सर्लाहीका दुई चिनी उद्योग संचालनमा

सर्लाहीका दुई चिनी उद्योग संचालनको अन्तिम तयारीमा छन्। उखु किसानलाई मिलसम्म पुर्‍याउने उखुको चलान पुर्जी वितरण गर्नुका साथै दुई चिनी उद्योगले उखु खरिद गर्न थालेका छन्।...

सम्बन्धित सामग्री

सर्लाहीमा चिनी मिलमा उखु क्रसिङ सुरु

सर्लाही– सर्लाहीमा चिनी मिल सञ्चालकले उखु क्रसिङ थालेका छन् । यहाँका तीनवटा चिनी मिलमध्ये दुईवटाले उखु क्रसिङ सुरु गरेका हुन् । हरिवन नगरपालिका–११ स्थित इन्दुशङ्कर चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले चालु यामका लागि उखुको क्रसिङ सुरु गरेका छन् । अन्नपूर्ण चिनी मिल धनकौलले भने अझै उखु क्रसिङ सुरु गरेको छैन । गत मङ्सिर […]

चिनी उद्योग तथा उखु किसानका समस्या समाधान गर्न उपसमिति गठन

काठमाण्डाै - उखुकिसानका समस्या समाधानका लागि चिनी उद्योग तथा उखु किसानका समस्या समाधान र सुझाव उपसमिति गठन भएको छ ।  प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बुधवार आज बसेको बैठकले कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।  समिति सचिव रामकुमार पौडेलले उखु किसान र उद्योगबीचका समस्या अध्ययन गरी समाधान गर्नको लागि समिति सदस्य कृष्णकुमार श्रेष्ठ संयोजक रहने गरी पाँच सदस्यीय उपसमिति गठन भएको बताउनु भयो। उहाँले उपसमिति सदस्यहरुमा कान्तिका सेजुवाल,...

इन्दुशंकर चिनी उद्योगद्वारा २८ लाख क्विन्टल उखु क्रसिङ

इन्दुशंकर चिनी उद्योग हरिवनले यस सिजनमा २८ लाख क्विन्टल उखु क्रसिङ गरेको छ । योसँगै उद्योगले शुक्रबार रातीबाट यस वर्षको उखु क्रसिङ बन्द गरेको छ । यस उद्योगले गएको पुस...

विद्युत् उत्पादनमा आकर्षित भएनन् चिनी उद्योग

सरकारले चिनी मिलहरूबाट को–जेनेरेसनका रूपमा विद्युत् उत्पादन गराउने नीति ल्याए पनि चिनी मिलहरू आकर्षित हुन सकेनन् । चरम लोडसेडिङ भएको समय ०७२ मा सरकारले चिनी मिलहरूबाट को–जेनेरेसनका रूपमा विद्युत् उत्पादन गर्ने...

सर्लाहीका दुई चिनी उद्योग सञ्चालन

काठमाडौँ,६ पुष । जिल्लाका दुई चिनी उद्योग सञ्चालनमा आएका छन् । किसानले बिक्रिगरेको उखुको भुक्तानी गर्न नसकेको एउटा उद्योग भने सञ्चालनमा आउन सकेको छैन । उद्योग परिसरमा उखु पर्याप्त आएकाले उद्योग सञ्चालन गरिएको इन्दुशङ्कर चिनी उद्योगका उखु प्रबन्धक योगनारायण रजकले बताए । उनका अनुसार किसानको मागअनुसार उखुको मूल्य निर्धारण नभए पनि चिनी उद्योगले तत्कालका लागि […]

उखु क्रसिङको तयारीमा चिनी उद्योग

उद्योगकै बिउ गलत परेपछि  खेतमै सुक्न थाल्यो उखु सडक र पुल नहुँदा कञ्चनपुरका उखु किसानलाई उद्योगसम्म ढुवानीमा समस्या सर्लाहीका तीनवटै चिनी उद्योग उखु क्रसिङको तयारीमा जुटेका छन् । जिल्लाको हरिवनस्थित इन्दुशंकर चिनी उद्योगले...

अन्नपूर्ण चिनी मिल सञ्चालन हुने

दुई वर्षदेखि बन्द रहेको अन्नपूर्ण चिनी उद्योग सञ्चालन हुने भएको छ । सोमबार बिहान चिनी उद्योग सञ्चालन हुनुपूर्व गरिने डोङ्गा पूजा गरेर उद्योग सञ्चालन गर्ने निश्चित भएको हो । अब एक/दुई दिनभित्रै उखु क्रसिङ सुरु गरिने उद्योगका सञ्चालक शैलेन्द्रकुमार गुप्ताले जानकारी दिए। किसानबाट खरिद गरेको उखुको भुक्तानी दिन नसक्दा यो उद्योग दुई वर्ष सञ्चालनमै आउन सकेको थिएन । यस वर्ष नयाँ उद्योगीले उद्योग खरिद गरेर सञ्चालनमा ल्याएका हुन् । सर्लाहीको धनकौलमा रहेको यो उद्योगले अधिकांश किसानको भुक्तानी गरिसकेको जानकारी दिँदै कसैको भुक्तानी लिन ब...

नेपालका चिनी उद्योगको भविष्य संकटमा

विदेशबाट आयातित चिनीले गर्दा नेपालका उद्योगहरु संकटमा परेको उद्योगीहरुले बताएका छन् ।  नेपालमा हाल ८–१० वटा चिनी उद्योग सञ्चालनमा छन् । कतिपय उद्योग विगत २ वर्षदेखि बन्द रहेका र यो वर्ष चलाउने तयारीमा देखिन्छन् । करिब–करिब चिनी उत्पादनमा आत्मनिर्भर हुन लागेको देश फेरि आयात गर्नुपर्ने अवस्था पुग्न लागेको छ । दर्ता उद्योगको संख्या १५–१६ भएपनि विभिन्न समस्याले गर्दा बन्द भएको चिनी उत्पादक महासंघका राजकुमार अग्रवालले रातोपाटीलाई बताए ।  खुला सीमानाका कारण ब्राजि

कञ्चनपुरमा नयाँ चिनी उद्योग

आगामी पुस महिनामा नयाँ चिनी मिलले यहाँबाट उत्पादन सुरु गर्ने भएको छ । कञ्चनपुर रामविलासमा महाकाली सुगर इन्डस्ट्रिज प्रालिले ऊखु उत्पादनको आगामी मौसमका चिनी उत्पादन सुरु गर्न लागेको हो । ४० करोड रुपैयाँको लगानीमा स्थापना भएको उद्योगको दैनिक १ हजार २ सय टन ऊखु क्रसिङ क्षमता छ । ‘उद्योग निर्माण कार्य अन्तिम चरणमा पुगेको छ,’ उद्योगका इन्जिनियर बीके गुप्ताले भने, ‘तीन साताभित्र उद्योगको फाउन्डेसन कार्य सकिन्छ । ’ गुप्ताका अनुसार भारतको कर्नाटकबाट उद्योगको मुख्य प्लान्ट खरिद गरिसकिएको छ । उद्योगले कर्नाटकको चिनी मिलले प्रयोग गरेको प्लान्ट खरिद गरेको जानरकारी दिएको छ । थप उपकरण खरिदका लागि प्रतीत पत्र र एलसी खोल्ने तयारी भइरहेको गुप्ताले जानकारी दिए । उद्योगले वार्षिक २७ हजार टन चिनी तथा २ हजार ७ सय किलोलिटर रेक्टिफाइड स्प्रिट उत्पादन गर्ने छ । चिनी उद्योगमा ४ सय २५ जनाले प्रत्यक्ष रोजगारी पाउने बताइएको छ । शिखर श्रेष्ठसहितका लगानीकर्ताको समूहले उद्योग स्थापना गर्न लागेको हो । नेपालमा हाल नौवटा उखु उद्योग सञ्चालनमा रहेका छन् । नोकियाको कार प्रज्ञालाई नोकिया मोबाइलले सञ्चालन गरेको स्योर सट डबल सट को बम्पर पुरस्कार हुन्डाई कर कपन निवासी प्रज्ञा पोखरेलले प्राप्त गरेकी छिन् । वर्ष ५, अंक ४६, २०६७, साउन ३–९

काठमाडौंबाट चिनी उद्योगी पक्राउ

चिनी उद्योगी राकेश अग्रवाल काठमाडौंबाट पक्राउ परेका छन् । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । नवलपरासी पश्चिममा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग उनको स्वामित्वमा रहेको छ । उनलाई ठगीसम्बन्धी उजुरीका आधारमा पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।