको मर्जरलाई मौद्रिक नीतिमा प्रोत्साहन गरिएको थियो । चालू आवको नीतिमा भने ‘२०८१ असार मसान्तसम्म एकीकृत कारोबार सञ्चालन गरेमा विद्यमान सुविधा उपलब्ध हुने गरी लघुवित्त वित्तीय संस्थाको मर्जर र प्राप्तिलाई प्रोत्साहन गरिने’ उल्लेख छ । मर्जर नीतिपछि बैंक, वित्तीय संस्थाको संख्या घटेकाले अब लघुवित्तमा केन्द्रित भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । ‘लघुवित्तको संख्या बढी हुँदा अस्वस्थ प्रतिस्पर्धा पनि देखिएको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न संख्या घटाउने केन्द्रीय बैंकको नीति हो ।’ अहिले राष्ट्र बैंकले लघुवित्तको समस्या समाधानका लागि अध्ययनसमेत गरिरहेको छ । अध्ययन प्रतिवेदनका आधारमा लघुवित्त क्षेत्रलाई व्यवस्थित गर्ने केन्द्रीय बैंकको तयारी छ ।  नेपाल राष्ट्र बैंकले आव २०७७/७८ को मौद्रिक नीतिमार्फत लघुवित्त संस्थाको लाइसेन्स बन्द गर्दै मर्जरमा प्रोत्साहन गर्ने घोषणा गरेको थियो । यस्तै २०७८/७९ मा पनि केन्द्रीय बैंकले थोक कर्जाप्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाको रूपमा कार्य गर्न सक्ने र वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको दोहोरो लगानी भएका लघुवित्तहरू अनिवार्य मर्जरमा लैजाने घोषणा गरेको थियो । राष्ट्र बैंकले दोहोरो लगानी भएका लघुवित्तलाई मर्जरमा लैजान नसके पनि २ वर्षको अवधिमा लघुवित्तको संख्या घटेर ६० हाराहारी कायम भएको छ । यसअघि राष्ट्र बैंकबाट लाइसेन्स पाउने लघुवित्तको संख्या ९१ पुगेको थियो ।  राष्ट्र बैंकले २०७९ पुससम्म मर्जरमा जाने लघुवित्तलाई दिएको सहुलियत अब २०८१ असारसम्म दिने मौद्रिक नीतिमा घोषणा गरेको छ । त्यसअनुसार एकीकृत कारोबार गरेको १ वर्षसम्म सञ्चालन जोखिमबापत कुल सम्पत्तिको १ प्रतिशत रकम मात्र जोखिम भारित सम्पत्ति थप गरे पुग्ने, संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्ने व्यवस्थामा छूट, काठमाडौं उपत्यकाभित्र कर्पोरेट कार्यालय खोल्न स्वीकृति, एकल ग्राहक सीमा कायम गर्न ३ वर्षको समय दिँदै आएको छ ।  निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनार्दनदेव पन्त नेपालमा १५ ओटा लघुवित्त भए पुग्ने बताउँछन् । मर्जरले लघुवित्तलाई बलियो बनाउने पन्तको धारणा छ । ‘१५ ओटा संस्था बनाउने हो भने सालाखाला २ अर्ब चुक्ता पूँजीका संस्था बन्छन्,’ उनले भने, ‘यति भयो भने लघुवित्तले पनि सानोतिनो वित्तीय सुनामी थेग्न सक्छन् ।’ यस्तै केन्द्रीय बैंकले गत वर्ष लघुवित्त संस्थालाई राष्ट्रिय वा प्रादेशिक स्तरमा सञ्चालन हुनुपर्ने, त्यसका लागि आवश्यक पूँजी जुटाउन हकप्रद शेयर जारी गर्न नपाइने व्यवस्था गर्दै मर्जरका लागि दबाबसमेत सृजना गरेको थियो । बैंक, वित्तीय संस्थामा पहुँच नपाएका वर्गलाई वित्तीय सेवा दिने लघुवित्त संस्थामा हाल ५९ लाख ९९ हजार सदस्य छन् । त्यसमध्ये ऋण लिनेको संख्या ३१ लाख ६२ हजार पुगेको छ ।

‘बीमितलाई कम प्रिमियममा उच्च प्रतिफल दिएका छौं’

काठमाडौं । नेपालमा पहिलो मर्जर गर्न सफल जीवन बीमा कम्पनी हो– सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी । सूर्यलाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ इन्स्योरेन्स बनेको हो । ७ पुसदेखि एकीकृत कारोबार सुरु गरेको यो कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशबिक्रम खत्री छन् । जीवन बीमक संघको महासचिव समेत रहेका उनी अर्थतन्त्रमा मन्दी आउँदा जीवन […]

लुम्बिनी विकास बैंकमा सीईओ नियुक्तिमा विवाद

२ साउन, काठमाडौं । लुम्बिनी विकास बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको विषयमा विवाद सिर्जना भएको छ । व्यापारिक घराना ज्योति ग्रुप र गुण एयरलाइन्सका सञ्चालक समेत रहेका अर्का व्यवसायी राजेन्द्र शाक्यबीच कसलाई सीईओ बनाउने भन्ने विषयमा सहमित बन्न नसक्दा विवाद सिर्जना भएको हो । साना विकास बैंक र वित्त कम्पनी मर्जर भएर बनेको बैंकमा […]

अर्को ट्वीस्ट नआए हिमालयन र सिभिल बैंकबीच आज मर्जर तथा प्राप्ति सम्झौता

सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्ने प्रकृया करिब करिब सहमतिमा पुगेको छ। सिभिल बैंकको मंगलबार बसेको संचालक समितिको बैठकले सिभिलले अगाडी राखेको सर्त मान्न हिमालयन बैंक तयार भएको भन्दै हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो। 'सिभिलले अगाडी सारेका बिषयहरु हिमालयन बैंकले बीना सर्त मान्न तयार भएपछि सिभिलको संचालक समितिको बैठकले हिमालयनसँग प्राप्तिमा जाने निर्णय गरेको हो।' बैंक स्रोतले भन्यो। स्रोतकाअनुसार सिटिजन्स र हिमालयन मध्ये कुनसँग प्राप्तिमा जाने भन्ने बिषयमा संचालक समितिमा छलफल भएको र अन्तिममा हिमालयनसँग प्राप्तिमा जानलाई सहमती जुटेको हो।पूर्व सहमतिअनुसार नै प्राप्ति पश्चात बन्ने बैंकको नाम हिमालयन बैंक नै हनेछ भने सिभिलको नाम विलय हुनेछ। त्यस्तै संचालक समितिमा पनि हिमालयन बैंकको संचालक मात्र रहनेछन्।  कर्मचारी तर्फ हिमालयन बैकका अशोक शमशेर राणा नै सीईओ बन्नेछन् भने सिभिल बैंकका सीईओ सुनिल पोखरेल वरिष्ठ डेपुटी सीईओ हुनेछन्। त्यस्तै दुवै बैंकबीच कर्मचारी समायोजनमा पनि सहमति जुटेको छ। कर्मचारी समायोजन गर्दा खाईपाई आएको तलब सुविधा घट्नेछैन भने समान पदमा समायोजन हुनेछ।  यस अगाडी शुक्रबार मर्जर सम्झौता हुने भनीएपनि अन्तिममा हिमालयनले नयाँ सर्त अगाडी सारेपछि सिभिल बैंक प्राप्ति प्रकृयाबाट पछाडी हटेको थियो। सिभिल बैंकको मर्जर कमिटी बैठकले तीन वटा विषयमा लिखित र प्रष्ट सम्झौता नभएसम्म हिमालयनसँग प्राप्तिमा नजाने अडान लिएको थियो। हिमालयन र सिभिलबीच स्वाप रेसियो १००:८१ हुने सहमति जुटेको छ।  सबै कुरा सहजढंगले अगाडी बढे आज दिउँसो ३ बजे पश्चात सम्झौता हुने बताईएको छ ।

जीवन बीमामा बिग मर्जर : प्राइम, गुराँस र युनियन लाइफ मर्ज हुने

काठमाडौं । प्राइम, गुराँस र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा मर्ज हुने भएका छन् । बीमा समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिइरहेका बेला यी तीन कम्पनीले मर्जरमा जाने निर्णय गरेका हुन् । बिहीवार तीन कम्पनीबीच मर्जरमा जाने विषयमा सैद्धान्तिक समझदारी भएको छ । बिहीवार काठमाडौंमा विशेष समारोहबीच प्राइमका अध्यक्ष पीयूषराज अर्याल, गुराँसका अध्यक्ष विवेक दुगड र युनियनका अध्यक्ष सुलभ अग्रवालले मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । जीवन बीमा क्षेत्रमा यो पहिलो र ठूलो मर्जर सम्झौता हो । निर्जीवनतर्फ केही दिन पहिला हिमालयन जनरल र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच मर्ज हुने सम्झौता भएको थियो । अहिले आएर जीवन बीमा क्षेत्रमा पनि मर्जर अभ्यास प्रारम्भ भएको हो । हाल उक्त तीन कम्पनी मर्ज हुने सम्बन्धमा सैद्धान्तिक सहमति मात्र भएको हो । अब बीमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि थप प्रक्रिया अगाडि बढ्ने प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ)े मनोजकुमार भट्टराईले बताए । ‘अहिले तीन कम्पनी आपसमा मर्ज हुने भनेर सहमति मात्र भएको हो । कम्पनीको नाम के राख्ने ? कर्मचारी कसरी व्यवस्थापन गर्ने ? लगायत विषयमा समितिबाट सैद्धान्तिक स्वीकृति पाएपछि प्रक्रिया अगाडि बढ्नेछ,’ उनले भने, ‘स्वाप रेसियो भने सम्पत्ति दायित्व मूल्यांकन भएपछि टुंगो लाग्नेछ ।’ जीवन बीमाक्षेत्रमा यो मर्जर एक कोसेढुंगा सावित हुने उनले बताए । ‘अब हामी यो मर्जरलाई सफल बनाएर एउटा बलियो जीवन बीमा कम्पनीका रूपमा उदाउँछौं,’ उनले भने । यस्तै, युनियन लाइफका सीईओ मनोजकुमार लाल कर्णले पनि यो सम्झौता ऐतिहासिक भएको बताए ।  यसले बीमित, प्रमोटर तथा शेयरधनीलगायत समग्र सरोकारवालालाई समेत फाइदा गर्ने उनको भनाइ छ । ‘यति, मात्र होइन, यो मर्जरले समग्र बीमा बजारलाई समेत फाइदा पुर्‍याउँछ । वास्तवमा नेपालमा बीमा कम्पनीको संख्या धेरै छ । यो अवस्थामा एकैपटक तीन कम्पनी मर्ज हुनु बीमा बजारका लागि पनि राम्रो हो,’ उनले भने, ‘समग्रमा तीन जीवन बीमा कम्पनी मिलेर पहिलो कम्पनी बन्ने गरी अगाडि बढेका छौं ।’ यी ३ कम्पनीले यति समयभित्र एकीकृत कारोबार गर्ने भनेर लक्ष्य राखेका छैनन् । यद्यपि सकेसम्म छिटो मर्जर प्रक्रिया पूरा गरेर एकीकृत कारोबार शुरू गर्ने उनीहरूको भनाइ छ । समितिबाट सैद्धान्तिक स्वीकृत पाएपछि मर्जर कमिटी बन्नेछ । त्यसपछि सोही समितिले नै कम्पनीको नाम, कर्मचारी व्यवस्थापन, सम्पत्ति मूल्यांकन तथा स्वाप रेसियोलगायत विषय टुंगो लगाउनेछ । त्यसपछि एकीकृत कारोबार गर्ने बताइएको छ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी ७ अर्ब १ करोड ३८ लाख रुपैयाँको हुनेछ । हाल प्राइमको २ अर्ब ७७ करोड ९६ लाख, युनियनको २ अर्ब १५ करोड र गुराँसको २ अर्ब ८ करोड ४२ लाख चुक्तापूँजी छ । मर्जपछि त्यो ७ अर्ब भन्दा बढी हुनेछ । बीमा कोषको आकार भने ४० अर्बभन्दा माथि पुग्ने छ । अहिले प्राइमको १७ अर्ब ६३ करोड, युनियनको १० अर्ब ३३ करोड गुराँसको १२ अर्ब ६ करोड बराबरको बीमा कोष छ । मर्ज भएपछि त्यसको आकार ४० अर्ब रुपैयाँभन्दा माथि पुग्नेछ । बीमा समितिले १ महीनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापूँजी हुनुपर्ने व्यवस्था छ । आगामी चैत मसान्तभित्र चुक्ता पूँजीको न्यूनतम सीमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्‍याउनुपर्ने समितिको निर्देशन छ । चुक्ता पूँजी बढाउने नाममा कम्पनीहरूलाई मर्जरमा जान दबाब दिनु नै समितिको मनसाय छ । सोही सन्दर्भमा यी तीन जीवन कम्पनी मर्जर जाने सम्झौता गरेका हुन् । मर्जर सम्झौता भएसँगै आगामी सातादेखि यी तीन कम्पनीको शेयर कारोबार पनि रोक्का हुनेछ ।

एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स मर्ज हुने, बीमा क्षेत्रकै पहिलो मर्जर !

वैशाख २२, काठमाडौं । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनी एक अर्कामा मर्ज हुने भएका छन् । बीमा समितिले चुक्ता पूँजी बढाउने निर्णय गरेर कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिइरहेको बेला दुई कम्पनी मर्जरमा जाने निर्णयमा पुगेका हुन् । बिहीवार दुवै कम्पनीका सञ्चालक समितिबीच एक अर्कामा मर्जरमा जाने समझादारी भएको हो । उक्त समझादारी पत्र (एमयोयु) मा एभरेष्ट इन्स्योरेन्सको तर्फबाट अध्यक्ष राजिव सापकोटा र हिमालयन जनरलको तर्फबाट महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन् । एभरेष्ट इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल गौतमले हिमालयन जनरलसँग एकअर्कामा मर्ज हुने गरि समझादारी भएको आर्थिक अभियानलाई बताए ।    मर्जर प्रक्रिया अगाडि बढाउन दुवै कम्पनीका ३/३ जना सञ्चालकको प्रतिनिधित्वमा ६ सदस्यीय मर्जर कमिटी समेत गठन गरिएको छ । अब उक्त कमिटीले नै मर्जरको थप प्रक्रिया अगाडि बढाउने छ ।  ‘अब मर्जर कमिटीले सम्पत्ति दायित्व मुल्यांकन गर्ने (डीडीए), स्वाम रेसियो निर्धारण गर्नेदेखि मर्जरपछि कम्पनीको संरचना कस्तो बनाउनेसम्मको निर्णय गर्नेछ,’ उनले भने, ‘त्यसपछि हामी एक अर्कामा मर्ज हुनेछौं । एक अर्कामा मर्ज हुने भएकाले कम्पनीको नाम पनि दुवै कम्पनीको अस्तीत्व हुने गरि राखिने छ ।’ साथै, चालु आर्थिक बर्ष भित्रनै एकीकृत कारोबार गर्ने लक्ष्य लिइएको उनले बताए । ‘अब समितिबाट सैद्धान्तिक स्वीकृत लिएर आवश्यक प्रक्रिया अगाडि बढाँउछौं । समग्रमा चालु आव भित्रनै एकीकृत कारोबार गर्ने हाम्रो प्रारम्भिक लक्ष्य हो,’ उनले भने, ‘बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी बनाउने पनि हाम्रो लक्ष्य हो ।’ बीमा समितिले एक महिनाअघि बीमा कम्पनीको चुक्तापूँजी बढाउने निर्णय गरेको थियो । हाल निर्जीवन बीमा कम्पनीको १ अर्ब र जीवन बीमा कम्पनीको २ अर्ब रुपैयाँ न्यूनतम चुक्तापुँजी हुनुपर्ने व्यवस्था छ ।   आगमी चैत मसान्तभित्र चुक्तापूँजीको न्यूनतम सिमा निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पु¥याउनुपर्ने समितिको निर्देशन छ । चुक्तापूँजी बढाउने नाममा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिनुनै समितिको मनाशय छ । सोही सन्दर्भमा यी २ कम्पनी मर्जर जाने समझौता गरेका हुन् ।

सहमति भएको साढे ८ महिनापछि हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्जरको गाँठो फुक्यो

मर्जर सहमति भएको लामो समयपछि हिमालयन बैंकले नेपाल इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको छ । आइतवार बसेको बैंकको सञ्चालक समितिको बैठकले इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जाने औपचारिक निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक राणाले लोकान्तरलाई जानकारी दिए । सञ्चालक समितिको बैठकमा इन्भेस्टमेन्ट बैंकसँग मर्जरमा जानका लागि सर्वसम्मतिले निर्णय दिएको हो ।  गत वैशाख ३० गते दुई बैंकबीच मर्जरको सहमति भएको थियो । मर्जरपछि ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ हुने ...

हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जर सम्झौता !

काठमाण्डाै – हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकबीच मर्जरका लागि सम्झौता भएको छ । बिहीवार (आज) काठमाण्डौको एक होटलमा हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।मर्जरपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड’ राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिको अध्यक्षमा पृथ्वीबहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शम्शेर राणा बन्ने पनि सहमति भएको छ ।  ...