उत्तरी कुवेतमा भएको आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै घटनामा एक नेपालीको ज्यान गएको जानकारी दिएको हो। मन्त्रालयका अनुसार मृतकको पहिचान तथा घटनाको आधिकारिक विवरण संकलन गर्न कुवेतस्थित नेपाली राजदूतावासलाई तत्काल आवश्यक समन्वय गर्न निर्देशन दिइएको छ। परराष्ट्र मन्त्रालयले राजदूतावासले कुवेतका सम्बन्धित सरकारी निकाय तथा […]
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गर्ने तयारी गरेका छन्। प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार बिहीबार साँझ सम्बोधन गर्ने तयारी भइरहेको भए पनि सम्बोधनको निश्चित समय भने सार्वजनिक भइसकेको छैन। यसअघि बिहीबार अपराह्न प्रधानमन्त्री शाहसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका थिए। उक्त भेटलगत्तै गृहमन्त्री सुनसरी प्रस्थान गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सुनसरीमा भएको घटनापछि उत्पन्न परिस्थितिका बीच प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार सम्बोधन आजै गर्ने तयारी भइरहेको छ । सम्बोधनको समय भने सार्वजनिक भइसकेको छैन । सुनसरी घटनापछि उत्पन्न तनाव, शान्ति सुरक्षा तथा सामाजिक सद्भावको विषयलाई […]